Tuesday, June 30सत्यम खबर
Shadow

श्रम/रोजगार

भारतसँगको रक्षा सम्बन्धलाई निरन्तरता दिन्छौँ : पेन्टागन

भारतसँगको रक्षा सम्बन्धलाई निरन्तरता दिन्छौँ : पेन्टागन

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० चैत – अमेरिकी रक्षा प्रशासन पेन्टागनले भारतसँगको रक्षा सम्बन्धलाई निरन्तरता दिने जनाएको छ । पेन्टागनका प्रेस सचिव ब्रिगेडियर जनरल प्याट राइडरले भारतसँग अमेरिकाको निकै लामो समयदेखि रक्षा सम्बन्ध रहँदै आएको उल्लेख गर्दै यसलाई निरन्तरता दिने जनाएका हुन् । युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला पेन्टागनले भारतसँगको रक्षा सम्बन्धलाई निरन्तरता दिने जनाएको हो । रुसको साझेदार मानिने भारतले युक्रेनमा जारी युद्धलाई लिएर रुसको विरोध गरेको छैन । पत्रकार सम्मेलनका क्रममा ब्रिगेडियर जनरल राइडरले आफ्नो मुलुकले युक्रेनलाई गर्दै आएको सहयोग र समर्थनलाई जारी राख्ने बताए ।...
ब्रिनोजको आन्तरिक बिबाद प्रशासन पुग्यो, संस्था बिरुद्ध जिल्ला प्रशासनमा उजुरी

ब्रिनोजको आन्तरिक बिबाद प्रशासन पुग्यो, संस्था बिरुद्ध जिल्ला प्रशासनमा उजुरी

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ चैत्र - नेपालगन्जमा क्रियाशिल ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नामक संस्थामा बिबाद सृजना भएको छ । संस्थाको आन्तरिक बिबाद जिल्ला प्रशासन कार्यालय बाँकेसम्म पुगेको छ । संस्था बिद्यान बिपरित सञ्चालन भएको, संस्था भित्र चरम अनियमितता रहेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा फाल्गुण १५ गते उजुरी दर्ता भएको छ ।संस्थाको प्रमुख कार्यकारी पदमा कार्यरत पुरणबहादुर थारुले संस्थाका अध्यक्ष लगायतलाई बिपक्षि बनाउँदै जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दर्ता गरेका हुन् ।संस्थाको बिषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको जानकारी बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र के.सी.ले दिएका छन् । दर्ता भएको उजुरीमा संस्था बिद्यान बिपरित सञ्चालन भईरहेको, संस्थामा चरम अनियमितता, मनोमानी रहेको उल्लेख छ ।उच्च प्रतिबद्धताका साथ संस्थाको गरिमालाई उचो पार्नका लागि अहोरात्र खटिरहँ...
वडाध्यक्ष दीपक बर्माद्वारा थप अर्को कालोपत्रे सडक निर्माण सम्पन्न

वडाध्यक्ष दीपक बर्माद्वारा थप अर्को कालोपत्रे सडक निर्माण सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ चैत्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा रहेको दुई हप्ता न बित्दै थप अर्को अस्फाल्ट सडक कालोपत्रे निर्माण सम्पन्न गरिएको छ ।नेपालगन्ज वडा नं. १८ को भाटभटेनीदेखि पश्चिम् रहेको श्री नगर टोलमा स्थानीय तहको बजेटबाट रु ४० लाख ५६ हजारको लागतमा २७० मीटर अस्फाल्ट कालोपत्रे सडक निर्माण सम्पन्न भएको वडाध्यक्ष दीपक बर्माले बताउनुभयो ।यस आर्थिक बर्षमा हालसम्म वडा नं. १८ मा १२ वटा सडक निर्माण सम्पन्न भइ सकेको छ । ३ वटा टोलमा थप कालो पत्रे, पी.सी.सी तथा आर सी सी नाला सहित माटो ग्राबेलको कार्य जारी रहेको वडाध्यक्ष बर्माले बताउनुभयो ।पुर्वाधार संगै शिक्षा, कृषि, स्वास्थ्य, बिपन्न बस्तिमा धारा जडान, सोलार, मन्दिर, मदरसा श्मशान घाट, साईबर क्राईम, लक्षित कार्यक्रम लगायतको कार्य समेत सम्पन्न हुने अध्यक्ष बर्माले बताउनु भयो ।...
नेपाल-भारत सीमा क्षेत्रको निरीक्षण

नेपाल-भारत सीमा क्षेत्रको निरीक्षण

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २ चैत्र – सुरक्षा निकायका प्रमुखहरूले पाँचथरको भारतसँग जोडिएको सीमा क्षेत्रको निरीक्षण गरेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश गैरेसहित तीनवटै सुरक्षा निकायका प्रमुखले नेपाल–भारत सीमा क्षेत्र चिवाभञ्ज्याङमा सीमा क्षेत्रको अवस्थाबारे निरीक्षण गरे। निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी गैरेले सीमा प्रहरीचौकी च्याङथापू तथा सशस्त्र प्रहरी बल बिओपी चिवाभञ्ज्याङका सुरक्षाकर्मीलाई सीमा क्षेत्रको उपयोग गरी हुनसक्ने चोरी, सिकारी तथा निकासीजस्ता अपराधका घटना न्यूनीकरणमा केन्द्रित हुन निर्देशन दिए। सुरक्षा निकायको टोलीले भारतीय सीमासुरक्षा बल (एसएसबी)का स्थानीय अधिकृतलाई भेटी सीमासुरक्षा र अपराध न्यूनीकरणका विषयमा छलफल गरेको छ। पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम बिन्दुसमेत रहेको उक्त क्षेत्र बहुमूल्य जडीबुटी र जङ्गली जनावर पाइने स्थान हो। यही क्षेत्रको उपयोग गरी अन्तरदेशीय ...
चिनियाँ नाकाबन्दीको पीडा: अघोषित नाकाबन्दीले हजारौं नेपालीको रोजगारी गुम्यो

चिनियाँ नाकाबन्दीको पीडा: अघोषित नाकाबन्दीले हजारौं नेपालीको रोजगारी गुम्यो

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २ चैत्र –सुरुमा भूकम्पका बहानामा र विगत तीन वर्षदेखि कोरोना महामारीको बहानामा उत्तरी छिमेकी चीनले नेपालसँग जोडिएका नाकाबन्द गरेपछि सीमा क्षेत्रका हिमाली जिल्लाका स्थानीय नेपालीहरुको रोजगारी गुम्नुको साथै चिनियाँ बाटो हुँदै आउने खाद्यान्‍न पनि रोकिएको छ। जुडिबुटी र कृषि उजको व्यापार पनि ठप्प भएको छ। यस्‍तो समस्या प्रायः सबै जसो सीमावर्ती जिल्लामा रहेको पाइन्छ। यी नाकाहरु खुलाउन नेपालीपक्षबाट पटक-पटक आग्रह गरिएको भए पनि चीनले टेरपुच्छर लगाएको छैन। कुनै चिनियाँ मन्त्री नेता अथवा अधिकारीको नेपाल भ्रमण हुँदा अथवा कुनै नेपाली मन्त्रीको चीन भ्रमण हुँदा दुई चार दिनको लागि नाका खोलिन्छ, त्यसपछि फेरि जस्ताको तेस्तै। चीनसँग हुँदै आएको परम्परागत व्यापार रोकिएको भन्दै दार्चुलाका व्यवसायीले तिंकर नाका खोल्न माग गरेका छ। सन् २०२० देखि दार्चुलासँग सीमा जोडिएको तिकंर नाका बन्द छ। कोरोना भाइरस...
भारतबाट घटेर आयो इन्धनको मूल्य

भारतबाट घटेर आयो इन्धनको मूल्य

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २ चैत्र – भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ । अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ । भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्ने छ ।...
आरपीएफ जवान र चालकको खबरदारीले गर्दा एक नेपाली नागरिकको ज्यान जोगियो

आरपीएफ जवान र चालकको खबरदारीले गर्दा एक नेपाली नागरिकको ज्यान जोगियो

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ चैत्र – नेपालगन्ज रोड रेलवे स्टेसनमा तैनाथ आरपीएफ जवान र चालकको खबरदारीले गर्दा एक नेपाली नागरिकको ज्यान जोगिएको छ । स्मरण योग्य छ कि बहराइचबाट नेपालगन्ज रोड रेल खण्डमा आउँदै गरेको ट्रेन नं.०५३५९ नेपालगन्ज पुग्न लागेको थियो । सडक स्टेशनमा एक युवक सामान गोदाम शेड नजिकै रेल ट्र्याकमा सुतेको थियो ।जुन देखेर ड्युटीमा रहेका आरपीएफ रामेश्वर सिंह तत्काल रेल ट्र्याक नजिक पुगेर युवकलाई ट्र्याकबाट बाहिर निकालेका थिए । टे«नका पाइलट शैलेशकुमार र प्रभातकुमारले ट्रेनको आकस्मिक ब्रेक लगाएर युवकको ज्यान बचाएका थिए ।उनको पहिचान छिमेकी बाँके जिल्ला अन्तर्गत डुडुवा निवासी करिब २५ वर्षिय रजनीश तेली रहेको उनकै नागरिकताबाट खुलेको छ । उनलाई मनाएपछि अवनीशलाई फर्काइयो ।उल्लेखनीय छ, नेपालगन्ज रेलवे स्टेशनमा तैनाथ आरपीएफ जवान रामेश्वर सिंहको बहादुरीलाई रुपैडिहा सहर र प्लेटफर्ममा उपस्थित यात्रुहरूले प्रश...
भारतसँग छलफल नगरि बनाइएकाे गौतमबुद्ध विमानस्थल संचालनमा समस्या

भारतसँग छलफल नगरि बनाइएकाे गौतमबुद्ध विमानस्थल संचालनमा समस्या

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ फागुन – अन्तर्राष्ट्रिय उडानका लागि चाहिने हवाई रुटको अनुमति, आवश्यक उपकरण जडानमा सरकारले समयमै काम नगर्दा विमानस्थल सञ्चालनमा आउन सकेको छैन। भैरहवा विमानस्थलको प्रमुख समस्या हवाई रुट हो। भैरहवा ।भैरहवामा गौतमबुद्ध विमानस्थल निर्माण सकिँदै गर्दा मुलुकमै उत्साह थियो। तर, अहिले झन्डै ४० अर्ब लागतमा बनेको विमानस्थलको संरचना कर्मचारीले कुरेर बस्नेमा मात्रै सीमित भएको छ। अन्तर्राष्ट्रिय उडानका लागि चाहिने हवाई रुटको अनुमति, आवश्यक उपकरण जडानमा सरकारले समयमै काम नगर्दा विमानस्थल सञ्चालनमा आउन सकेको छैन। भैरहवा विमानस्थलको प्रमुख समस्या हवाई रुट हो। यो विमानस्थलको गत जेठ २ गते उद्घाटन भएको थियो। कुवेतको जजिरा एयरवेजले उद्घाटन उडान गर्दै कात्तिकसम्म सातामा दुई उडान गर्‍यो। जाडो मौसमसँगै भैरहवा विमानस्थलका सबै अन्तर्राष्ट्रिय उडानहरू ठप्प छन्। मौसम खराबीका कारण तीन पटक अन्तर्राष...
नेपालको बिजुली भारत र बङ्गलादेशमा पुग्ने प्रधानमन्त्रीको विश्वास

नेपालको बिजुली भारत र बङ्गलादेशमा पुग्ने प्रधानमन्त्रीको विश्वास

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ फागुन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।प्रधानमन्त्री दाहालले हालै मात्र नेपाल र भारतका ऊर्जा सचिवहरूको संयुक्त बैठकले नेपालको बिजुली निर्यातका लागि थप मार्ग प्रशस्त गरेको सन्दर्भ जोड्दै मुलुकको व्यापार घाटा घटाउनका लागि ऊर्जाको निकासी नै उपयुक्त माध्यम बन्ने बताए । आर्थिक विकास र व्यापार घाटा घटाउनका लागि उपयुक्त माध्यमका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र जस्तोसुकै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।साहस ऊर्जासँग जोडिएका सबै सङ्घ संस्थालाई सरकारको तर्फबाट बधाई एवं धन्यवाद दिँदै प्रधानमन्त्रीले ऐतिहासिक रेकर्ड बनाएकामा साहस ऊर्जालाई थप आयोजना निर्माणका लागि आग्रह गरे । उनले साहस ऊर्जाको प्रयासले आगामी दिनमा नि...
वडाध्यक्ष दीपक बर्माले चुनावमा गरेको वाचा पूरा गर्दै….

वडाध्यक्ष दीपक बर्माले चुनावमा गरेको वाचा पूरा गर्दै….

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ फागुन - नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ कारकाँदौं २०७९ सालको निर्वाचन जितेपछि वडा अध्यक्ष दीपक बर्माले छ कुने चौकदेखि दक्षिण गौरी शंकरटोल, लगदहवा हुँदै बाईपास सडकको २ किलोमीटर अस्फाल्ट शिलान्यास आजबाट कालोपत्रे भइ रहेको छ जानकारी वडा अध्यक्ष बर्माले गराउनुभयो ।यस भित्र लगदहवा गाउँ भित्र पक्की नाला समेत निर्माण भइ रहेको जानकारी गराउँदै वडाध्यक्ष बर्माले चालू आर्थिक बर्षमा सडक पुर्वाधार कार्यलाई तीव्रता दिनुका साथै अहिले वडा नं. १८ भित्र यो आर्थिक बर्षमा ११ वटा सडक कालोपत्रे, पीसीसी तथा आरसीसी नाला सहितको सडक निर्माण भइ रहेको जानकारी गराउनुका साथै केही दिनपछि थप १४ वटा सडकको निर्माण शुरु हुने बताउनु भयो ।...