ओली सरकारले चिनियाँ कम्पनीलाई जिम्मा लगाएदेखि नेपाल मेटल कम्पनी विवादै विवादमा रुमल्लिए
काठमाण्डौ, २९ सावन – सरकारले पछिल्ला वर्षमा हरेक वर्ष नेपाल मेटललगायत बन्द तथा रुग्ण उद्योग सञ्चालन गर्न इच्छा देखाउँदै आएको छ। ओली सरकारले चिनियाँ कम्पनीलाई जिम्मा लगाएदेखि नेपाल मेटल कम्पनी विवादै विवादमा रुमल्लिएको छ। सेयर विवादमा यसको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ। यस कम्पनीमा सरकार, चिनियाँ कम्पनी र खेतान ग्रुपको लगानी छ। सेयर वृद्धि विवादमा मुद्दा पर्दा कुनै प्रक्रिया अघि बढ्न सकेको छैन। ठूलो लगानी गर्न सेयर वृद्धि गर्न चाहे पनि विवाद भइरहेको छ।
सरकारले लगानी वृद्धि गर्ने निर्णय गरेपछि आर्थिक वर्ष २०७४/७५ मा चिनियाँ कम्पनी भित्रिएको थियो। त्यसका विरुद्ध खेतान ग्रुपले सर्वाेच्चमा मुद्दा हालेको हो। उसले पुँजी वृद्धि तथा चाइनिज लगानी भित्रयाउन सहमति नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेको स्थापना कालदेखिका कर्मचारी हरिप्रसाद घिमिरे बताउँछन्। खेतानले पुनरावेदनमा हालेको मुद...









