दाङमा कर वृद्धिको विरोध गर्दै एक घन्टा चक्काजाम
दाङ, ८ भाद्र – घोराही सडक खण्ड अन्तर्गत तुलसीपुरमा बुधबार बिहान ९ बजेदेखि १० बजेसम्म सडकमै सवारी साधन राखेर उनीहरूले एक घन्टा चक्का जाम गरेका हुन्।नेपाल यातायात राष्ट्रिय महासंघका जिल्ला सचिव घनश्याम बस्नेतले सरकारले रूट परमिटका नाममा झन्डै चार गुणासम्म कर वृद्धि गरेको र जरीवाना रकम पनि तीन हजारदेखि पाँच हजारसम्म पुर्याएपछि त्यसको बिरोधमा चक्काजाम गरिएको जानकारी दिए।
त्यस्तै सचिव बस्नेतले २०७५ सालमा निर्माण सुरू भएको तुलसीपुर–घोराही चार लेन सडक खण्ड पाँच वर्ष भइ सक्दा पनि दश प्रतिशत काम नभएको भन्दै त्यसको पनि बिरोध भएको बताए।जीर्ण सडक खण्डका कारण तुलसीपुर-घोराही खण्डमा बढी तेल गाडीले खाने गरेको, टुटफूट धेरै आएको र दुर्घटना पनि अत्यधिक बढेकाले सडक निर्माण कार्य चाडै सक्न भनेर बिरोधमा उत्रनु परेको सचिव बस्नेतले तर्क गरे।सरकारले यातायातको कर गुणात्मक रूपमा बृद्धि गर्दा ठूलो मर्कामा या...









