Tuesday, June 30सत्यम खबर
Shadow

श्रम/रोजगार

नेपालले उडान गर्न नसक्ने ५ चिनियाँ विमान बेच्ने

नेपालले उडान गर्न नसक्ने ५ चिनियाँ विमान बेच्ने

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ कार्तिक – (एएनआई) : ठूलो घाटा बेहोरेपछि नेपाल वायुसेवा निगमले आफ्ना पाँचवटा चिनियाँ जहाज भाडामा दिन नचाहेको भन्दै बिक्री गर्ने निर्णय गरेको छ । विमानले आकाशमा भन्दा जमिनमा धेरै समय बिताएको र ऋणमा डुबेको राष्ट्रिय ध्वजावाहकलाई आर्थिक बोझ बन्न थालेको नेपाली प्रकाशन hamrakura.com ले रिपोर्ट गरेको छ। पहाडी मार्गमा उडान भर्ने आशा गरेको चिनियाँ विमान खरिद गरेको आठ वर्षपछि अर्थ मन्त्रालयको निर्देशनपछि नेपाल वायुसेवा निगमले अब आफु घाटा नबेहोर्ने निर्णय गरेको हो । सन् २०१२ मा निगमले चीनबाट चारवटा Y12E (Y12E) र दुईवटा MA60 (MA60) विमान खरिद सम्झौता गरेको थियो। तीमध्ये एउटा विमान दुर्घटनापछि अहिले सञ्चालन नहुने अवस्थामा छ भने बाँकी पाँचवटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङस्थलमा अलपत्र अवस्थामा छन् ।...
चीनसँगको एलएसी नजिक भारत र अमेरिकाले सैन्य अभ्यास गर्दै

चीनसँगको एलएसी नजिक भारत र अमेरिकाले सैन्य अभ्यास गर्दै

आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ कार्तिक – भारत-चीन तनावका बीच चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिक भारत र अमेरिकाले सैन्य अभ्यास गर्ने भएका छन् । भारत र अमेरिकाले नोभेम्बर १५ देखि डिसेम्बर २ सम्म एलएसीमा अभ्यास गर्नेछन्। यो अभ्यास उत्तराखण्डको औलीमा हुनेछ । यो क्षेत्र एलएसीबाट मात्र एक सय किलोमिटर दुरीमा छ। अभ्यासमा दुवै देशका करिब ३५०–३५० सैनिक सहभागी हुनेछन् । हिमाल र अति चिसो क्षेत्रमा एकीकृत लडाई समूहको परीक्षण गरिनेछ । यो अभ्यास एक वर्ष भारतमा र एक वर्ष अमेरिकामा गरिन्छ। गत वर्ष यो अभ्यास अमेरिकाको अलास्कामा गरिएको थियो । यसका साथै यस वर्षको अन्त्यसम्ममा भारतले एकैसाथ ३ वटा ठूला अभ्यास गर्ने भएको छ । यी सबै सैन्य अभ्यास नोभेम्बर ८ बाट सुरु हुनेछन्। ११ डिसेम्बरसम्म चल्ने यी सैन्य अभ्यासमा भारतले आफ्नो सैन्य शक्ति देखाउनेछ । भारतले क्वाड देशहरूसँग मालाबार नौसेना अभ्यास र अष्ट्रेलियासँग ...
कारागार र उड्डयन प्राधिकरण सेनालाई जिम्मा

कारागार र उड्डयन प्राधिकरण सेनालाई जिम्मा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
चितवन, १५ कार्तिक – जिल्लाका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनाले लिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । उनका अनुसार कारागार कार्यालय चितवन र नागरिक उड्डयन प्राधिकरण भरतपुरको सुरक्षाको जिम्मा सेनाले लिएको हो । उनले भने, “महत्वपूर्ण प्रतिष्ठान र संवेदनशील क्षेत्रमा सेनाले सुरक्षाको जिम्मा लिएको छ ।” केन्द्रीय सुरक्षा रणनीतिअनुसार जिल्लाका तीन निर्वाचन क्षेत्र सेनाले गस्ती बढाएको उनले जानकारी दिए । नियमितरूपमा निर्वाचन सुरक्षा रणनीतिअनुसार गस्ती बढाएको भन्दै उनले सेनाले आफ्नो नीतिअनुसार काम गरेको बताए। निर्वाचनको सुरक्षाका लागि जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहर...
नेपालगन्जमा पत्रकार गुप्ता माथि ज्यानमारा आक्रमण

नेपालगन्जमा पत्रकार गुप्ता माथि ज्यानमारा आक्रमण

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ कार्तिक – समाचार सम्बन्धि रिर्पोटिङ्ग क्रममा नेपालगन्जमा पत्रकार माथि ज्यानमारा आक्रमण भएको छ । समाचार संकलनका क्रममा एक्सप्रेस सिटी मिडिया हाउस प्र. लि. द्वारा सञ्चालित एक्स्प्रेस सिटी न्यूज डटकमका प्रधानसम्पादक अमित गुप्ता माथि सामुहिक रुपमा भएको आक्रमण प्रति उक्त मिडियाले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।गत कार्तिक १० गते बिहान करिब ११ बजे बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ नन्दई गाँउ नजिकै तस्किरी भईरहेको आधिकारीक जानकारी हुदाँ सम्पादक गुप्ता सम्बन्धित क्षेत्रमा पुगेको बेला अकस्मात पछाडिबाट सामुहिक आक्रमण भएको मिडियाका निर्देशक रामदिन तेलीले जानकारी दिए ।त्यस बेला उनी माथि करिब ६ जनाको समुहले ज्यान मर्ने गरि कुटपिट गरी घाइते बनाएका थिए । कुटपिट गर्दा सम्पादक गुप्ताद्धारा खिचिएका फोटाहरु डिलिट गरेर मोबाइल समेत फुटाई दिएका छन । गुप्ता...
पूर्वप्रहरी अधिकृत विक्रमसिंह थापा कपिलवस्तु क्षेत्र २ क बाट उम्मेदवार, जीत सुनिश्चित भएको मतदाताको दाबी

पूर्वप्रहरी अधिकृत विक्रमसिंह थापा कपिलवस्तु क्षेत्र २ क बाट उम्मेदवार, जीत सुनिश्चित भएको मतदाताको दाबी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कपिलवस्तु, १३ कार्तिक – नेपाल निर्वाचन आयोगले नोभेम्बर २० मा हुने मतदान स्थगित गरेको छ । भारतको छिमेकी मुलुक नेपालमा शंख बज्यो । नेपाली काँग्रेसले लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर २ क बाट पूर्वप्रहरी अधिकृत विक्रमसिंह थापालाई सांसद पदका लागि आधिकारिक उम्मेदवार घोषणा गरेको छ । विक्रम थापाको मैदानमा प्रवेशले अन्य दलको गणित नै चकित बनाएको छ, सबै स्तब्ध भएका छन् । विक्रम थापा यस्ता प्रतिभाशाली, प्रभावशाली व्यक्तित्व हुन्, जो भारत नेपाल सीमाका जिल्लामा एसपी पदमा खटिएका छन् । दोषी, दबाब रहित कार्यशैलीका कारण मधेसी वर्गको आँखाको तारा बनेको छन्, यस वर्गका हरेक समुदायको उनीहरुप्रति गहिरो आस्था रहेको पाईन्छ । प्रहरी सेवामा आबद्ध हुनुका साथै उनले धेरै सामाजिक सेवा संघ, संस्थामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । आफ्नो फरक कार्यशैली, सामाजिक सद्भाव, निष्पक्षताका कारण विक्रम थापा म...
नेपालगन्जमा शक्तिशाली बिस्फाेट, घटनाकाे अनुसन्धान जारी (फाेटाे फिचरसहित)

नेपालगन्जमा शक्तिशाली बिस्फाेट, घटनाकाे अनुसन्धान जारी (फाेटाे फिचरसहित)

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ कार्तिक - नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ रामनगर स्थित रमेश नाग तेलीको घरमा आईतबार बिहान करीब ५ बजे शक्ति शाली बिष्फोट हुँदा घरमा सुतिरहेका २ जना मध्य १ जनाको मृत्यू हुनुको साथै १ जना गम्भिर घाईते भएका छन । नेपालगन्ज वडा प्रहरी कार्यालय नजिकै रहेको उक्त ठाउँमा आईतबार एका बिहानै बिष्फोटको ठुलो आवाज आएपछी वडा प्रहरी कार्यालयको टोली उक्त ठाउँमा पुगी तत्काल खोजतलास तथा घटनाका पिडितहरुलाई सहयोग गर्ने कार्य गरेको स्थानिय बासिन्दाहरुले जानकारी दिनुभएको छ । रमेश नाग तेलीको घर भाडामा लिएर बस्दै आएका बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं. ८ का गणेश भन्ने समिर वली र रामनगर कै मोहम्द आरिफ अली अन्सारी बिष्फोटमा परि शक्त घाईतेको भएकोमा प्रहरीले उपचारको लागी ततकाल भेरी अस्पतालमा लगेको थियो । बिष्फोटमा परि गम्भीर घाईते दुबै जनालाई तत्काल उपचारका लागी भेरी अस्पतालमा लगेकोमा गणेश भ...
लक्ष्मीपूजाकाे साँझ ३८० मेगावाट बिजुली भारत निर्यात

लक्ष्मीपूजाकाे साँझ ३८० मेगावाट बिजुली भारत निर्यात

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ कार्तिक – यस वर्ष लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग (पिक डिमाण्ड) १ हजार ३ सय मेगावाट नाघेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मी पूजाका दिन पिक देशभित्रको डिमाण्ड १४०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरेको थियो । तर, प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ करिब ६ः१० बजे ‘पिक डिमाण्ड’ १ हजार ३०५ मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १ हजार २७० मेगावाट थियो ।गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड ३५ मेगावाट बढी हो । विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकोमा यसवर्ष आन्तरिक उत्पादनले लक्ष्मीपूजाको ‘पिक लोड’ धानेको छ ।अझ खपत हुन नसकेको बिजुली भारत समेत निर्यात भएको छ भने २०० मेगावाट बराबरको बिजुली खपत हुन नसकेर खेर समेत गएको छ । लक्ष्मीपूजाको साँझमा ‘पिक’ समयमै प्राधिकरणले ३८...
चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिएको ७५६ मेगावाटको तमोर वर्षौं अलपत्र

चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिएको ७५६ मेगावाटको तमोर वर्षौं अलपत्र

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० कार्तिक – सरकारले साढे दुई वर्षअघि ७ सय ५६ मेगावाटको तमोर जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दियो। सरकारले ‘सोकेस’मा राखेको उक्त आयोजना जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) र चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना)लाई जिम्मा लगाइयो। तर, यो अवधिसम्म कुनै प्रगति भएन। देशकै गौरवको यो आयोजना अलपत्र छ। लगानी बोर्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला २०७६ माघमा पावर चाइना र एचआइडीसीएलको ज्वाइन्ट भेन्चरमा निर्माण गर्ने गरी सम्झौता गरेको थियो। पावर चाइना चीन सरकारको कम्पनी हो। दुई वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सक्नुपर्ने सम्झौतामा उल्लेख थियो। तर, साढे दुई वर्ष बित्दा पनि काम अघि बढेको छैन। सम्झौताको ६ महिनाभित्र दुवै कम्पनीले के कति सेयर लिने भन्ने ‘सेयर होल्डिङ’ सम्झौता गरिसक्नुपथ्र्यो...
ओलीको शैली अपनाउँदै प्रमुख निर्वाचन आयुक्त थपलिया, निर्वाचन हुन नसक्ने चेतावनी

ओलीको शैली अपनाउँदै प्रमुख निर्वाचन आयुक्त थपलिया, निर्वाचन हुन नसक्ने चेतावनी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० कार्तिक – निर्वाचन गराउने प्रमुख जिम्मेवारी पाएका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ओलीको शैलीमा सार्वजनिक रुपमा धम्की दिन थालेका छन्। ओलीइतर पार्टी र व्यक्तिप्रति आक्रामक देखिएका थपलियाले भूकम्प ल्याउने धम्की दिएका छन्। उनले केही दिनमा मुलुकमा आचारसंहिता पालनामा कडाइ गरेर भूकम्प ल्याउने चेतावनी दिएका हुन्। ‘निर्वाचन सम्बन्धी कानूनलाई टेकेर आयोगले ५–७ दिनभित्रमा एउटा निर्णय गर्दै छ। त्यो निर्णयले भूकम्प नै ल्याउन सक्छ,’ उनले भने। यसरी निर्वाचनलाई शान्त र भयरहित वातावरणमा निर्वाचन सम्पन्‍न गराउने जिम्मेवारी पाएको व्यक्तिले निरन्तर सार्वजनिक धम्की र चेतावनी दिइरहेका छन्। प्रदेश १ को राजधानी विराटनगरमा शुक्रबार आयोजित प्रदेश स्तरीय सञ्चार माध्यम सम्बन्धी अभिमुखीकरणलाई सम्बोधन गर्ने क्रममा राजनीतिक दलप्रति लक्षित गर्दै उनले आफैँले बनाएको कानून उल्लंघन गर्ने अधिक...
सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्दैन : प्रधानमन्त्री देउवा

सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्दैन : प्रधानमन्त्री देउवा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ९ कार्तिक – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको हस्तक्षेप नगर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रतामा नै जनताले आवधिक निर्वाचनमार्फत् आफ्नो जनप्रतिनिधि छान्न पाउने भएकाले सरकार प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउने काममा प्रतिवद्ध रहेको पनि पटकपटक दोहो¥याए । नेपाल प्रेस युनियनले तिहारलगायतका चाडपर्वको अवसर पारेर सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रतामार्फत् जनताको अधिकारलाई स्थापित गराउन पनि सरकार लागि परेको बताए । प्रधानमन्त्री देउवाले जनताको अधिकार सुरक्षित हुने काममा कुन पार्टीले बढि काम गरेको छ भन्ने कुराबारे सञ्चार क्षेत्रले जानकारी गराउनुपर्ने पनि बताए । प्रधानमन्त्री देउवाले जनता देशको मालिक भएकाले उनीहरुले गर्ने निर्णयको आधारमा सरकार र राजनीतिक दलहरु चल्नुपर्ने...