
नेपालगन्ज, २३ साउन – जिल्ला हुलाक कार्यालय बाँकेको आयोजनामा साउन २३ गते बाँके जिल्लामा प्रेश काउन्सीलको बर्गिकरणमा परेका १४ वटा दैनिक, अर्ध साप्ताहिक र साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रतिनिधीहरुसँग एक छलफल बैठकको आयोजना गरिएको छ ।
उक्त बैठकमा सहभागीलाई लोक कल्याणकारी बिज्ञापनको बर्गिकरण, बिज्ञापन प्रकाशन गर्ने तरिका तथा भुक्तानीको लागि विल भरपाई तथा प्रतिवेदन पेश गर्ने तरिकाका सम्बन्धमा हुलाक अधिकृत गोबिन्दप्रसाद पाण्डेले सहभागीहरुलाई जानकारी गराउनु भयो ।
यस आर्थिक वर्षमा नेपाल सरकाबाट प्रदान गरिने जनहितका लोक कल्याणकारी बिज्ञापन प्रकाशन गर्न पाउने वर्गिकरणमा दैनिक नेपालगन्ज, कालपृष्ठ दैनिक प्रदेश क वर्गमा, सदभाव दैनिक र हाम्रो समाचार दैनिक स्थानीय क वर्गमा, मिसन टुडे दैनिक प्रदेश ख वर्गमा, प्रभात घोषणा दैनिक, लोकप्रीय सन्देश दैनिक, न्यूज यथार्त साप्ताहिक, गुड न्यूज साप्ताहिक, आजको सामना साप्ताहिक, समाज जागरण साप्ताहिक, महिला संचार साप्ताहिक, जनमत अर्धसाप्ताहिक स्थानीय ख वर्गमा तथा असल शासन पोष्ट साप्ताहिक स्थानीय ग वर्गमा छनोट भएको बैठकमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।
