जिर्ण अवस्थामा रहेको रामजानकी मन्दिरको पुनर्निर्माण शुरु
डुडुवा, २१ श्रावण– बाँके डुडुवा गाउँपालिका वार्ड नं. २ उचुवा बाबा कुटीस्थित जिर्ण अवस्थामा रहेको रामजानकी मन्दिरको पुनर्निर्माण तथा मर्मत सम्भारको कार्य शुरु गरिएको छ । करिब डेढसय वर्ष पुरानो ऐतिहासिक मन्दिरको समयमा भौतिक संरचनालाई मर्मत नगरिएपछि जिर्ण अवस्थामा भत्किएको छ । गाउँपालिकाभित्र रहेको ऐतिहासिक मन्दिरलाई धार्मिक तथा पर्यटन क्षेत्रमा टेवा पुग्ने उद्देश्यले सो मन्दिरको पुनर्निर्माण शुरु गरिएको हो । बुधबार मध्यान्हको समय शुभमुर्हुतमा सो मन्दिर भवनको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गर्नुभयो । उहाँले मन्दिरको शिलान्यास गर्दै गाउँपालिका भित्र थुप्रै धार्मिक मठ मन्दिर, मस्जिदहरु रहेकाले केही ऐतिहासिक पुराना संरचनाहरुलाई पुनर्निर्माण तथा मर्मत सम्भार गर्न स्थानीय सरकारको जिम्मेवारी अनुरुप पुर्ननिमार्णको कार्य शुरु गरिएको बताउनुभयो । अध्यक्ष चौधरीले यस्ता धार्मिक केन्द...









