Wednesday, July 1सत्यम खबर
Shadow

श्रम/रोजगार

महासंघ सदस्यता विवाद टुंगो लगाएर अधिवेशन गर्न प्रेस युनियनको मांग

महासंघ सदस्यता विवाद टुंगो लगाएर अधिवेशन गर्न प्रेस युनियनको मांग

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २७ चैत – नेपाल पत्रकार महासंघले सदस्यता विवाद टुंगो लगाएर मात्र अधिवेशन तथा साधारण सभा गर्न नेपाल प्रेस युनियन बाँकेले मांग गरेको छ ।पत्रकार महासंघको सदस्यता टुंगो नलगाई साधारण सभा तथा अधिवेशनसहितका कुनै पनि प्रक्रिया अगाडि नबढाउन महासंघ बाँके शाखासँग प्रेस युनियन बाँकेले आग्रह गरेको हो ।नेपाल पत्रकार महासंघले शुद्विकरण अभियानलाई थाँती राख्दै जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस युनियन बाँकेले महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीलाई ज्ञापन पत्र बुझाएको छ । युनियन बाँके शाखा अध्यक्ष प्रियास्मृति ढकाल, उपाध्यक्ष कमल खत्री र सचिव भिष्म लोधले मंगलबार महासंघ बाँके शाखा अध्यक्ष भण्डारीलाई बुझाएको ज्ञापन पत्रमा अधिवेशन घोषणा निर्णयबाट शुद्विकरण अभियान प्रभावित हुने प्रेस युनियनको ठहर रहेको छ ।प्रेस युनियन केन्द्रीय समितिक...
भारतीय सहयोगमा निर्माण हुने विद्यालय भवनको शिलान्यास, दिदिङ आविमा बन्नेछ चार करोडको भवन

भारतीय सहयोगमा निर्माण हुने विद्यालय भवनको शिलान्यास, दिदिङ आविमा बन्नेछ चार करोडको भवन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २७ चैत – भारत सरकारको सहयोगमा सङ्खुवासभाको चिचिला गाउँपालिका–३ स्थित दिदिङ आधारभूत विद्यालयको भवन निर्माण हुने भएको छ। भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाबाट निर्माण हुने विद्यालय भवनको भारतीय दूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले शिलान्यास गरेका छन्। नेपाल-भारत विकास सहकार्य अन्तर्गत ४ करोड करोड आर्थिक सहयोगमा दुई तले विद्यालय भवन बन्ने भएको हो। ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिनेछ,’ दूतावासले विज्ञप्तिमा भनेको छ। परियोजनाको कार्यान्वयन सङ्खुवासभाको चिचिला गाउँपालिकामार्फत हुनेछ। चिचिला गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रम...
भारतीय अनुदान सहयोगमा नेपालमा २१ वर्षमा ५५० उच्च प्रभाव सामुदायिक परियोजना, ४८८ परियोजना निर्माण सम्पन्न

भारतीय अनुदान सहयोगमा नेपालमा २१ वर्षमा ५५० उच्च प्रभाव सामुदायिक परियोजना, ४८८ परियोजना निर्माण सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काडमाण्डौ, २५ चैत – २१ वर्षमा भारतीय अनुदान सहयोगमा नेपालमा पाँच सय ५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढेका छन्। काठमाडौंस्थित भारतीय दूतावासका अनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएकामा ४ सय ८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा एउटा परियोजना खोटाङमा छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजनाका नामले परिचित यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो। भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको दूतावासले जनाएको छ...
चिनियाँ विकास बैंकले कृषिका लागि ऋण सहयोग दोब्बर बनायो

चिनियाँ विकास बैंकले कृषिका लागि ऋण सहयोग दोब्बर बनायो

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ चैत – चीनको प्रमुख नीतिगत बैंकको रुपमा रहेको चाइना विकास बैंक (सिडिबी) ले यस वर्ष देशभर कृषि विकास र संरक्षणका साथै उत्पादकत्व सुधारका लागि आर्थिक सहयोग बढाएर दोब्बर बनाएको छ । बैंकले यस वर्षको पहिलो चौमासिकमा कृषि क्षेत्रको विकासका लागि ३६ करोड ५० लाख अमेरिकी डलर बराबरको विशेष ऋण जारी गरेको छ । जुन ऋण एक वर्ष अघिको समान अवधिमा जारी गरिएको ऋण रकमको दोब्बर भन्दा बढी हो । खाद्य सुरक्षा तथा कृषि उत्पादनको सहज आपूर्तिलाई सुनिश्चित गर्न बैंकले हालका वर्षहरूमा चीनका प्रमुख १३ वटा अन्न उत्पादन क्षेत्रहरूमा उच्च-मानक सहितको खेतीको विकास र उन्नयनका लागि मध्यम र दीर्घकालीन वित्तीय सहयोग प्रदान गरेको छ । अर्को चरणमा, बैंकले ग्रामीण क्षेत्रमा पूर्वाधार र कृषि क्षेत्रमा विज्ञान–प्रविधि नवप्रवर्तन जस्ता प्रमुख क्षेत्रहरूमा समावेशी वित्तीय सहयोगलाई सुदृढ पार्ने योजना राखेको छ ।...
भारतमा मुद्रास्फीतिको जोखिम कायमै : ब्याजदर यथास्थितिमा रहने

भारतमा मुद्रास्फीतिको जोखिम कायमै : ब्याजदर यथास्थितिमा रहने

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ चैत – भारतमा मुद्रास्फीतिको जोखिम र बलियो आर्थिक वृद्धि दुवैको सम्भावना रहेको बताउँदै केन्द्रीय बैङ्कले शुक्रबार लगातार सातौँ पटक ब्याज दरमा कुनै परिवर्तन गरेको छैन । भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले आफ्नो महत्त्वपूर्ण ‘पुनः खरिद् सम्झौता (रिपो रेट)’ ६.५० प्रतिशत कायम रहने बताएको छ । विश्वका प्रमुख केन्द्रीय बैंकहरूले यस वर्ष ब्याजदर कटौतीको सङ्केत दिएका छन् । भारतमा मुद्रास्फीति घट्दो क्रममा छ, तर अझै पनि आरबीआईको चार प्रतिशतको लक्ष्यभन्दा माथि छ । सरकारले देशका विभिन्न भागमा गर्मी बढ्ने र यसले खाद्यान्नको मूल्य वृद्धि हुने चेतावनी समेत दिएको छ । बलियो आर्थिक वृद्धिले पनि दर कटौतीको तत्काल आवश्यकतालाई कम गरेको छ । उत्पादन क्षेत्रमा वृद्धि भएसँगै भारतको अर्थतन्त्र डिसेम्बरमा पूरा भएको त्रैमासिकमा ८.४ प्रतिशतको दरले वृद्धि भएको छ । यसले विश्लेषकहरूको स...
भारतले साढे तीन करोड लागतमा खोटाङमा बनाइदियो विद्यालय र छात्राबास भवन

भारतले साढे तीन करोड लागतमा खोटाङमा बनाइदियो विद्यालय र छात्राबास भवन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २३ चैत – भारत सरकारले ३ं करोड ६१ लाख सहयोगमा खोटाङ जिल्लाको रावा बेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय र छात्रावास भवन निर्माण गरिएको छ। 'नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत निर्माण भएको भवनको बिहीबार जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरे। ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग दुई तल्ले विद्यालय भवन, छात्रावास भवनको निर्माण र दुवै भवनका लागि आवश्यक फर्निचरको खरिदका लागि उपयोग गरिएको थियो । यो परियोजना जिल्ला समन्वय समिति, खोटाङमार्फत कार्यान्वयन गरिएको हो। भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजनाका नामले परिचित यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास पर...
चौतर्फी दवावपछि एसपी बोहरामाथि छानबिन, सत्यतथ्य बाहिर आउनेः एसपी बोहरा

चौतर्फी दवावपछि एसपी बोहरामाथि छानबिन, सत्यतथ्य बाहिर आउनेः एसपी बोहरा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले आफ्नो फेसबुक पेजमा शुक्रबार पोष्ट गर्दै एसपी बोहरामाथि छानविन गर्न प्रहरी वरीष्ठ उपरीक्षक रमेश कुमार बस्नेतको अध्यक्षतामा छानबिन समिति गठन गरिएको जनाएको छ ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयको फेसबुक पेजमा ‘यस लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक सुवाश चन्द्र बोहोरा लगायत अन्य प्रहरी कर्मचारीहरुको बारेमा स्थानीय सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन भएका समाचार र विभिन्न टिकाटप्पणीहरुका सम्बन्धमा यस कार्यालयको विशेष ध्यानाकर्षण भएको छ’ उल्लेख गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति पत्रकारका संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।नेपाल पत्रकार महासंघ...
भारतको औषधि कम्पनीमा विस्फोट, पाँच जनाको मृत्यु

भारतको औषधि कम्पनीमा विस्फोट, पाँच जनाको मृत्यु

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ चैत – दक्षिणी भारतीय राज्य तेलङ्गनाको एक औषधि कम्पनीमा बिस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको बिहीबार प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तेलङ्गना राज्यको सङ्गारेड्डी जिल्ला चन्दापुर गाउँस्थित कम्पनीभित्र बुधबार साँझ बिस्फोट भएको थियो । बुधबार साँझ चन्दापुर गाउँको औषधि कम्पनी एसबी अर्गानिक्स प्राइभेट लिमिटेडमा बिस्फोट भई आगलागी हुँदा औषधि कम्पनीका सह–निर्देशक सहित पाँच जना कर्मचारीको मृत्यु भएको तथा अन्य १६ जना घाइते भएको प्रहरी अधिकारीले बताएका छन् । घटनापछि आगलागी नियन्त्रणमा लिन अग्नि नियन्त्रक र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए भने घाइतेहरूलाई अस्पताल पुर्‍याइएको थियो । प्रारम्भिक अनुसन्धानले कारखानाभित्रको केमिकल रिएक्टर बिस्फोट भई आगलागी भएको अनुमान गरिएको छ । प्रहरीका अनुसार बिस्फोटको प्रभावले औद्योगिक परिसरको एउटा भवन...
ब्राजिलियामा भएको जी२० बैठकमा भारतद्वारा डीपीआई-सक्षम राष्ट्रिय कार्यक्रमहरूमा जोड

ब्राजिलियामा भएको जी२० बैठकमा भारतद्वारा डीपीआई-सक्षम राष्ट्रिय कार्यक्रमहरूमा जोड

आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २० चैत – ब्राजिलियामा मार्च २८ र १९ मा भएको जी२० विकास कार्य समूह बैठकमा भारतका तर्फबाट अभय ठाकुरले सहभागिता जनाएका छन्। बैठकमा उनले ग्रामीण विकास, सामाजिक कल्याण, महिला सशक्तिकरण, शिक्षा, र स्वास्थ्य सेवा सहित विभिन्न क्षेत्रहरूमा डीपीआई- सक्षम राष्ट्रिय कार्यक्रमहरूको भारतको सफल उपयोगलाई जोड दिएका छन्। सामाजिक सञ्‍जाल प्लेटफर्क एक्सको एक पोष्टमा भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जैसवालले भने, 'ओएसडी (जी२०) अभय ठाकुरले मार्च १८-१९ मा ब्राजिलियामा जी२० विकास कार्य समूहको बैठकमा भाग लिए। जसमा उनले असमानता विरुद्ध लड्ने प्राथमिकतालाई समर्थन गर्दै, उनले ग्रामीण विकास, सामाजिक कल्याण, महिला, शिक्षा र स्वास्थ्यका क्षेत्रमा भारतको सफल डीपीआई-सक्षम राष्ट्रिय कार्यक्रमहरू जोड दिएका छन्।' यसअघि फेब्रुअरीमा, केन्द्रीय विदेश र संसदीय मामिला राज्यमन्त्री वी मुरली...
४२औँ कोर सशस्त्र सीमा बल समन्वय गोष्ठी आयोजना

४२औँ कोर सशस्त्र सीमा बल समन्वय गोष्ठी आयोजना

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २० चैत – ४२ औं कोर एससीबी आगामी लोकसभा निर्वाचन–२०२४ को सन्दर्भमा छिमेकी राष्ट्र नेपालसँग सञ्चार योजना र अन्य आवश्यक सुरक्षा व्यवस्थाका लागि अन्तर्राष्ट्रिय समन्वय गोष्ठीको आयोजनामा एकीकृत जाँच चौकी रुपिधामा अन्तर्राष्ट्रिय समन्वय गोष्ठी आयोजना गरिएको छ ।भारत र नेपालबीच हुने आगामी लोकसभा निर्वाचनलाई ध्यानमा राख्दै नेपाल भारत सीमामा रहेको एकीकृत जाँच चौकी रुपैडिहा अन्तर्राष्ट्रिय समन्वय गोष्ठी आयोजना गरिएको हो । जसमा श्री के.एस. प्रतापकुमार (आईपीएस) अतिरिक्त महानिदेशक प्रहरी गोरखपुर जोन, गोरखपुर, श्री योगेश्वर राम मिश्र (आईपीएस), आयुक्त देवीपाटन, श्री अमरेन्द्रप्रसाद सिंह (आईपीएस), प्रहरी उपायुक्त– महानिरीक्षक, गोंडा, श्री जितेन्द्रदेव वशिष्ठ, उप महानिरीक्षक, सशस्त्र सीमा बल, लखीमपुर खेरी, जिल्ला मजिस्ट्रेट र पुलिस अधीक्षक जिल्ला बहराइच, श्रावस्ती, पिलिभीत, बलरामपुर, लखीमप...