Sunday, July 26सत्यम खबर
Shadow

शिक्षा/स्वास्थ्य

आज २६ थपिएसँगै बाँकेमा संक्रमित संख्या ६५७

आज २६ थपिएसँगै बाँकेमा संक्रमित संख्या ६५७

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २७ श्रावण– बाँकेमा मंगलवार बिहान ११ बजेसम्म थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले आफ्नो फेसबुक स्टाटसमा भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २६ जनामा संक्रमण देखिएको लेखाका छन् । योसँगै बाँकेमा संक्रमितको संख्या ६ सय ५७ पुगेको छ । तीमध्ये चार सय पाँचजना उपचारपछि घर फर्किसकेका छन् । बाँकेमा कोरानाबाट दुई महिलासहित तीन जनाको मृत्यु भएको छ ।...
रेडक्रम सोसाइटीद्धारा स्वास्थ्य सामाग्री प्रदान

रेडक्रम सोसाइटीद्धारा स्वास्थ्य सामाग्री प्रदान

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
तिर्थराज ज्ञवालीमसुरीया (देउखुरी दाङ), २६ श्रावण– नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा दाङले राप्ती गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।कोभिड १९ को जोखीमबाट नागरिकलाई सुरक्षित राख्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नेपाल रेडक्रम सोसाइटीद्वारा स्वास्थ्य सामाग्री उपलब्ध गराईएको राप्ती गाउँपालिका विपद् फोकल पर्सन सुवास भट्टाईले जानकारी दिनु भएको छ ।विभिन्न पालिकाहरुमा जस्तै यस राप्ती गाउँपालिकाको कोरना भाईरसको संक्रमण न्युनिकरण अभियानलाई तिब्रताका साथ अघि बढाउने अभियानमा सहयोग पु¥याउने उद्देश्यका साथ स्वास्थ्य सामाग्री प्रदान गरेको सभापति नारायण आचार्यले जानकारी दिनु भएको छ ।कोभिड–१९ को जोखीमबाट नागरिकलाई सुरक्षित राख्न सन्देश मुलक फेलेक्स ब्यानर, डस्टविन, ट्वाईलेट ब्रुस, हर्पीक, फिनाईल, ओडोनिल, हाईड्रोक्लोराईड, सेनिटाईजर, सर्जिकल मास्क,सर्जिकल ग्लोब्स, मेडिकल झुल, मस्कीटो लीक्युड ...
कार्यपालिकाको प्रथम बैठक विगतको अवस्थामा सुधार ल्याउँदै जाने निर्णय

कार्यपालिकाको प्रथम बैठक विगतको अवस्थामा सुधार ल्याउँदै जाने निर्णय

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
तिर्थराज ज्ञवालीमसुरीया (देउखुरी दाङ), २६ श्रावण– राप्ती गाउँपालिकाको यस आर्थिक वर्ष २०७७÷०७८ को पहिलो कार्यपालिका बैठकले गत वर्षमा भए गरेका कमि कमजोरीलाई अगामी दिनमा नहुने गरि काम कार्वाही गर्न कार्यालयलाई निर्देशन गरेको छ ।गत जिल्ला समन्वय समितिको चौथो सभामा दाङ जिल्लाका पालिकाहरु बिच भएको कार्यसम्पादन प्रक्रियाबाट दोस्रो स्थानमा आएकोमा आगामी दिनमा थप कार्यजोसका साथ नागरिकको सेवामा समर्पित भएर कार्य सम्पादन गर्ने सम्वन्धमा छलफल गरिएको छ ।राप्ती गाउँपालिका गाउँकार्यपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यपालिका बैठकले गत वर्षको पुरक बजेट पारित गर्ने निर्णय गर्दै थप ६ प्रस्तावमा छलफल गरि निर्णय गरेको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनु भएको छ ।बैठकमा प्रस्तावहरुका विषयमा प्रस्टाउँदै सदस्य सचिव तथा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले राप्ती गाउँपालिकाकोे बातावरण तथा प...
अाईतबार ३० प्रहरीसहित ४६ जना संक्रमित

अाईतबार ३० प्रहरीसहित ४६ जना संक्रमित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बाँकेमा काेभिड-19 का संक्रमितहरूकाे संख्या दैनिक थपिदै गएकाे छ । बाँकेमा अाईतबार ४६ जनामा काेराेना पाेजेटिभ पुष्टि भएकाे छ ।भेरी अस्पताल नेपालगन्जमा गरिएकाे पिसिअार परिक्षणमा थप ४६ जना पुष्टि भएका छन् । बाँके जिल्ला प्रमुख रामबहादुर कुरूम्वाङले फेसबुकमा दिएकाे जानकारी अनुसार त्यसकाे पुष्टि गरिएकाे छ । जस मध्ये धेरै संख्या प्रहरी कै रहेकाे छ ।अाईतबार थप भएका संक्रमितसहित बाँकेमा जम्मा ६ सय १५ पुगेकाे जिल्ला स्वाथ्य कार्यालय बाँकेका फाेकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयाे ।...
कस्तो देखियो सील एरिया, क–कसले पाए छुट ! (तस्विरबाट केही झलकहरु)

कस्तो देखियो सील एरिया, क–कसले पाए छुट ! (तस्विरबाट केही झलकहरु)

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ श्रावण– कोरोनाको कहर बढेसँगै नेपालगन्ज एरियालाई पूर्ण रुपमा सिल गरिएको छ । नेपालगन्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढेपछि नेपालगन्जमा चार किल्ला तोकिएर सिल गरिएको छ । नेपालगन्जको त्रिभुवन चौकमा रहेका सुरक्षाकर्मीहरुले भेरी अस्पताल जाने बिरामी, सरकारी कर्मचारी, सञ्चारकर्मी तथा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पास प्राप्त व्यक्ति बाहेक कसैले आवत–जावत गर्न छुट नरहेको बताउँछन् । त्यसैगरी, अन्य स्थानमा पुष्पलाल चौक, फुल्टेक्रा चौराह, त्रिवेणीमोड, गणेशमान चौक, बाँके गाउँमा, ब्यारेक क्षेत्र लगायतका स्थानमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिएको थियो ।नेपालगन्जको सुर्खेतरोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपल चौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुर्वा चोकसम्म र नहरपुर्वा चोकदे...
‘म पनि अछुतो रहन सकी न’ सांसद कृष्णा केसी

‘म पनि अछुतो रहन सकी न’ सांसद कृष्णा केसी

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ श्रावण– प्रदेश ५ की सांसद कृष्णा केसी ‘नमूना’ कोरोना संक्रमित देखिएकी छन् । बाँकेबाट प्रदेशसभामा सदस्य भएकी उनमा पीसीआर परीक्षणका क्रममा शनिबार कोरोना पोजेटिभ देखिएको छ ।सांसद केसीले आफू कोरोना पोजेटिभ भएको र आफूसँग सम्पर्कमा आएकालाई परीक्षण गर्दै सचेत हुन सामाजिक सञ्जाल फेसबुकबाट आह्वान समेत गरेकी छन् । निर्वाचन क्षेत्रमा कोरोनाविरूद्ध काम गरिरहँदा संक्रमित भएको हुन सक्ने उनले बताएकी छन् ।सांसद के.सी.ले ‘बिश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट म पनि अछुतो रहन सकी न । पि.सि.आर. जाँचबाट पोजेटिभ रिपोर्ट आएकोले एक हप्ता यता मेरो नजिक कनट्याक्टमा रहनु भएका सम्पूर्णलाई सेल्फ आइसुलेट तथा पि.सि.आर. जाँच गराउनुहुन अनुरोध गर्दछु ।’ भनी सामाजिक सञ्चाल फेसबुक मार्फत सबैलाई जनाएकी छन् ।झन्डै ५ हजार संक्रमित भएको प्रदेश ५ मा भीआईपीलाई संक्रमण देखिएको पहिलो हो । यसअघि स्थानीय ...
पौष्टिक खाना अभियानमार्फत ३९ दिनमा १० हजार बढिलाई खाना बितरण

पौष्टिक खाना अभियानमार्फत ३९ दिनमा १० हजार बढिलाई खाना बितरण

आर्थिक, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ श्रावण- माइती नेपालले सञ्चालन गरेको खाना बितरण अभियान कोहलपुरमा जारी छ । अभियानकै क्रममा शनिबार कोहलपुर नगरपालिका वडा.नं.१४ को तीन गाउँ केन्द्रीत संचालन गरिएको छ ।वडाको ठारा गाँउ, प्रेमपुर र तमोलिपुर लक्षित गरि शनिबारदेखि सञ्चालन भएको खाना बितरण अभियानलाई स्थानीय बिद्यालयका अध्यक्ष लगायत उद्घाटन गर्नुभएको छ ।आर्थिक अवस्था कमजोर, बन्दाबन्दीका समयमा आर्थिक जोहो गर्न असमर्थ भएकाहरुलाई लक्षित गरिएको अभियानलाई श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय ढोलपुर्वाका अध्यक्ष अध्यक्ष गुरु शरण खटिक, सोही बिद्यालयका प्रधानाध्यापक सीसराम यादव र स्वयंम सेविका कुष्मा खटिकले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।सो क्रममा उहाँहरुले आफुहरुको गाउँमा आएर यसरी एक छाक भएपनि तयार खाना बितरण कार्यक्रमले स्थानीयलाई राहत पुग्ने बताउनुभयो । उहाँले मानिसलाई हुँदासम्म एक सिता चामलको महत्व नभएपनि समस्या परेपछि त्...
सांसद राईद्वारा स्वास्थ्य सामाग्री प्रदान

सांसद राईद्वारा स्वास्थ्य सामाग्री प्रदान

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ श्रावण– बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद इस्तियाक राईले बाँकेका सुरक्षा निकायलाई मास्क र थर्मल गन उपलब्ध गराउनु भएको छ । पूर्वमन्त्री समेत रहेका संघीय सांसद राईले महाविपत्तिमा फ्रन्टलाइनमा काम गर्ने सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी उक्त सामाग्री उपलब्ध गराउनुभएको छ । यसअघि पनि पुर्वमन्त्री राईले जिल्लाका सुरक्षा निकाय तथा अस्पतालहरुलाई मास्क, सेनटाइज गर्ने मेसिन र पिपिई किटय लगायत सामाग्रीहरु वितरण गरिसक्नु भएको छ । फ्रन्टलाइनमा खटिएर काम गर्ने जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी कार्यालय र अनुसन्धान विभागलाई सहजताका लागि ६ सय एन ९५ मास्क र दुई दर्जन बढी थर्मल गन पुर्वमन्त्री राईले उपलब्ध गराउनु भएको छ । पुर्वमन्त्री राईद्वारा उपलब्ध गराईएका एन ९५ मास्क र थर्मलगनहरुलाई पुर्व समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले...
मंगलबारसम्म निषेधाज्ञा जारी, निषेधाज्ञा तोड्ने २४ जनालाई कारवाही

मंगलबारसम्म निषेधाज्ञा जारी, निषेधाज्ञा तोड्ने २४ जनालाई कारवाही

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ श्रावण – बाँके जिल्लामा कोभिड–१९ संक्रमितहरुको संख्यामा बृद्धि भईरहेको अवस्थालाई मध्यनजर गर्दै संक्रमणको गति र फैलावटलाई न्यूनिकरण गर्न मिति ०७७ श्रावण २७ गते मंगलबार राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम बाँके जिल्ला भर ०७७ श्रावण १७ गते शनिबार राती १२ बजेदेखि मिति ०७७ श्रावण २४ गते शनिबार राती १२ बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई कोभिड–१९ संक्रमणको वर्तमान अवस्थाको समिक्षाका आधारमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको २३ गतेको बैठकबाट ०७७ श्रावण २७ गते मंगलबार राती १२ बजेसम्म निरन्तरता दिने भनिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रको हकमा मिति ०७७ श्रावण २४ गते राती १२ बजेदेखि ०७७ श्रावण २७ गते...
बाँके र बर्दिया गरी आज ४२ जनामा संक्रमण पुष्टि, अनावश्यक हिड्डुल गर्नेलाई क्वारेन्टाईन

बाँके र बर्दिया गरी आज ४२ जनामा संक्रमण पुष्टि, अनावश्यक हिड्डुल गर्नेलाई क्वारेन्टाईन

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ श्रावण– भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बिहिबार बाँकेका २८ र बर्दियाका १४ गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यसअघि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङले बाँकेका १६ जनामा संक्रमण पुष्टि भएको फेसबुक स्टेट्समा लेखेका थिए । यसैगरी, बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ र जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर राना आफै बजारमा निस्केर पसल खोल्ने र अनावश्यक हिड्नेलाई समात्न थालेका थिए । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ र एसपी रानाको टोलीले न्यूरोडबाट पसल खोलेका, अटोरिक्सा र मोटरसाईकल चलाएका केही व्यक्तिहरुलाई समातेर प्रहरीको भ्यानमा राखी क्वारेन्टाईन स्थल पुर्याएका थिए । यसबारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता कृष्ण खत्रीका अनुसार अहिले कुन–कुन स्थानबाट कति जनालाई क्वारेन्टाईन लगिएको हो, जानकारी भएको छैन, हाल पनि अनावश्यक हिड्डु...