चीनको हर्कतलाई मध्यनजर राख्दै अमेरिकाले भारत संग मिलेर तयार पारे ड्रोन
काठमाण्डौ, ९ कार्तिक – संयुक्त राज्य अमेरिका र भारतले ड्रोनको निर्माणमा सहकार्य गरेका छन्। पेन्टागनका एक वरिष्ठ अधिकारीले वाशिंगटनले चीनको प्रतिरोध गर्ने तरिकाको रूपमा दिल्लीसँग नजिकको सम्बन्ध खोजेको र ड्रोन निर्माणका लागि सहकार्य गरेको बताएका छन्।
भारतले यी विमानहरू निर्माण गरी आफ्नो क्षेत्रका अन्य देशहरूमा निर्यात गर्ने ती अधिकारीले बताएका छन्। दिल्लीले आफ्नो हतियारमा विविधता ल्याउन चाहको छ। विशेष गरी रुसमा निर्भर रहेको भारत आफ्नै रक्षा उद्योगको विकास गर्न चाहन्छ।
‘र हामी भारतलाई दुवै मोर्चामा समर्थन गर्न चाहन्छौँ र त्यसो गर्दैछौं,’ इन्डो-प्यासिफिक सुरक्षा मामिलाका लागि रक्षा सहायक सचिव एली रेटनरले पत्रकार र रक्षा विशेषज्ञहरूको समूहलाई भने।
‘व्यावहारिक सर्तहरूमा, यसको मतलब यो हो कि हामी सह-उत्पादन र सह-विकास क्षमताहरूमा भारतसँग मिलेर काम गर्नेछौँ, जसले भारतको आफ्नै रक्षा आधुनिकी...









