
नेपालगन्ज, ८ भाद्र – बाँके जिल्लामा सोमबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको दुई सय स्वाब परीक्षणमा कोहलपुर नगरपालिका–११ का १८ र २७ वर्षका पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१० का ४९ वर्षका पुरुष र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालबाट स्वाब संकलन गरिएकी ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
फोकल पर्सन श्रेष्ठका अनुसार हाल २ सय ११ जना आईसोलेसनमा उपचाररत रहेका छन् । जसमा २ जना महिलासहित ४ जनाको मृत्यु भईसकेको छ ।
