Tuesday, April 21सत्यम खबर
Shadow

रहमा ट्रेनिंग सेन्टरकाे उद्घाटन, आधारभूत सिलाई कटाई तालिम शुरु

सकिल अहमद राई
नेपालगन्ज, २१ साउन – नेपालगन्ज उपमहानगरपालिका वडा नं १६ जैसपुरमा रहमा ट्रेनिंग सेन्टरको प्रमुख अथिति एवम् वन वातावरण तथा भू संरक्षण मन्त्री सुरेन्द्रबहादुर हमालद्वारा उद्घाटन गरिएकाे छ ।

रहमा ट्रेनिंग सेन्टरद्वारा सञ्चालित तीन महिने आधारभूत सिलाई कटाई तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै बाँके जिल्ला निर्वाचन क्षेत्र ख का प्रदेश सभा एवम् माननीय वन वातावरण तथा भू संरक्षण मन्त्री हमाल तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले मानिसको जीवनमा सिप महत्वपूर्ण हुन्छ, सिपले जीवनमा परिर्वतन ल्याउने बताएका छन् ।

मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके उसको जीवनमा परिर्वतन ल्याउने छ । जसले मेहनतका साथ सिप सिके सफलता हासिल गर्न कुनै समस्या पर्दैन । श्रमले मानिसलाई सम्मानित बनाउँछ । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने बताईएकाे थियाे ।

सिलाई कटाई तालिमपछि ग्राहकको रुचि अनुरुप ड्रेस मेकिङ गर्न सक्ने एक दक्ष प्राविधिक बन्ने भएकाले तालिममा सहभागिहरुलाई मेहनतका साथ तालिममा सहभागि हुन अनुरोध गरे । सिप र दक्षताले मानिसको भबिष्य निधारण गर्ने भएकाले त्यसलाई ख्याल गरि काम गर्न आग्रह गरे ।

सरकारी स्तरबाट दिएका तालिमहरुको महत्व हुने भएकाले तालिमपछि सहभागिहरुले हासिल गर्ने सिपलाई परिक्षण गरि प्रमाण पत्र प्रदान गरिने भएकाले तालिममा ध्यान दिन प्रमुख चौधरीले आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल डेभलपमेन्ट सोसाइटीका अध्यक्ष एवं रहमा ट्रेनिङ्ग सेन्टरका संरक्षक नजरुल हुसेन फलाही घरेलुकाले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम सञ्चालन गरिएको बताउँदै हामीले दिएको तालिमले महिला दिदि बहिनीहरु स्वरोजगार, आत्मनिर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताए । घरेलुले बिभिन्न प्रकारको तालिमहरु दिंदै आएको छ । जसले तालिम लिई स्वरोजगार बन्ने हिसाबले आबेदन दिएको हुन्छ, त्यसलाई मात्र तालिम दिईने संरक्षक फलाहीले जानकारी दिएका थिए ।

तालिम उद्घाटनका क्रममा नेपाल डेभलपमेन्ट सोसाइटीका सचिव असलम हल्वाईले स्वागत मतब्य राखेको थिए ।

कार्यक्रममा सहभागी प्रमुख अथिति वन वातावरण तथा भू संरक्षण मन्त्री हमाल, विशिष्ठ अथिति जिल्ला समन्वय समितिका प्रमुख चौधरी, विशिष्ठ अथिति नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुदिन राई, अथिति नेपाल डेभलपमेन्ट सोसाइटीका अध्यक्ष एवं रहमा टेन्निग सेन्टर संरक्षक नजरूल हुसेन फलाही, इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश पश्चिम मेग बाँकेका अध्यक्ष ओवाइदुर रहेमान खानलगायत स्थानीयका जनता लगभग २ सय जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन बद्रे आलम खान एवम् समापन नेपाल डेभलपमेन्ट सोसाइटीका अध्यक्ष एवं रहमा ट्रेनिङ्ग सेन्टर संरक्षक फलाहीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *