Tuesday, October 22सत्यम खबर
Shadow

क्वारेन्टाईनमा महिलासँग अभद्र व्यवहार गर्ने कर्मचारी माथि तत्काल कार्यवाहीको माग

नेपालगन्ज, १७ श्रावण– बिश्वमा फैलिएको कोभिड–१९ को महामारीले हामी सबैलाई दुखित तुल्याएको कुरा सर्बबिदितै छ । त्यसै सन्दर्भमा यस बाँके जिल्लामा दिन प्रतिदिन कोभिड–१९ का बिरामी बढदै गईरहेको ले हामी नेपालीलाई झन चिन्तीत बनाएको छ । महिला माथिका हिंसा तथा घटनाहरु पनि बढी भएको देखिन्छ । बाँके जिल्लामा हालै थप २७ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तो महामारीमा सामाजिक दुरी र नेपाल सरकारको नियम अनुसार माक्स नलगाउने प्राय सबै ठाउँमा भिडभाड र सामुहिक भेला जस्तो अवस्था जताततै हेर्न सकिन्छ । पासको नाममा झन भारतबाट प्रवेश संख्या बढदो छ भनी महिला अधिकार मञ्च बाँकेले प्रेस विज्ञप्ती मार्फत विरोध जनाएको छ ।
विज्ञप्तीमा एकातिर हामी नेपालीहरु कोभिड–१९ चपेटबाट गुज्रिरहेको अवस्था छ भने अर्काे तिर बाँके प्रशासनद्धारा थप पिडा दिने कार्य भईरहेको छ । १४ दिने क्वारेटिनको नाममा महिला तथा बालबालिकाहरु माथि अमानवीय ब्यवहार गरेको देखिन्छ । एकातिर सम्बन्धीत निकायले धमाधम पास बनाउँदै भारतबाट आउन र जान छुट दिएको देखिन्छ भने अर्काे तिर बडर क्षेत्रबाट आमनागरिकलाई समाती क्वारेटाईनमा राख्ने कार्य भई रहेको देखिन्छ । जसमा महिला र बालबालिकाहरु बढी पिडामा रहेका छन् भनी उल्लेख गरिएको छ ।
विज्ञप्तीमा बहुमुखि क्याम्पस क्वारेन्टाईनमा राखिएका मानिसहरुलाई क्वारेन्टाईनको समयावधी नपुग्दै राजनैतिक पे्रशरमा छोडिने कार्य बारम्बार भईरहेको छ । पहँुचवालाहरुलाई १,२,३,४,५,६,७,८ दिन सम्ममा कहिले पुर्व सांसदको जिम्मामा छोडने, कहिले वडा अध्यक्षको जिम्मामा त कहिले ब्यक्ति बिशेषको फोनको भरमा छोडने कार्य निरन्तर जारी छ भने पहँुच नभएका महिला र बालबालिकाहरु माथि अभद्र ब्यवहार गर्नु, पोसिलो खाना नदिनु, बिरामी बच्चाको औषधी उपचार नगराउनु, पिटने धम्की दिने, महिलाहरु राती सुतेको अवस्थामा बाहिर चुक्ककुल लगाउनु, शौचालय जान्छु ढोका खोल्नुस भन्दा जान नदिने, थर्काउने, क्वारेन्टीन ब्यवस्थापनमा खटिएका कर्मचारीबाट मादक पदार्थ सेविन गरि अबेर राती सुतिरहेका महिलाहरुको कोठामा लुकीछीपी हेर्ने र अपशब्द प्रयोग गर्ने जस्ता कार्य भईरहेकाले क्वारेन्टीनमा रहेका महिला तथा बालबालिकाहरुले आफुलाई असुरक्षित महसुस गरिरहेको अवस्थालाई मध्यनजर गर्दै यस्तो संवेदनशिल अवस्थामा सम्बन्धीत निकायका कर्मचारीबाट भईरहेको महिलाहिंसाको घटनामा हामी महिला अधिकार मञ्चले घोर आपत्ति तथा बिरोध गर्दछौ । समयमा हाम्रो मांग पुरा भएन भने हामी कडा आन्दोलन गर्ने चेतावनी दिएको उल्लेख गरिएको छ ।
महिला अधिकार मञ्च बाँकेद्वारा जारी विज्ञप्तीमा महिलामैत्री सुरक्षित सुब्यवस्थित क्वारेन्टाईनको यथासिघ्र ब्यवस्था गरियोस ।, क्वारेन्टीनमा रहेका र हुने महिला तथा बालबालिकाहरुको छिटो भन्दा छिटो कोभिड–१९ चेकजांच गरियोस ।, महिला अधिकार मञ्चका टोलीले बहुमुखि क्याम्पस क्वारेन्टाईनमा रहेका महिलाहरु संग भेटन खोज्दा र कुरा गर्न खोज्दा मोबाईल समेत खोस्न कोसिस गर्ने र अभद्र ब्यवहार गर्ने कर्मचारी सई निमबहादुर बस्नेत तथा स्वास्थ्य शाखाबाट खटिएका जगेश्वरलाई तत्काल कार्यबाही गरियोस भनी महिला अधिकार मञ्चकी केन्द्रिय सदस्य सुमित्रा गुरतालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *