Tuesday, April 21सत्यम खबर
Shadow

नेपालगन्जमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

नेपालगन्ज,२८ भाद्र – नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा हुनुभएका शिवप्रसाद रिजाल सोमबार कार्यालयमा हाजिर हुनु भएको छ ।
रिजाललाई नगरप्रमुख प्रसान्त बिष्ट, उपप्रमुख कमरुद्दिन राई लगायत अन्य जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत रिक्त भएको डेढ महीनापछि रिजाल सरुवा भइ आउनु भएको हो ।


रिजालले करिब १५ बर्ष स्थानिय तह र स्थानिय निकायमा लेखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय बिकाश अधिकारी, जिल्ला समन्वय अधिकारीको रूपमा काम गरेको अनुभव छ ।
पछिल्लो पटक उहाँ कास्कीको सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको स्थायी घर पर्बत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *