Tuesday, June 30सत्यम खबर
Shadow

श्रम/रोजगार

नियमित खोप तथा कोभिड–१९ खोप बारे २३ वटै वडामा स्थलगत अनुगमन

नियमित खोप तथा कोभिड–१९ खोप बारे २३ वटै वडामा स्थलगत अनुगमन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ चैत – नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाको अगुवाईमा आज २३ वटै वडाहरुमा नियमित खोप तथा कोभिड–१९ को बुस्टर डोज बारे अनुगमन गरिएको छ ।अनुगमन कै क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ को शहरी स्वास्थ्य केन्द्रमा बालबालिकाहरु तथा ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य चौकीद्वारा प्रदान गरिने नियमित खोप तथा औषधिहरु सहज रुपमा उपलब्ध हुँदै आईरहेको पाईएको थियो भने कोभिड–१९ को बुस्टर डोज बारे हाल मुस्लिम धर्मावलम्बीहरु रोज (ब्रत) बस्ने गरेको हुँदा उनीहरुले खोप नलगाउने तथा ब्रत समाप्त भएपछि मात्र कोभिड–१९ को खोप लगाउने शहरी स्वास्थ्य केन्द्र प्रमुख केशव राज पौडेलले बताउनुभयो ।ज्येष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आईरहेको औषधिहरुमा केही समयदेखि कमी देखिएको जानकारी गराउँदै प्रमुख पौडेले भने– “ज्येष्ठ नागरिकहरुमा प्रायः सुगर र प्रेसरको समस्या देखिने भएको हुँदा विगतमा उक्त सम्ब...
चलचित्र बुलाकी´ नेपालगन्जमा च्यारिटी शो हुने

चलचित्र बुलाकी´ नेपालगन्जमा च्यारिटी शो हुने

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २१ चैत - छत्रेश्वरी म्यानेजमेन्ट प्रालिद्वारा निर्मित नेपाली भाषाको चलचित्रबुलाकी´ नेपालगन्जमा च्यारिटी शो हुने भएको छ । निल सागर सेवा आश्रमको सहयोगार्थ लागि बाँकेको नेपालगन्ज न्युरोड स्थित `क्यु एफ एक्स´ बागेश्वरी हलमा दुई दिने अथवा चैत्र २९ र ३० गते बिहान ८ बजे च्यारिटी शो हुने भएको छ । लक्ष्मण सुनारको निर्देशन गरेको फिल्म ‘बुलाकी´ अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ बैशाख १ गतेदेखि देशभर लाग्दै छ भने निल सागर सेवा आश्रमकाो सहयोगार्थका लागि २ दिन अगाडि नेपालगन्जमा लाग्ने भएको छ । चलचित्र शो गरि उठेको रकम आश्रमका लागि सहयोगार्थ हुने भएकोले चलचित्र प्रदर्शन गर्न लागेको आश्रमका उपाध्यक्ष नारायण सुवेदीले बताएका छन । उता आश्रमकी अध्यक्ष सरिता खनालले आश्रमका लागि केही सहयोग हुन्छ कि भनेर च्यारिटी शो गर्न लागेको बताउनु भयो । मन्दी छ ।...
वर्षा अगाडी नाला सफाईमा महानगरको चांसो

वर्षा अगाडी नाला सफाईमा महानगरको चांसो

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ चैत – भेरी प्राविधिक शिक्षालय भएर बग्ने नेपालगन्जको ठूलो नाला विभिन्न खाले फोहरको डंगुरले अस्तब्यस्त थियो । फोहर जाम भएर पानी नै बग्ने अवस्था थिएन । नालाको आधाभन्दा बढी भाग माटोले पुरिएर झाडी नै झाडीले भरिएको देखिन्थ्यो । माटोले पाटिएको र झाडीले झाङ्गिएको थियो । पानीको सहज निकासमा अवरोध थियो । तर, अहिले यो नालाको अन्तिम विन्दु (आउटलेट) बाट सरसफाई थालिएपछि आजभोलि ‘कलकल’ पानी बग्न थालेको छ । फागुन २६ गतेदेखिठूलो नालाको आउटलेटबाट सरसफाई थालिएको हो । बर्षेनी बर्खाको बेला डुबान हुने समस्याबाट मुक्ति पाउन नेपालगन्ज उपमहानगरपालिकाले नाला सफाईको कामलाई अहिले अभियान कै रुपमा अघि बढाएको छ । संघीय सरकारबाट आएको विज्ञ टोलीले गरेको स्थलगत अध्ययनपछि प्राप्त सुझावको आधारमा जेठ मसान्तसम्म नाला सफाई सक्ने गरी काम भइरहेको छ । यसअघि सामान्य रुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नाली सफाई गर्न...
बैंकको चर्को ब्याज लक्षित बृहत विरोध प्रदर्शन

बैंकको चर्को ब्याज लक्षित बृहत विरोध प्रदर्शन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २० चैत – बैंकको चर्को मिटर ब्याजलाई लक्षित गर्दै नेपालगन्जमा आज सोमबार राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठन बाँकेले बृहत विरोध ¥याली प्रदर्शन गरेको छ ।देशको आर्थिक अवस्था दैनिक रुपमा खस्कंदै गईरहेको तथा तस्करहरुले खुला सीमा नाकाको फाईदा उठाईरहेको हुँदा सरकारको आर्थिक नीति नै प्रभावकारी नभएको हुँदा हाल उद्योगी व्यवसायीहरु मारमा परिरहेको हुँदा सम्मानित प्रधानमन्त्री ज्यूलाई ५ बूँदा मागसहित जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत ज्ञापन पत्र बुझाईएको राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठन बाँकेका अध्यक्ष नन्दलाल वैश्यले बताउनुभयो ।यसैगरी, देशमा आम जनताहरुलाई सरकारद्वारा राहत दिनुको सट्टा बैंक तथा वित्तिय संस्थाहरुमार्फत आहत दिने तथा बढ्दो महंगीको कार्य व्यवहारले देशका व्यापारी, किसान, विद्यार्थी उपभोक्ताहरु समेतलाई आ–आफ्नो पेशा व्यवसायमा असर र मर्का परिरहेको हुँदा बाध्य...
“वार्षिक ललितकला प्रदर्शनी, इती वृतान्त”

“वार्षिक ललितकला प्रदर्शनी, इती वृतान्त”

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २० चैत्र – नेपालको ललितकला क्षेत्रका निमित्त लायन्स ईण्टर नेशनल अन्तरगत विशेष प्राथमिकतासहित स्थापित लायन्स क्लव अफ काठमाण्डौ फाईन आर्टस्द्वारा क्लवका तर्फको तेश्रो वार्षिक ललितकला प्रदर्शनी काठमाण्डौ आर्ट्स होटल, ठमेलमा विशेष कार्यक्रमका साथ समुद्घाटन भएको छ ।यहि चैत्र १७ गतेदेखि २३ गतेसम्म सुचारू रहने उक्त वार्षिक ललितकला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति नारदमणी हार्तम्छालीले पानसमा दियो बाली उद्घाटन गर्नु भएको छ ।उक्त प्रदर्शनीको उद्घाटन गर्दै कूलपति हर्तम्छालीले लायन्स क्लव अफ काठमाण्डौ फाईन आर्ट्सको हार्दिक प्रशंसा गर्नु भएको छ । वहाँले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नेपाल भरी छरिएर रहेका र सहि अर्थमा नेपालको ललितकला क्षेत्रको उन्नयनमा लागि परेका कुनै पनि संस्थाहरू र सम्बध्दकला प्रतिभाहरूको हित र भलाईका निमित्त कटिबध्द रहेको बताउनु भएको छ । “बर्तमान प...
ईट्टा उद्योगीहरुको समस्या समाधान गर्न ध्यानाकर्षण पत्र बुझाउँदै पालिकाहरुमा…..(फोटोफिचरसहित)

ईट्टा उद्योगीहरुको समस्या समाधान गर्न ध्यानाकर्षण पत्र बुझाउँदै पालिकाहरुमा…..(फोटोफिचरसहित)

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ चैत – आर्थिक मारको चपेटमा परेको देशमा कोरोनाकाल पछि केही मात्रामा फस्टाउन लागेको उद्योग केही दिन अगाडी मात्र परेको पानीले गर्दा करोडौ नोक्सानी भएको ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देवबहादुर ओलीको भनाई रहेको छ ।त्यसमाथि नेपाल सरकारको आर्थिक नीति यस्तो रहेको छ कि देश आत्म निर्भर रहेको ईट्टा उद्योगीहरु समेत पलायन हुने अवस्थामा पुग्न सक्ने अवस्थाको सृजना भएको हुँदा त्यसबाट निकासका लागि आज बाँकेबाट शुरु गरी देशभर स्थानीय सरकारलाई ध्यानाकर्षण गराईएको बताउनुभयो ।कोरोनाकाल पछि ईट्टा पकाउन प्रयोग हुने कोइलाको दाम समेत दोब्बरले बृद्धि भएको, त्यसमाथि बैंकको ब्याज समेत दोब्बरले बृद्धि हुँदा हामी त्यसै मार खेपीरहेको अवस्थामा हाल बाहिरबाट मानव स्वास्थ्यमा असर गर्ने खालको ईट्टा मगाएर सरकारी कामकाजमा प्रयोग भईरहेको जानकारी गराउँदै अब उप्रान्त त्यसो नगर्न स्थानीय सरकारलाई आज आईतबार ...
पत्रकारहरुलाई सम्मान गर्दै भवन निर्माण गर्ने क्षेत्रीय विधायक रामनिवास वर्माको प्रतिबद्धता

पत्रकारहरुलाई सम्मान गर्दै भवन निर्माण गर्ने क्षेत्रीय विधायक रामनिवास वर्माको प्रतिबद्धता

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ चैत – अभिनन्दन कार्यक्रममा क्षेत्रीय विधायकले सम्मेलनमा पत्रकारहरुलाई सम्मान गर्दै पत्रकार संघको भवन निर्माण गर्ने, छिट्टै पत्रकार चिन्ह लगाउने र ग्रामसभाको जग्गा बताइ दिने प्रतिबद्धता जनाएका छन् ।सीमाञ्चल पत्रकार संघले आयोजना गरेको अभिनन्दन कार्यक्रममा विधायक नानपाराले पत्रकारहरुको समस्यालाई निरन्तरता दिन आग्रह गरेका छन् । आईतबार श्री रामप्यारे इन्टर कलेजको प्रांगणमा सीमाञ्चल पत्रकार संघको ब्यानरमा आयोजित अभिनन्दन समारोहमा सञ्चारकर्मीहरुको भूमिकाका विषयमा बोल्दै नानपाराका विधायक रामनिवास वर्माले पत्रकार राष्ट्रको चौथो खम्बा भएको बताएका छन् ।जसले समय समयमा इलाका, समाजका गतिविधिबारे प्रशासनलाई जानकारी गराइ रहन्छन् । उनले उत्पीडित र पिडितको आवाज निडर भएर समाचारका माध्यमबाट उठाउन सबै पत्रकारलाई आग्रह गरेका थिए ।बाबागञ्ज चौकीका इन्चार्ज विजय चौधरीले पत्रकारले कुनै पनि समाचारको पु...
हिमालले जोडेको साइनो : संघर्षपछिको सफलता, कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत

हिमालले जोडेको साइनो : संघर्षपछिको सफलता, कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ चैत – कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले विश्वव्यापी सद्भावना दूत नियुक्त गरेको छ । वि विल राइज फाउण्डेशनद्वारा शनिबार आयोजित एक समारोहबीच ‘ग्रान सासो एण्ड मोन्टी देल्ला लागा नेशनल पार्क’का अध्यक्ष तमासो नभारोले आरोही शेर्पालाई सो सम्बन्धी पत्र हस्तान्तरण गरेका हुन् । शेर्पा फाउण्डेशनका समेत सदभावना दूत तथा सदस्य हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, के.पी. शर्मा ओली पत्नी राधिका शाक्य तथा बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामालगायतको उपस्थितिमा शेर्पालाई पत्र हस्तान्तरण गरिएको हो । दोलखास्थित रोल्वालिङ गाउँमा जन्मेका शेर्पाको आरोहण क्षेत्रमा उपलब्धि, योगदान र हिमालप्रतिको मायाको उच्च सम्मान स्वरूप उनलाई सद्भावना दूत नियुक्त गरिएको हो ।‘युरोपको ६०–७० प्रतिशत जैविक विविधताको खानीका रूपमा प्रसिद्ध ग्रान सासो ए...

पूरै गाउँपालिका अनुपस्थित, नरैनापुर गाउँपालिकामा सूचना अधिकारीको छड्के

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नरैनापुर, १७ चैत - बाँके नरैनापुर गाउँपालिकाका सूचना अधिकारीले आज गरेको अकस्मिक अनुगमनमा पूरै गाउँपालिका कर्मचारी अनुपस्थित पाइएका छन् ।आज शुक्रवार विहान ठिक १० बजे सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले गरेको अनुगमनमा प्रशासकीय अधिकृत देखि सबै शाखाका कर्मचारीहरु अनुपस्थित पाइएका हुन् ।लामो समयदेखि कर्मचारी नआउने, आएपनि सेवाग्राहीको काम नगर्ने गुनासो आइरहेकोले अनुगमन गरिएको हो, नेपालगन्ज न्युज संग कुरा गर्दै सूचना अधिकारी मिश्राले भने, यस विषयमा प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षको ध्यानाकर्षणका लागि जानकारी गराइएको छ ।विहान भएको अनुगमनमा स्वास्थ्य शाखा, कम्प्युटर शाखा र पञ्जीकरण शाखामा कार्यालय सहयोगी र फिल्ड सहायक भेटिएका छन् । त्यस बाहेक कृषि शाखा, पशु शाखा, शिक्षा शाखा, रोजगार शाखा, महिला तथा बालबालिका शाखा, न्यायिक समिति, योजना शाखा, लेखा शाखा, पूर्वाधार शाखा र जिन्सी शाखा बन्द अवस्था...
ब्रिनोजमा एक–अर्को पक्ष बीच आरोप–प्रत्यारोप, समस्या समाधान गर्न प्रशासनको ध्यान केन्द्रित हुनुपर्ने भनाई

ब्रिनोजमा एक–अर्को पक्ष बीच आरोप–प्रत्यारोप, समस्या समाधान गर्न प्रशासनको ध्यान केन्द्रित हुनुपर्ने भनाई

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ चैत – नेपालगन्जमा रहेको ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रमा दुईपक्ष बीच विवाद चर्कदै गएको छ । अस्पताल व्यवस्थापन समितिले संस्था दर्ता ऐन विपरित मनोमानी ढंगले अस्पताल सञ्चालन गर्दै आएको हुनाले विवाद अझै चर्किएको हो । विवाद चर्कदै गएपछि आईतवार अस्पतालमा सचेत नागरिक समाज बाँकेले तालाबन्दी गरेको तथा केही समय पश्चात खोलेको छ । लामो समय विवादित रहेको अस्पताल विरुद्ध आवश्यक छानविन गरि पाउँ भनि निवेदन समेत पर्दा अस्पताल व्यवस्थापन समित र प्रशासनले सुनवाई नगर्दा तालाबन्दि गर्न बाध्य भएको एक पक्षको भनाई रहेको छ ।नेपालमा एक नम्बरमा सेवा प्रदान गर्दै आईरहेको अस्पतालमा कुनै एक पक्षलाई आरोप लगाउनु उचित नभएको भन्दै दुबै पक्षको कमीकमजोरी रहेको नेपाल रेडक्रस सोसाईटी बाँकेका कार्यसमिति सदस्य तथा समाजसेवी अजिज कुमार शर्माले बताउनुभयो । सुरुवाती कालदेखी संस्थाको प्रमुख कार्यकारी पदमा कार्यरत...