Monday, July 27सत्यम खबर
Shadow

शिक्षा/स्वास्थ्य

देशभर ८ हजार २५ जना कोरोना संक्रमित

देशभर ८ हजार २५ जना कोरोना संक्रमित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० श्रावण– (कोभिड–१९) कोरोना भाइरसको संक्रमणबाट देशभर बिहिवारसम्म हाल ८ हजार २५ जनामा सक्रिय संक्रमित रहेका छन् भने ९६ जना आइसियु र भेन्टिलेटरमा रहेका छन् । महामारी फैलिदै जाने क्रमसँगै गम्भिर अवस्थाका बिरामीहरुको चाप बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विहिवारसम्म आइसियु र भेन्टिलेटरमा रहेका विरामीको संख्या ९६ छ । जसमध्ये ५ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । आइसियुमा उपचार गरिरहेका ९१ जनामध्ये सबैभन्दा धेरै प्रदेश–२ मा ४३ जना छन् । बागमतिमा ३८, प्रदेश–५ मा ९ र गण्डकी प्रदेशमा १ जना छन् । ४ सय ४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हाल ९ सय ४२ आइसियु र ४ सय ९६ भेन्टिलेटर रहेका छन् । गम्भिर प्रकृतिका बिरामीहरु राख्नका लागि अहिलेसम्म आइसियु र भेन्टिलेटर रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । प्रदेश–१ मा ४३, प्रदे...
उपमहानगरपालिका र राजश्व कार्यालयले आईतबारदेखि सेवा सुचारु गर्ने

उपमहानगरपालिका र राजश्व कार्यालयले आईतबारदेखि सेवा सुचारु गर्ने

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ श्रावण– नेपालगन्ज उपमहानगरपालिका भित्र जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सील गरिएको नेपालगन्ज उपमहानगरपालिका र आन्तरिक राजश्व कार्यालयमा आईतबारदेखि सेवा सुचारु हुने भएको छ । नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि उपमहानगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा आईतबारदेखि निरन्तरता दिन लागिएको जानकारी गराउनुभयो ।नेपालगन्ज उपमहानगरपालिकासँगै सम्पूर्ण २३ वटै वडा कार्यालय पनि आईतबारदेखि सुचारु हुने नगर प्रमुख राणाले जानकारी गराउनुभयो । नेपालगन्ज उपमहानगरपालिकामामा कोरोना विरुद्ध उच्च सावधानी अपनाउँदै मुख्य प्रवेशद्धारमा हेल्थ डेस्क सञ्चालन गरिएको छ ।सेवाग्राहीले कार्यालयमा प्रवेश गर्ना साथ साबुन पानीले हात धुने, सेनिटाईजरसहित ज्वरो नाप्ने ब्यवस्था समेत मिलाइएको छ ।यसैगरी, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका...
बाँकेका २२ जनामा कोरोना संक्रमण

बाँकेका २२ जनामा कोरोना संक्रमण

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ श्रावण– जिल्लामा बिहीबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भेरी अस्पताल नेपालगन्जमा भएको पिसिआर परीक्षणबाट बाँकेका २२ सहित ३० जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालका फोकल पर्सनले जनाएका छन् । संक्रमण पुष्टि हुनेमा बर्दियाका ८ जना रहेको छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आफ्नो फेसबुक स्टाटसमा भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ३० जनामा संक्रमण देखिएको लेखेका छन् ।बाँकेमा बिहिबार भएको संक्रमण पुष्टिसँगै कोरोना संक्रमितको संख्या ६ सय ८५ जना पुगेको छ भने ३ जनाको मृत्यु भएको छ ।...
फ्लोअपः नेपालगन्ज डुबानको जिम्मेवार को ?

फ्लोअपः नेपालगन्ज डुबानको जिम्मेवार को ?

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ श्रावण– बुधवार बिहान १ बजेदेखि जारी भएको भारी बर्षाका कारण बाँकेको अधिकांश स्थान डुवान हुने खतरा बढेको छ । भारी बर्षाका कारण नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ र ७ को अधिकांश टोल डुवानमा परेको छ । भारी बर्षाका कारण नेपालगन्ज वडा नं. ६ को फुल्टेक्रा गाउँभित्र, रामनगर, नयाँबस्ती, शितलनगर, हुलाकी राजमार्ग छेउ बस्ती, वडा नं. ७ को गगनगंज, रानीतलाउ नजिकका टोल डुवानमा परेका छन् । लक्ष्मी बस्नेतको घरदेखि रोहित चन्दको घरसम्म नाला निर्माण उपभोक्ता समितिका दिपेन्द्र पाठकद्वारा निर्माण गरिएको नाला, बजेट ५ लाख । तस्वीर : सत्यमखबर उक्त स्थानहरुमा वडा तथा उपमहानगरपालिकामार्फत खटाईएका ईन्जिनियरहरुको लापरवाही प्रष्ट देखिएको स्थानीयहरुको गुनासो रहेको छ । स्थानीयहरुको भनाई अनुसार रामनगरको बाटो बनाउने ठेकेदारले कमसल सामान प्रयोग गर्दा ईन्जिनियरले के हेरी बसेका थिए, हामीले जानकारी गराए पनि ...
राप्तीको छैठौ गाउँसभा सम्पन्न

राप्तीको छैठौ गाउँसभा सम्पन्न

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
तिर्थराज ज्ञवालीमसुरीया (दाङ), २८ श्रावण– राप्ती गाउँपालिकाको छैठौ गाउँसभा सम्पन्न भएको छ । गाँउपालिकाको छैठौ सभाको तेस्रो बैठकमा बार्षिक ५५ करोड २३ लाख १६ हजार ४ सय ९८ बजेट पारित गर्दै सभा सम्पन्न भएको हो । संघिय समानिकरण, संघिय शशर्त, संघिय समपुरक, प्रदेश शशर्त, प्रदेश विशेष, प्रदेश समपुरक, संघिय राजश्व बाँडफाड, प्रदेश राजश्व बाँडफाड, आन्तरिक श्रोत र गत बर्षको मौज्दात गरि यस आर्थिक वर्षको कुल बजेट पारीत गरिएको छ ।राप्ती गाउँपालिका अध्यक्ष तथा सभा अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको सभामा संसोधित बजेट पारित गर्दै गत वर्षको चालु ७६.२१ तथा पुजिगत तर्फ ६१.५१ प्रतिशतको वित्तीए प्रगति रहेको जानकारी गरिएको छ । राप्ती गाउँपालिकाको वातावरण क्षेत्रमा कार्य गर्न सहजताको लागि राप्ती गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्वन्धमा ब्यवस्थापन गर्न बनेको ऐन २०७७ पारित ...
थर्ड एलायन्सको ध्यानाकर्षण

थर्ड एलायन्सको ध्यानाकर्षण

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ श्रावण– तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) ले बाँके जिल्लामा सञ्चालनमा रहेका आइसोलेसनहरुको मापदण्डका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । थर्ड एलायन्सले एक विज्ञप्ति जारी गर्दै संक्रमितहरुको संख्या बृद्धि हुने क्रम आईसोलेसन थप गर्ने निर्णय स्वागत योग्य भएको उल्लेख गर्दै होटलले आईसोलेसन बनाउनलाई तयार हुनु सकारात्मक पक्ष भए पनि आइसोलेसन सेन्टरमा बस्ने संक्रमितको उपचार तथा अन्य सुविधा प्रदान गर्नु सरकारको दायित्वभित्र परे पनि आइसोलेसन सेन्टरको रुपमा परिणत भएको नेपालगन्जको एक होटलले बिरामीहरुबाट चर्को रुपमा रकम असुली गरिरहेको पाइएकोले थर्ड एलायन्सको गम्भीर ध्यानाकर्षण भएको छ ।कोहलपुरमा रहेको मेडिकल कलेजमा बनाइएको आइसोलेसन वार्डमा रहेका कोरोना भाइरस संक्रमितले वार्डमा खाना, पानी, फोन सुविधा तथा स्वास्थ्यकर्मीको उचित प्रबन्ध नरहेको भन्दै अन्यत्र राख्न माग...
केही छुटसहित शुक्रबार ३० गतेसम्म निषेधाज्ञा जारी

केही छुटसहित शुक्रबार ३० गतेसम्म निषेधाज्ञा जारी

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ श्रावण– बाँके जिल्लामा कोभिड–१९ संक्रमितहरुको संख्यामा बृद्धि भईरहेको अवस्थालाई मध्यनजर गर्दै संक्रमणको गति र फैलावटलाई न्यूनिकरण गर्न मिति ०७७ श्रावण ३० गते शुक्रबार राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । मंगलबार कोभिड–१९ को बैठकमार्फत शुक्रबार ३० गतेसम्म निषेधाज्ञा जारी रहने जनाइएको छ । तर त्यसमा भने केही छुट गरिएको छ । अत्यावश्यक काम बाहेक घरबाट ननिस्कने, भिडभाडमा नजाने, कुनै किसिमको भेला, सम्मेलन जमघट हुने आदि कार्य नगर्ने, विवाह, ब्रतबन्ध, मृत्यु संस्कार लगायत नगरी नहुने सामाजिक तथा साँस्कृतिक कार्यक्रमहरुमा न्यूनतम सामाजिक दुरी कायम गरी १५ जनाभन्दा बढी व्यक्तिहरुको सहभागिता नगराउने, २८ गते देखि अत्यावश्यक सेवाहरु र अत्यावश्यक प्रकृतिका पसल व्यवसाय सञ्चालन गर्ने । बैंक तथा वित्तीय संस्थाहरुको हकमा २९ गते देखि आवश्यक स्वास्थ्य सुरक्षा सावधानीको प्रबन्ध गरी सेवा...
नेपालगन्जको अधिकांश वडा डुबानमा

नेपालगन्जको अधिकांश वडा डुबानमा

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ श्रावण– बुधवार बिहान १ बजेदेखि जारी भएको भारी बर्षाका कारण बाँकेको अधिकांश स्थान डुवान हुने खतरा बढेको छ । भारी बर्षाका कारण नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ र ७ को अधिकांश टोल डुवानमा परेको छ । भारी बर्षाका कारण नेपालगन्ज वडा नं. ६ को फुल्टेक्रा गाउँभित्र, नयाँबस्ती, शितलनगर, हुलाकी राजमार्ग छेउ बस्ती, वडा नं. ७ को गगनगंज, रानीतलाउ नजिकका टोल डुवानमा परेका छन् ।वडाको लापरवाहीले टोल नै डुवान भएको स्थानियवासीले जनाएका छन् । समय मै नाली निर्माण नहँुदा डुवानबाट समस्या झेल्न परेको उनीहरुको गुनासो रहेको छ । रातभर बर्षाका कारण बाँकेको राप्ती नदि र डुडुवा खोलाको सतह बढ्ने भएको हुनाले सचेत रहन जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरेको छ । रातभर वर्षका कारण बाँकेका होचा स्थानमा डुवान हुन सक्ने सम्भावना देखिएको छ । बुधबार बिहानपख बाँकेको कुसुम, नेपालगन्ज, कोहलपुर, खज...
नवजात शिशुमा देखिने खतराका १२ लक्षण र स्याहार गर्ने १२ तरिका

नवजात शिशुमा देखिने खतराका १२ लक्षण र स्याहार गर्ने १२ तरिका

शिक्षा/स्वास्थ्य
Beautiful newborn baby boy, laying in crib in prenatal hospital पार्वती विष्ट, नर्स नवजात शिशु स्याहार गर्ने तरिका१. नवशिशु जमिने बित्तिकै सफा, नरम कपडाले पुछेर सुख्खा पर्नुपर्छ ।२. नवशिशुको नाभी काट्ने बित्तिकै नाभी मलम लगाउनुपर्छ, अन्य कुनै कुरा लगाउनु हुँदैन ।३. नवशिशुलाई जन्मेको १ घन्टाभित्र आमाको बिगौती दूध खुवाउनुपर्छ ।४. नवशिशुलाई आमाको छातीमा टाँसेर न्यानो पारेर राख्नुपर्छ ।५. नवशिशुलाई २४ घन्टासम्म नुहाउनु हुँदैन ।६. ठूला बच्चाभन्दा नवशिशुहरु चाँडै बिरामी हुने र चाँडै सिकिस्त हुने हुनाले विशेष ध्यान दिनु आवश्यक छ ।७. नवशिशुलाई संक्रमण हुनबाट जोगाउन धेरै भीडभाड भएको स्थानमा नलग्ने, शिशुलाई छुँदा, स्तनपान गराउँदा साबुनपानीले मिचीमिची हात धुनु पर्छ ।८. नवशिशुलाई २४ घन्टामा कम्तिमा १० देखि १२ पटकसम्म आमाको दूध खुवाउनुपर्छ ।९. शिशुलाई जन्मेदेखि ६ महिनासम्म अनिवार्य रुपमा आमाको दू...
साताको एक दिन ब्रत बसौं

साताको एक दिन ब्रत बसौं

बिचार, शिक्षा/स्वास्थ्य, समाज
– डा अरुणा उप्रेती ‘यसपालिको तीजमा नो ब्रत प्लिज’ गीतले धेरै बहस उत्पन्न गरायो । आफूलाई लागेको कुरा मज्जासँग राख्न पाउनु नै लोकतन्त्रको सुन्दर पक्ष हो ।यो गीतमा धेरैले आ–आफ्नै राय दिए । तीजको ब्रतबारे बेग्लै बहस होला ।म यहाँ आज ब्रतको मात्र कुरा गर्छु र महिला–पुरुष दुवैलाई भन्छु– हरेक साता ब्रत बसौं प्लिज ।यो लेख गाउँका आधा पेट खाने वा एक छाक मात्र खाएर सुत्ने व्यक्तिहरूका लागि होइन । गाउँमा खेतमा काम गर्ने किसान, बन्दाबन्दीका बेलामा पनि मजदुरी गरेर घर चलाउने मजदुर परिवारका लागि पनि होइन । न गरिबीका कारण ‘स्वत’ ब्रत बस्नु पर्ने बाध्यता भएकालाई हो ।यो तपाईं–हामी जस्तो पत्रिका पढ्ने, बन्दाबन्दी बेलामा फिल्म हेरेर समय बिताउने, सहरिया जीवनशैली भएकाहरूका लागि हो ।विभिन्न धर्ममा ब्रतले स्थान पाएको छ । यस्ता ब्रत कसले लिने, कसले नलिने भनेर कतै खासै बहस हुँदैन । हरेक जात र विश्वासअनुसार कसैले ल...