Saturday, April 18सत्यम खबर
Shadow

नेपाली व्यापारीहरुको रुवाबासी, चीन सीमामा रोकियो कन्टेनर

नेपालगन्ज, १० असोज – हिन्दूहरुको महान पर्व वडा दशैँका लागि नेपाली व्यापारीहरुले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा रोकिएको छ ।
चीन–नेपाल सीमा क्षेत्र खासामा एक हजारभन्दा बढी मालबाहक कन्टेनरहरु लामबद्ध रुपमा रोकिएका छन् । चिनियाँ पक्षले बिनाकारण उक्त कन्टेनर रोकेर दुःख दिएको नेपाली व्यापारीहरुले जनाएका छन् । चिनियाँ पक्षले खटाइ–खटाई कन्टेनर नेपाल पठाउने भएपछि चिनियाँ भूमिमा नै सामान बोकेका कन्टेनर रोकिएका छन् ।


दशैँका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले जनाएका छन् ।
आर्थिक अभियानका अनुसार सीमित कन्टेनर नेपालतर्फ आउँदा सबै कन्टेनर नेपाल भित्रिन महिनौँ लाग्ने अध्यक्ष श्रेष्ठले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *