Sunday, July 26सत्यम खबर
Shadow

शिक्षा/स्वास्थ्य

युुनेस्को क्लबद्धारा एकल महिलालाई किराना र नास्ता पसलका लागि दुई लाख सहयोग

युुनेस्को क्लबद्धारा एकल महिलालाई किराना र नास्ता पसलका लागि दुई लाख सहयोग

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ साउन । बाँके युनेस्को क्लबले खजुरा गाउँपालिकाकी एक जना एकल महिलालाई आयआर्जनका लागि किराना तथा नास्ता पसल सञ्चालन गर्न दुई लाख रुपियाँ सहयोग गरेको छ । कतार च्यारेटीको आर्थिक सहयोगमा सञ्चालन गरिएको आयआर्जनका लागि व्यवसायीक परियोजना अन्तर्गत खजुरा गाउँपालिका ३ आदर्श टोलकी एकल महिला जुना खनाललाई दुई लाख रुपियाँको सहयोग गरेर किराना तथा नास्ता पसल खुलाएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो । उहाँले एकल महिलाको आयआर्जनसंगै आर्थिक उन्नतीका लागि सो पसल सञ्चालन गराईएको बताउनु भयो । सो पसलको उदघाटन विहिबार खजुरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कान्तुराम गौतम र क्लबका संरक्षक सिद्दिकी तथा अध्यक्ष राजेन्द्रचौधरीले संयुक्त रुपमा गर्नुभयो । सो अवसरमा बोल्दै वडा अध्यक्ष गौतमले आर्थिक रुपमा अतिनै समस्यामा परेकी खनाललाई क्लबले वडाको गरेको सहयोग निकै सराहनीय...
आईतबारदेखि तीन दिनसम्म निषेधाज्ञा

आईतबारदेखि तीन दिनसम्म निषेधाज्ञा

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ श्रावण – कोरोना भाईरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि बाँकेमा निषेधाज्ञा जारी गरिने भएको छ । बिहिबार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी) को बैठकले आईतबारदेखी मंगलबार (तिन दिन) सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । लकडाउन खोलेसँगै जिल्लामा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आईतबारदेखि निषेधाज्ञा लगाउनु पर्ने अवस्था आएको कुरुम्वाङले बताए । विहिबार राजश्व कार्यालय नेपालगन्जका ११ सहित नेपालगन्जका २७ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणको दर बढ्न थालेपछि बाँके प्रशासनले कडा कदम चाल्न बाध्य भएको कुरुम्वाङले बताए ।...
“‘लकडाउन अवधीमा छुटेको युनिटलाई समेटिएको हुँदा थप शुल्क देखिएको” प्रमुख मल्लिक  “जति जोगी आए पनि कानै चिरिएका”– उपाध्याय

“‘लकडाउन अवधीमा छुटेको युनिटलाई समेटिएको हुँदा थप शुल्क देखिएको” प्रमुख मल्लिक “जति जोगी आए पनि कानै चिरिएका”– उपाध्याय

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १४ श्रावण– नेपालगन्ज विद्युत कार्यालय भित्र प्रायः सबै कोठामा एसीसहितका रुमहरु रहेको पाईन्छ यो राम्रो हो, सेवा गर्दा आफूलाई आराममा राखी सेवा प्रदान गर्नु कदापि अनुचित ठान्न मिल्दैन । तर जब त्यही सेवालाई मेवा खाने भाडो बनाईन्छ, जनतामा आक्रोश उत्पन्न हुन्छ । हालको अवस्था त्यही भएको पाईन्छ । चैत्र महिनादेखि लकडाउनले गर्दा विद्युत मिटर रिडिङ्ग नभएको हुँदा सो अगाडी मिटरमा आउने अंकलाई अनलाईनमा समेटिएको भएपनि लकडाउन खुलेपछि घरघरमा मिटर रिडरहरुले गएर छुट भएको मिटर अंकलाई समेटिएको हुँदा यसपटक धेरै विद्युत महसुल आयो भनेर नेपालगन्ज विद्युत प्राधिकरण वितरण केन्द्र प्रमुख ई. लखनलला मल्लिकको भनाई रहेको छ । केन्द्र प्रमुख ई. मल्लिकको भनाई अनुसार बत्ती गईसकेपछि पुनः बिद्युत आउँदा घरभित्रका सबै बत्तीहरु निभाईएको छैन भने मेन मिटरमा केही असर गर्दैन । तर यसबारे अन्य ईन्जिनियर र मिस्त्रीहरुबाट बुझ्द...
माइती नेपालको खाना अभियान कोहलपुमा, मेयर रावतद्धारा शुभारम्भ

माइती नेपालको खाना अभियान कोहलपुमा, मेयर रावतद्धारा शुभारम्भ

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ श्रावण– माइती नेपालले सञ्चालन गरेको खाना अभियान बाँकेको कोहलपुरमा प्रवेश गरेको छ । नेपालगन्ज उपमहानगरपालिकामा चलिरहेको अभियान सोमबारदेखि कोहलपुर प्रवेश गरेको हो । अभियानलाई कोहलपुरका मेयर लुट बहादुर रावतले शुभारम्भ गर्नुभएको छ । हवल्दारपुरस्थित माध्यमिक बिद्यालयमा सञ्चालन अभियानको पहिलो दिन मेयर रावतले खाना वितरण गर्दै आर्थिक अवस्था कमजोर भएको परिवारलाई अभियानले राहत पुग्ने धारणा राख्नुभयो । उहाँले महिला तथा बालबालिकाहरुको बेचबिखन कार्य नियन्त्रणमा सक्रिय माइती नेपालको यस अभियानले धेरै व्यक्तिलाई सकारात्मक शन्देश दिने बताउनुभयो । पहिलो दिन हवल्दारपुरका दुई सय पाँच जनालाई खाना बितरण गरिएको छ । गत असार १६ गते शुरु भएको अभियानले हालसम्म सात हजार तीन सय बढिलाई खाना बितरण गरिसकेको छ । यस क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा न–१२ स्थित बेलासपुर, बिटिएस चोक, नयाँबस्ती, वडा नं–१३ को घ...
गाईको विषयमा लापरवाही नगर्न अनुरोध…

गाईको विषयमा लापरवाही नगर्न अनुरोध…

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ श्रावण– हिन्दू धर्मावलम्बीहरुको आस्थाको रुपमा मान्यता रहेको गाईलाई लिन सकिन्छ । एउटा जनावरको रुपमा मात्र नभई आमा सरह नै मान्यता गरिने र पूजाआजा समेत गरिने परम्परा रही आएको पाईन्छ । नेपालगन्ज उपमहानगरपालिका भित्र विगतमा यसै सन्दर्भमा गाई मारियो भनेर विभिन्न धार्मिक संस्थाहरुले चेतावनी समेत दिइएका थिए भने नारा, जुलुस गरी जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाइएको थियो । त्यस लगत्तै गाई संरक्षण अभियान सञ्चालन गरी नेपालगन्ज ग्यालेरीले केही महिनासम्म गाईको सेवामा कार्य गरेको तितो यथार्थलाई कसैले बिर्सना सक्दैन तर आज फेरी गाई बिना उपचार र खानाको मर्नु परेको अवस्था आउने छैन भन्न सकिन्न । नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालन गरिएको बिर्ता वडा नं. २१ को काँजी हाउसमा सबै किसिमका जनावरलाई एकै ठाउँमा राखी लापरवाही गरिएको छ । गाई, भैंसी, घोडा, खच्चड लगायत सबैलाई एकै थलोमा राख...
१९ वर्षे कुशल युवा कारोबारी, जसले गरे करोडौको कारोबार….

१९ वर्षे कुशल युवा कारोबारी, जसले गरे करोडौको कारोबार….

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ श्रावण– आजको समयमा अनौठो भन्ने केही छैन भन्ने उदाहरणका रुपमा बनेका छन् मो. रिहान । मो. रिहान नेपालगन्जका कारोबारी एवम् समाजसेवी रहमान मियाँका चार भाई छोरा मध्ये कान्छो छोरा हुन । उनीलाई कक्षा १२ मा नेपालगन्ज कै बोर्डिङ्ग स्कूलमा अध्ययनरत १९ वर्षका विद्यार्थीको रुपमा समेत लिन सकिन्छ । तर उनको क्षमतालाई हेर्दा कुनै पर्खर कारोबारीभन्दा कम्ती छैन् भन्दा फर्क पर्ने छैन । नेपालगन्जमा मिडलाज ग्रुपको स्थापना गरी त्यसबाट उनले धेरै कारोबार गर्ने सोच रहेको बताउँछन् । मो. रिहानका अनुसार हाल उनले भारतीय कम्पनी अमूलबाट कानुनी रुपमा स्वीकृत लिई उक्त कम्पनीको उत्पादनलाई नेपाल भरी बजारीकरण गर्ने बताउँछन् । हाल मिडलाज टे«डिङ्गबाट दाङ, सुर्खेत, बुटवल, भैरवा लगायत १० ठाउँमा डिलरको स्थापना गरी कारोबार सञ्चालन गर्दै आएका छन् । हाललाई उत्पादित सामानहरुमा अमूल बटर, अमूल चिज, अमूल चकलेट, अमूल आईसक्र...
आज नाग पञ्चमी पर्व : कसरी गर्ने नाग पूजा…

आज नाग पञ्चमी पर्व : कसरी गर्ने नाग पूजा…

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगंज, १० श्रावण– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज शनिबार परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा चित्रअंकित फोटो टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले शनिबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल...
समृद्ध खजुरा विमोचन

समृद्ध खजुरा विमोचन

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
खजुरा, ९ श्रावण– खजुरा गाउँपालिकाले गरेका गतिबिधिलाई समेटेर प्रकाशन गरिएकोे समृद्ध खजुरा बुलेटिनको बिमोचन गरिएको छ । ५ नं. प्रदेश सांसदद्वय आईपी खरेल, बाबुराम गौतम, खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, उपप्रमुख एकमाया बिक र खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले संयुक्त रुपमा तेस्रो संस्करण समृद्ध खजुरा बुलेटिनकोे बिमोचन गरेका हुन् । बुलेटिनमा खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा सञ्चालन गरेका विकास गतिविधि, समृद्ध खजुराका अन्य गतिविधि, आर्थिक, सामाजिक, सांस्कृति तथा विविध पक्षलाई समावेश गरिएको छ ।...
खजुरामा लक्षित वर्गलाई रोजगारी

खजुरामा लक्षित वर्गलाई रोजगारी

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
खजुरा, ९ श्रावण– मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत खजुरा गाउँपालिकामा लक्षित वर्गलाई रोजगारी दिन शुरु गरिएको छ । सो अन्तर्गतका विभिन्न कार्यक्रम मध्ये खजुरा गाउँपालिकाका सिमान्तकृत, दलित, पछाडि परेका र अपाङ्गता भएका महिलालाई लक्षित गरी स्वरोजगारको ब्यवस्थापन गर्न शुरु गरिएको हो । प्रत्यक्ष रोजगारी दिने उद्देश्यले शुक्रवारदेखि सपिङ झोला उत्पादन शुरु गरिएको छ । प्रदेश सांसद आइपी खरेल र बाबुराम गौतमले एक साथ उक्त कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा बोल्दै सांसद खरेलले मूख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको उद्देश्य खजुराले पुष्टि गरेको बताए । उनले लक्षित वर्गलाई प्रत्यक्ष सहभागिता गराउनु नै कार्यक्रमको मूल उद्देश्य भएको बताउँदै खजुराले त्यसै गरेको पाइएको बताए । अर्का सांसद गौतमले यस्ता कार्यक्रम लक्षित वर्गसम्म पु¥याएर दीर्घकालीन प्रभाव पार्न आग्रह गरे । खजुरा गाउँपालिकाले मुख्य...
“आर्थिक संकटलाई निराकरण गर्न सरकारले हातेमालो गर्न अतिआवश्यक” सञ्चालक सिंह

“आर्थिक संकटलाई निराकरण गर्न सरकारले हातेमालो गर्न अतिआवश्यक” सञ्चालक सिंह

आर्थिक, प्रदेश ५, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ९ श्रावण– नेपालगंज उपमहानगरपालिका वडा नं. २१ मा अवस्थित श्रद्धा ईट्टा उद्योगका सञ्चालक सुधिर प्रताप सिंहले सरकारसित उद्योग, व्यावसायी तिर वर्तमान अवस्थामा ऋण तर्फ केही छुट दिन माग गरेका छन् । सञ्चालक सिंहले विगत दशकौंदेखि उद्योग मार्फत हामीले सरकारलाई दिनुपर्ने योगदान दिंदै आएको तथा हाल कोभिड–१९ ले गर्दा उद्योगमा रहेको आर्थिक संकटलाई निराकरण गर्न सरकारले हातेमालो गर्न अतिआवश्यक रहेको बताउँछन् । सञ्चालक सुधिरप्रताप सिंह नेपालगन्ज, फुल्टेक्रा, बिर्ता, पुरैना, पुरैनीलगायतको ठाउँको लागि कुनै नौलो नाम भने होइनन् । सुधिरप्रताप सिंह एउटा कुशल व्यवसायीको साथै सामाजिक गतिविधिमा समेत उत्तिकै सक्रिया रहेको व्यक्ति हुन । नेपाल सरकारद्वारा कोभिड–१९ को बेला गरिएको लकडाउनमा आफ्नै पैसाबाट धेरै कार्यहरु गरेका छन् । सेनिटाईजर वितरण, मास्क वितरण, टि–शर्ट वितरण, राहत प्याकेज वितरणदेखि लिएर गरीब दु...