Tuesday, October 22सत्यम खबर
Shadow

प्रमुख राणा र वडा सदस्य अधिकारीको शहमा घर नतोडेको आरोप, ‘समाजमा आफ्नो स्वार्थ मात्र देख्ने व्यक्तिलाई सामाजिक बाहिष्कार गर्नुपर्दछ’ वडाबासी

नेपालगन्ज, १६ श्रावण – आर्थिक ०७५/०७६ बाट नेपालगन्ज उपमहानगरपालिका तथा एडिबि बिच नेपालगन्जको सडक निर्माण गर्ने सहमति भए अनुसार निर्माण कार्य शुरु गरी विवादित स्थानमा निर्माण कार्य रोकी अन्य सबै स्थानमा निर्माण कार्य सम्पन्न गरिएको थियो । तर अब आर्थिक वर्ष ०७७/०७८ मा पुनः विवादित स्थानमा विवादको समाधान नगरी निर्माण कार्य गर्दा पुनः विवाद उत्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को फुल्टेक्रा चोकमा रहेको विवादले चरम रुप लिएको छ । दुई दिन अगाडी एडिबिले पुनः नाली र बाटो निर्माणको लागि बाटो खन्ने अवस्थामा उक्त विवाद उत्पन्न भएको छ ।
स्थानीयबासीहरुको भनाई अनुसार विगतमा बाटो बनाउने बेलामा हजारौं घर तोडफोड भईसकेको तथा फुल्टेक्रा चौराहमा रहेको नारायण बर्मा, सन्तोष सोनी र विपिन रेग्मीको घर नतोडी मापदण्ड विपरित कार्य कार्य गरेको हुँदा हामीले विरोध गरेको बताउँछन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ फुल्टेक्रको चोकमा मापदण्ड अनुसार २२ मिटर हुनुपर्नेमा सो अनुसार नगरे कै कारण स्थानियबासी उपमहानगरपालिका माथि गुनासो गर्न थालेका छन् । एडिबिले बाटो निर्माण गर्ने क्रममा दुबै साईडमा ११÷११ मिटरको बाटो हुनुपर्ने, सो नगरी ९–१० मिटरमा मात्र बाटो निर्माण गर्न थालेपछि यसखाले विवाद उत्पन्न भएको स्थानीयहरुले बताउँछन् ।
यस विषयमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणालाई टेलिफोन सम्पर्क गर्दा उहाँले भन्नुभयो– ‘म अहिले काठमाण्डौमा छु, ३ दिनपछि आउनेछु र वडाअध्यक्ष लगायत सम्बन्धित व्यक्तिहरुसित छलफल गर्नेछु’ बताउनुभयो । वडाबासीहरुको आरोप छ विगतमा यसबारे नगर प्रमुख र उपप्रमुखको उपस्थितिमा उपमहानगरपालिका कार्यालय भित्र पटक–पटक छलफल भईसकेको र नारायण बर्माले सहमति जनाएका थिए, मेरो छोराको विवाह पछि म घर तोड्ने छु भनी तर सहमति र मापदण्ड अनुसार बर्माले घर तोडेनन् ।
विगतमा सञ्चार माध्यममा सार्वजनिक भनाई अनुसार नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न ठाउँहरुमा सडकहरु बन्ने क्रम जारी छ र सडक चौडा गर्ने मुख्य प्राथमिकता रहेको एवम् अहिले बन्ने सडक राम्रो क्वालिटिको तथा लामो समयसम्म टिक्ने सडक बनाउने र सडक चौडा हुने गरी सहमति भएसम्म सडक चौडा नै बनाउने नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरको भनाई रहेको थियो ।
उपमहानगरपालिका उपप्रमुखको भनाई अनुसार “हामीले ठेक्का दिइसकेको अवस्थामा विभिन्न ठाउँमा यसखाले गुनासोहरु आउने क्रम जारी रहेपनि हामीले बेलाबेला त्यसको समाधान गर्ने गरेका छौं, कही कतै समस्या भएपनि अलि समय लाग्ने भएपनि समाधान हुनेछ,”– भन्ने भनाई राखिन् । तर वर्तमानमा यसबारे उपप्रमुखलाई टेलिफोनमार्फत जानकारी लिन खोज्दा उहाँले भन्नुभयो– ‘त्यस विषयमा मलाई केही जानकारी छैन, म जानकारी गरेर भन्ने छु’ यो कहाँ सम्म जायज तर्क हो भन्ने मूल्यांकन स्वयं आम जनमानसले गर्नुपर्ने देखिन्छ ।
त्यसैगरी, विगतमा सञ्चार माध्यममा सार्वजनिक भनाई अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्राका वडाअध्यक्ष समिरप्रताप सिंहले– “फुल्टेक्रामा भएको सडक समस्या बारे सम्बन्धित ठाउँमा जानकारी गराई सकेका छौं, हामीले बनाउने सडक मापदण्ड अनुसार नै बनाउने छौं, आवश्यक परे ईन्जिनियर मार्फत मापदण्ड अनुसार नक्सांकन गरी समस्या समाधान तिर जानेछौं, कतिकतै समस्या भए सो समाधान तिर हामीले पहल गर्नेछौं” भन्ने भनाई राखेका थिए तर वर्तमान अवस्थामा समेत उक्त विवाद समाधान नभएपछि विवादित व्यक्तिहरुको सम्पूर्ण सरकारी सेवा बन्द गर्नेतिर पहल गर्ने बताउँछन् । वडा अध्यक्ष सिंहले भने– ‘हामीले आजै वडाबाट उपमहानगरपालिकालाई पत्र लेखेर विवादित व्यक्तिहरुको खानेपानी लाईन, बिद्युत लाईन, टेलिफोन लाईन लगायत सरकारबाट प्राप्त सरकारी सेवा सुविधा बन्द गराउने तिर पहल गर्ने छौं ।’
विगतमा एडिबि ईन्जिनियर शैलेन्द्र महर्जनले– “हामीले मापदण्ड अनुसार बनाउने गरेका छौं, कहि कतै केही समस्या भए सम्बन्धित वडाका प्रतिनिधिहरु मार्फत समाधान गर्नेतर्फ लागेका छौं, हामीले मापदण्ड बाहिर गएर काम गर्ने छैनौं” भन्ने तर्क राखेका थिए तर वर्तमान अवस्थामा सम्बन्धित कार्य अब कन्सल्टेन्टले गर्ने भएको हुँदा यसबारे सम्पूर्ण जानकारी ९८५११८१३४० बाट लिनुस् भन्नुभयो । तर यस मो.नं. मा सम्पर्क गर्दा उहाँ समेत उम्किन खोज्नु भयो । उहाँको भनाई अनुसार सरमा एउटा काममा छु, यसबारे वडाअध्यक्ष समिरसिंहलाई सबै जानकारी छ, म हजुरलाई आधा घण्टा पछि सम्पर्क गर्ने छु तर पछि फोन आएन ।
यसैगरी, वडाबासीहरुको आरोप छ, नारायण बर्मा नगर प्रमुख राणाको र विपित रेग्मी वडा सदस्य सावित्री शर्मा अधिकारीको शाहले मापदण्ड अनुसार घर नतोडेको बताउँछन् । त्यसको लागि आवश्यक परे हामी हस्ताक्षर संकलन अभियान नै सञ्चालन गर्नेछौं, कसैलाई काँखा, कसैलाई पाखा गर्नु कदापित राम्रो कार्य होइन, कानुन सबैको लागि एउटै हुन्छ, यस नगरभित्र हजारौं–हजार घर तोडफोड हुँदा त्यसो नगरेको अवस्थामा मेयर र अधिकारीले दुईजनाको लागि मात्र फुल्टेक्रा चौराहलाई कुरुप र साँग्रो बनाउन पाउने छैनन् । यस विषयमा जिल्ला प्रशासन कार्यालयले समयमा ध्यान केन्द्रित गर्न जरुरी देखिन्छ भने समाजमा आफ्नो स्वार्थ मात्र देख्ने व्यक्तिलाई सामाजिक बाहिष्कार समेत गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *