Wednesday, April 22सत्यम खबर
Shadow

किसानकाे समस्या समाधान गर्न ज्ञापनपत्र

जानकी, २० माघ – अखिल नेपाल किसान महासंघले आज ज्ञापन पत्र बुझाएको छ । बाँकेको जानकी गाउँपालिकामा अखिल र अखिल नेपाल किसान महासंघ जानकी गाउँपालिका कमिटीले आज गाउँपालिकाको कावा अध्यक्ष भूमिसरा धिताललाई ज्ञापन पत्र बुझाएको छ ।

अखिल नेपाल किसान महासंघले आम किसानहरूको हकहित र अधिकार कृषि विकास र खाय सम्प्रभतासंग सम्बन्धित तपसिलमा उल्लेख गरिएका मागहरू पूरा गर्नको लागि जोडदार माग गरिएको छ ।

यही कार्तिकको पहिलो सातामा आएको अरिवल वर्षमा परी डुवानका कारण किसानहरुमा पर्न गएको क्षतिपूर्ति वापतको राहत तुरन्त उपलब्ध गराउन माग गरिएकाे छ । धान रोपाई मात्र होइन बालीमा समेत रासायनिक मलको चरम अभाव देखिएकाे हुँदा मलको साथै आपूर्तिको व्यवस्था गर्न माग गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएकाे छ।

वर्तमान सरकारले भूमि समस्या समाधान आयोग खारेज गरी केपी ओली नेतृत्व सरकारले भूमिहीन किसानलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्न तयार पारेको कामलाई बेवारिस बनाइएको, त्यसैले आयोगको अधुरा रहेका कामलाई अगाडि बढाउन माग गरिएको छ । किसानहरुलाई बीउ बिजन उपलब्ध गराउँदा गुणस्तरीय बीउ बिजन उपलब्ध गराउन माग गरिएको छ ।

यसैगरी वास्तविक किसानहरुलाई कृषि ऋण अनुदान तथा आवश्यक प्राविधिक सेवा उपलब्ध गराउन आवश्यक पहल गरिदिन माग गरिएको तथा कृषि उपचारको तुरुन्त समर्थन मूल्यको प्रभाबकारी कार्यान्वयन गर्न माग गर्दै बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र भित्र रहेका एलनी प्रति जग्गा खेती किसानी गर्ने किसानहरूको खेतीपाती वन्यजन्तुले पुरियाएको क्षतिको उचित राहतको व्यवस्था गर्न माग गर्नुका साथै बर्षानी हुँदै आइरहेको बाढी, कटान, डुवान समस्या समाधान गर्न आवश्यक ताटबन्दीको मांग गरिएको छ ।

ज्ञापनपत्र बुझाउँदै अखिल नेपाल किसान महासंघका राजेशकुमार शुक्ला, उपाध्यक्ष रामसोहन यादव, सचिव उमेश नाथ मिश्रा र सदस्यहरु सकिल अहमद राई, अब्बद सिद्दिकी लगायत २५ जनाको सहभागिता रहेकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *