चीनले यात्रुवाहक उडान रोक्दा नेपाललाई आर्थिक र पर्यटकीय घाटा
काठमाण्डौ, ८ बैशाख – नेपालले नियमित यात्रुवाहक उडान खोल्न बारम्बार अनुरोध गरे पनि चीनले इच्छा नदेखाउँदा दुई देश बीचको यात्रा महँगो बनेको अधिकारीहरूले बताएका छन्।
नेपालबाट चीन प्रत्यक्ष उडान नहुँदा यात्रा लामो र महँगो बन्नुका साथै नेपाललाई आर्थिक र पर्यटकीय हिसाबमा पनि असर परेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखा हेर्ने सहसचिव बुद्धिसागर लामिछानेले बताए।
काठमाण्डूस्थित चिनियाँ दूतावासमार्फत पटकपटकको पत्राचार र आग्रहपछि पनि व्यावसायिक यात्रुवाहक उडानबारे चीनले सकारात्मक प्रतिक्रिया नजनाएको उनको दाबी छ।
“भौतिक रूपमा छलफल हुन सकेको छैन। हामीले पत्राचार गरिरहेका छौँ। यस प्रक्रियामा दूतावासले समन्वय गरेको छ तर उताबाट हालसम्म सकारात्मक जवाफ आएको छैन,” लामिछानेले भने।
चिनियाँ दूतावासका प्रवक्ता चाङ् सूले भने नेपालले कोरोनाभाइरसको दोस्रो लहरको बेला ए...









