Tuesday, June 30सत्यम खबर
Shadow

श्रम/रोजगार

वीरगन्जबाट तीन महिनामै ९ अर्बको भारतीय धान आयात

वीरगन्जबाट तीन महिनामै ९ अर्बको भारतीय धान आयात

आर्थिक, आस्था, प्रदेश २, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १८ फागुन – वीरगन्ज नाकाबाट यस वर्ष तीन महिनाको अवधिमा करिब ९ अर्ब रुपैयाँ बराबरको भारतीय धान आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार यस अवधिमा ८ अर्ब ८४ करोड २५ लाख ३३ हजार ७ सय १५ रुपैयाँ ११ पैसा बराबरको २ लाख ४७ हजार ४ सय २१ मेट्रिक टन भारतीय धान आयात गरिएको छ ।गत आर्थिक वर्षको यसै अवधिमा यस नाका हुँदै ५ अर्ब ३१ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ८२ हजार ९ सय ३१ मेट्रिक टन भारतीय धान आयात भएको थियो । तुलनात्मक रुपमा गत वर्षको तुलनामा यस वर्ष वीरगन्ज नाका हुँदै ६५ हजार मेट्रिक टन बढी भारतीय धान आयात भएको छ । यस वर्ष मंसिरको पहिलो साता देखि भारतीय धान भित्रिन थालेको हो ।भारतले नेपालतर्फ धान र चामलको निर्यात खुला गरेलगत्तै यो नाकाबाट धान चामल भित्रिन सुरु भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुडालले जानकारी दिए । उनले भारतले धान चामल ...
इथियोपियाद्वारा रंगशाला निर्माण गरिरहेको चिनियाँ कम्पनीसँगको सम्झौता रद्द

इथियोपियाद्वारा रंगशाला निर्माण गरिरहेको चिनियाँ कम्पनीसँगको सम्झौता रद्द

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ फागुन – अफ्रिकी मुलुक इथियोपियाले चिनियाँ निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको छ । इथियोपियाले राजधानी आदिस अबाबामा निर्माणधीन आदे अबाबा राष्ट्रिय रंगशालाको सम्झौता रद्द गरेको हो । दुई पक्षबीच रंगशाला निर्माणका लागि हुन आउने खर्चका बारेमा सहमति जुट्न नसकेपछि चिनियाँ कम्पनीसँग सम्झौता रद्द गरेको हो । इथियोपियाबाट प्रकाशित हुने इथियोआनेगरी अनलाइनले जनाएअनुसार मुलुकको सँस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयले चिनियाँ कम्पनी चाइना कन्स्ट्रक्सन एण्ड डिजाइन कर्पोरेसनसँगको सम्झौता रद्द गरेको हो । मन्त्रालयले उक्त कम्पनीलाई १२ अर्ब ५० करोड इथियोपियन बीर अर्थात् २३ करोड अमेरिकी डलरभन्दा धेरै तिर्न तयार भएपनि कम्पनीले १७ अर्ब बीर अर्थात् करिब ३१ करोड ६० लाख अमेरिकी डलरको माग गरेको जनाइएको छ । कम्पनीले माग गरेको रकम तिर्न नसकिने इथियोपियाका सँस्कृति एवम् खेलकुदमन्त्री केजेला मे...
१३० किलोमिटर लामो इन्डो–बंगला मैत्री पाइपलाइन फेब्रुअरीमा सञ्चालन हुने

१३० किलोमिटर लामो इन्डो–बंगला मैत्री पाइपलाइन फेब्रुअरीमा सञ्चालन हुने

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ फागुन – इन्डो-बंगला मैत्री पाइपलाइन भनेर चिनिने १३० किलोमिटर लामो अन्तर्राष्ट्रिय तेल पाइपलाइनले पश्चिम बंगालको सिलगुडीमा रहेको नुमालीगढ रिफाइनरी लिमिटेड मार्केटिङ टर्मिनलबाट पार्वतीपुरसम्म इन्धन लैजाने भएको छ। बंगलादेश पेट्रोलियम कर्पोरेशन (बीपीसी) को डिपो फेब्रुअरी सम्म सुरु हुने पनि बताइएको छ। यस परियोजनालाई सन् २०१७ मा सुरु गरिएको थियो। जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१७ मा बंगलादेशी समकक्षी शेख हसिनासँगको भेटमा वार्षिक १० लाख मेट्रिक टन (एमएमटीपीए) क्षमताको यो पाइपलाइनलाई वित्त पोषण गर्न सहमति जनाएका थिए। सेप्टेम्बर २०१८ मा आयोजित आईबीएफपीएलको औपचारिक उद्घाटन पछि गत वर्ष डिसेम्बर १२ मा सम्पन्न भयो। आईबीएफपीएल निर्माणको लागि कुल परियोजना लागत रु ३७७.०८ करोड छ। त्यसमध्ये एनआरएलको लगानी पाइपलाइनको भारतको भागको लागि ९१.८४ करोड रुपैयाँ रहेको छ भने बाँकी रु २८५...
लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा महिला उद्यमीले गरे १० लाख बढीको कारोबार

लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा महिला उद्यमीले गरे १० लाख बढीको कारोबार

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ फागुन – महिलाहरुलाई उद्यमगर्न प्रेरित गर्दै लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा सम्पन्न भएको छ । फागुनको ५ गतेदेखि नेपालगन्ज बागेश्वरी मन्दिर परिसरमा चलेको लुम्बिनीप्रदेश स्तरीय प्रदर्शनीमा महिला उद्यमीहरुले स्थानीय कच्चा पदार्थको प्रयोग गरी निर्माण गरेका सामाग्री, उत्पादन र वस्तुहरु प्रदर्शनीमा राखिएको थियो ।नेपालगन्जमा भएको प्रदर्शनीको सातौं संस्करणमा करिब १० लाख भन्दा बढिको कारोबार भएको आयोजक महिला उद्यमी संघ नेपालबाँके वरिष्ठ उपाध्यक्ष एवम् प्रदर्शनी संयोजक साबित्री बस्नेतले बताईन् ।प्रदर्शनीको अन्तिम दिन सानो पुजीबाट आफनो व्यवसाय सुरु गरेर सफलता हासिल गरेका तिन जना सफल महिला उद्यमीलाई सम्मान गरिएको थियो ।सम्मानित हुनेमा नेपालमा अल्लोको प्रवद्र्धनमा महत्वपुर्ण योगदान गरेकी प्रेम नि.श. अल्लो धागो तथा तयारी पोशाक उद्योग घोराही दाङकी सञ्चालक प्रेम कुमारी पुन, बुटिक व...
दार्चुलाको महाकालीमा भारतले बनाएकाे दुई पुल सञ्चालनमा

दार्चुलाको महाकालीमा भारतले बनाएकाे दुई पुल सञ्चालनमा

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ फागुन –दार्चुलाको महाकाली नदीमा नेपाल–भारत जोड्ने गरी थप दुईवटा झोलुङ्गे पुल सञ्चालनमा आएको छ । महाकालीमा तुइन विस्थापन कार्यक्रमअन्तर्गत निर्माणाधीन झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि पुल सञ्चालनमा आएको हो । झोलुङ्गे पुलको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढका जिल्ला अधिकारी रीना जोशीले बिहीबार उद्घाटन गरे । मालघाट र मालघट्टेमा झोलुङ्गे पुल निर्माण भएपछि तुइनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको व्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले बताए। “पुल निर्माणले व्यासीको वर्षौँदेखिको पीडामा केही मलम लागेको छ”, उनले भने , “यहाँका स्थानीय बजार आउजाउ गर्न सहज हुने भएको छ ।” यसअघि पुल निर्माणको सम्झौता भए पनि ठेकेदारले काममा ढिलाइ गरेका कारण समस्या भएको थियो । नेपाल–भारत जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएपछि दुवै देशका नागरिकलाई आवतजावतम...
महाकाली नदिमा नेपाल—भारत जोड्ने थप दुई पुल सञ्चालनमा

महाकाली नदिमा नेपाल—भारत जोड्ने थप दुई पुल सञ्चालनमा

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ फागुन – महाकाली नदिमा नेपाल भारत जोड्ने थप दुई पुल सञ्चालनमा आएका छन् । महाकालीमा तुइन विस्थापन कार्यक्रम अन्तर्गत निर्माणाधीन झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि पुल सञ्चालनमा ल्याइएको हो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा लिइएको तुइनमुक्त कार्यक्रमअन्तर्गत महाकाली नदीमा झोलुङ्गे पुल निर्माणले तिव्रता पाएको हो । झोलुङ्गे पुलको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढका जिल्ला अधिकारी रीना जोशीले व्यानर काटेर उद्घाटन गरेका छन् । मालघाट र मालघट्टेमा झोलुङ्गे पुल निर्माण भएपछि तुइनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिह धामीले बताए । ‘पुल निर्माणले व्यासीको वर्षौदेखिको पीडामा केही मह्लम लागेको छ,’ उनले भने, ‘स्थानीयले पुलमार्फत यात्रा गरे अब अकालमै ज्यान गुमाउनुपर्ने छैन ।’ यहाँका स्थानीय बजार आउजाउ गर्नमात्र...
दौरा–सुरुवालमा भारतका पूर्वसेनाध्यक्षहरू

दौरा–सुरुवालमा भारतका पूर्वसेनाध्यक्षहरू

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ८ फागुन – नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा मनाइएको सैनिक दिवसमा भाग लिन आएका भारतका चार पूर्वसेनाध्यक्षहरू शनिबार टुँडिखेलमा नेपाली पोशाक दौरा–सुरुवालमा देखिए ।भारतीय सेनाका अवकाशप्राप्त सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथीहरू विश्वनाथ शर्मा, दीपक कपुर र दलवीर सिंह शुक्रबार नेपाल आएका थिए । उनीहरु नेपाली पोशाखमा यसरी पहिलो पटक उत्रिएका हुन् । नेपाली सेनाले मानार्थ महारथीहरुलाई दौरा–सुरुवालमा उताएर नयाँ झल्को दिने कोसिस गरेको थियो । तर जोगिन्दर जसवन्त सिंहले भने सन् २००५/००६ मा नेपालको राजनीतिक उतारचढाबका कारण त्यस बेला मानार्थ महारथीको दर्ज्यानी चिह्न लाउन नेपाल आएनन् । सुरुआतमा ५ जना भारतीय सेनाध्यक्ष आउने भनिए पनि अन्त्यमा शनिबार बिहान आउने भनेका मानार्थ महारथी मनोजमुकुन्द नरवणे आएनन् । महाशिवरात्री तथा सेना दिवसमा आएका नेपालका मानार्थ महारथीहरुले ...
चीनका एक अर्बपति उद्योगी बेपत्ता

चीनका एक अर्बपति उद्योगी बेपत्ता

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ फागुन – चिनियाँ इन्भेस्टमेन्ट बैंक चाइना रिनासा०का अध्यक्ष तथा अर्बपति उद्योगी बेपत्ता भएको कम्पनीले शुक्रबार जनाएको छ । बैंकका कार्यकारी निर्देशकसमेत रहेका बाओ फान चिनियाँ प्रविधि उद्योग क्षेत्रका एक प्रमुख व्यक्ति हुन् । उनले विभिन्न घरेलु इन्टरनेट नेटवर्क स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्दै आएका थिए । चाइना रिनासाले हङकङ स्टक एक्सचेन्जलाई जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले बाओसँग सम्पर्क गर्न सकेको छैन ।’ उक्त वक्तव्यपछि कम्पनीको शेयर मूल्य ३० प्रतिशतसम्म घटेको छ ।वित्तीय समाचार संस्था काइक्सिनका अनुसार ५२ वर्षीय उनले कम्पनीका प्रमुख सम्झौता गर्ने र प्रशासन हेर्ने जिम्मेवारी रहेको थियो । उनी बिहीबार साँझदेखि सम्पर्कविहीन भएका छन् । चाइना रिनासासँग एएफपीले गरेको अनुरोधमा कम्पनीका कुनै अधिकारी यसबारे तत्काल थप प्रतिक्रिया दिन उपलब्ध हुन सकेनन् । सन्...
चीनको उच्च वृद्धिको युग समाप्त भएको हो ?

चीनको उच्च वृद्धिको युग समाप्त भएको हो ?

आर्थिक, आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ फागुन – सन् २००८–२००९ मा अधिकांश विश्व ठूलो आर्थिक मन्दीबाट गुज्रिरहँदा चिनियाँ अर्थतन्त्र भने खासै प्रभावित भएन । चीन ठूलो परिमाणमा सरकारी खर्च गरेर देशको अर्थतन्त्रलाई विश्वव्यापी आर्थिक संकटकबाट जोगाउन सफल भएको थियो । पछि चीनले बाँकी विश्वलाई नै मन्दीबाट निकाल्न सघाउ पुर्‍यायो । पछिल्लो समय, युक्रेनमाथिको रुसी आक्रमण र तीन वर्षदेखि चलिरहेको महामारीका कारण विश्व पुनः मन्दीको नजिक धकेलिरहँदा चीनले पहिलेजस्तै उद्धार गर्ने सम्भावना कम छ । गतवर्ष चीनको अर्थतन्त्र तीन प्रतिशतले मात्रै विस्तार भयो । यो वर्षको पहिलो तीन महिनामा पनि चीनको वृद्धि सुस्त रहने प्रक्षेपण छ । वर्षका दोस्रो भागमा भने अर्थतन्त्र बलियो गरी पुनरोत्थान हुने निक्केईले डिसेम्बरमा ३७ अर्थशास्त्रीमाझ गरेको सर्वेक्षणले देखाएको छ । तथापि सबैभन्दा आशावादी पुनरोत्थान परिदृश्यअनुरूप पनि देशले पहिलेकै जस्तो उच्च आर्थ...
भारतीय सेनाले सिरियाको अलेप्पोमा पुर्‍यायो सहायता सामग्री

भारतीय सेनाले सिरियाको अलेप्पोमा पुर्‍यायो सहायता सामग्री

आर्थिक, आस्था, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ फागुन –भारतीय सेनाले भूकम्प प्रभावित सिरियाको अलेप्पो सहरमा सहायता सामग्री पुर्‍याएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको शान्ति नियोग हतियाररहित पर्यवेक्षक बल (यूएनडीओएफ) मा तैनाथ भारतीय सुरक्षाकर्मीले सिरियाको अलेप्पो सहरमा सहायता सामग्री पुर्‍याएका हुन् । भारतीय सेनाले खाद्यान्न, औषधिसम्मिलित सहायता सामग्री अलेप्पो पुर्‍याएको भारतीय सेनाको जनसूचना निर्देशनालयले जनाएको छ । लामो समयदेखि गृहयुद्धको चपेटामा परेको सिरियामा भूकम्पले ठूलो विनाश निम्त्याएको बताइन्छ । भारत सरकारले भूकम्पबाट प्रभावित टर्की र सिरियामा ‘अपरेसन दोस्त’ का नामबाट सहायता सामग्री सहयोग गर्दै आएको छ । गत फेब्रुअरी ६ का दिन टर्की र सिरियामा गएको भूकम्पका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४६ हजार नाघिसकेको छ भने अरु हजारौँ घाइते भएका छन् ।...