Thursday, September 25सत्यम खबर
Shadow

डाक्टर र प्रहरीसहित १४ डिस्चार्ज

नेपालगन्ज, ८ भाद्र – बाँकेको नेपालगन्जबाट सोमबार डाक्टर, नर्स र प्रहरी सहित १४ जना कोरोना मुक्त भएर डिस्चार्ज हुँदैछन ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका दुई डाक्टर, एक नर्स र वडा प्रहरी कार्यालयका चार प्रहरी सहित १४ जना डिस्चार्ज हुन लागेका छन् ।


विभिन्न आईसोलेशनमा बसेका उनीहरुलाई आजै सोमबार डिस्चार्ज गर्ने तयारी गरिएको श्रेष्ठले बताए । श्रावण २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई बिभिन्न आईसोलेशनमा राखेर उपचार सुरु गरिएको थियो ।
आईसोलेशनमा १४ दिन बिताएका र कोरोना सम्बन्धि कुनै लक्षण नदेखीएका ब्यक्तिहरुलाई मात्र डिस्चार्ज गर्न लागिएको श्रेष्ठले स्पष्ट पारे ।
बाँकेमा हालसम्म ८ सय २९ र अन्य जिल्लाका ४ गरी ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये, ४ जनाको मृत्यु भइसकेको छ । आज हुने डिस्चार्ज समेत गरी कुल ६ सय २८ जना संक्रमित निको भइसकेका छन भने अब विभिन्न आइसोलेसनमा १ सय ९७ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *