चिनियाँ दबाबमा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेको खुलासा, महाभियोग लगाउने तयारी
काठमाण्डौ, २ भाद्र –सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग प्रस्ताव ल्याउने भएको छ । संविधानअनुसार नागरिकताबाट वञ्चित १५ लाख नागरिकलाई नागरिकता दिन संविधान बनेको सात वर्षपछि ढिलै भए पनि विवादित विषय छाडेर सरकारले लामो प्रयत्न गरेर ल्याएको नागरिकता विधेयकलाई राष्ट्रपतिले अस्वीकार गरेपछि सरकारले महाभियोगको विकल्पमा छलफल सुरु गरेको हो ।
सरकारका एक मन्त्रीकाअनुसार चिनियाँ स्वार्थमा लामो मेहनतपछि आएको विधेयकलाई राष्ट्रपतिले रोकेको सूचना पाएपछि प्रधानमन्त्रीसहित मन्त्रीहरु, सत्तारुढ नेता प्रचण्ड, माधव नेपाललगायत असन्तुष्ट छन् । प्रचण्डले यसअघि नै राष्ट्रपतिलाई राम्रो नहुने चेतावनी दिएका छन् ।
सरकारी उच्च स्रोतकाअनुसार राष्ट्रपति भण्डारीले आफ्नो पूरानो दल एमाले, एमालेनिकट वकिल, नागरिक समाज, पछिल्लो समय एमालेनिकट देखिएको र एमालेले बोकेको चीनको चाहनाअनुसार राष्ट्रपतिले नागर...









