Tuesday, April 21सत्यम खबर
Shadow

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम सञ्चालन हुने

काठमाण्डौ, ३१ सावन – नेपाली सेना र अमेरिकी सेनाबीच मंगलबारदेखि संयुक्त तालिम सञ्चालन हुने भएको छ । मंगलबार देखि सञ्चालन हुने ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ तालिम ३१ भदौसम्म छाउनी र नगरकोट लगायत इलाकामा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । तालिममा नेपाली सेना ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

तालिमका लागि अमेरिकी सेनाको टुकडी आवश्यक सामाग्रीसहित सोमबार नेपाल आइपुगेको सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार तालिम सशस्त्र द्वन्द्वको कानुन, सैन्य निर्णय निर्माण प्रक्रियालगायत विषयमा केन्द्रित हुनेछ ।

यो तालिम २०६० सालदेखि दुवै देशको सेनाबीचमा सञ्चालन हुँदै आएर यो ३९औं संस्करण भएको सेनाले बताएको छ । सेनाले नेपालको रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाबीच यो तालिम हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *