Thursday, September 25सत्यम खबर
Shadow

हमाल ‘पुलिस अफ द मन्थ’ बाट सम्मानित

नेपालगन्ज, ८ भाद्र – जिल्ला प्रहरी कार्यालय बाँकेले श्रावण महिनाभरी उत्कृष्ट काम गर्ने तिन प्रहरीलाई पुरस्कृत गरेको छ । आईतबार बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले कोरोना कालमा अग्रपन्थीमा रही उत्कृष्ट कर्तब्य निर्वाह गर्ने प्रहरी नायब निरीक्षक अनुरुप यरी, प्रहरी जवान सन्तोष पौडेल र प्रहरी जवान देबेन्द्र हमाललाई पुरस्कृत गरेका छन् ।


उनीहरुमध्ये प्रहरी जवान हमाल ‘पुलिस अफ द मन्थ’ बाट सम्मानित गरिएको छ । हमाललाई कदरपत्र सहित अभिलेखमा उल्लेख हुने गरी ‘पुलिस अफ द मन्थ’ घोषित गरिएको छ । श्रावण महिनामा उत्कृष्ठ काम गर्ने कर्मचारी मध्ये उनी श्रावण महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।
प्रहरी नायव निरीक्षक यरी र प्रहरी जवान पौडेललाई अभिलेखमा उल्लेख हुने गरि नगद पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको छ ।
विभागीय मूल्य मान्यता, आदेश निर्देशनको अक्षरस पालना गरी व्यवसायिक, लगनशिल, ईमान्दार र कर्तव्यनिष्ठ तवरले कर्तव्य पालनामा तल्लिन रहि उच्च मनोवलका साथ तोकिएको जिम्मेवारी अनुसार कुशल भूमिका निर्वाह गरेको भन्दै बाँके प्रहरीले उनीहरुलाई सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *