Monday, May 4सत्यम खबर
Shadow

शिक्षा/स्वास्थ्य

बाँकेमा कोरोनाले चौथो व्यक्तिको मृत्यु

बाँकेमा कोरोनाले चौथो व्यक्तिको मृत्यु

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ भाद्र– कोरोना संक्रमणका कारण बाँकेमा चौथो ब्यक्तिको मृत्यु भएको छ ।फोक्सोको निमोनियाबाट ग्रसित नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो । श्रावण ३० गते कोरोनाको लक्षण देखिएपछि श्रावण ३२ मा उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । सोमबार दिउँसो उनको स्वाब संकलन गरिएको थियो । उपचार कै क्रममा सोमबार राति ११ः४० बजे उनको मृत्यु भएको छ ।यसअघि नरैनापुर गाउँपालिका–५ मा २५ वर्षका युवा, बैजनाथ गाउँपालिका–६ कि ४६ वर्षीया महिला र कोहलपुर नगरपालिका–२ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भइसकेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।...
नरैनापुरमा सूचना अधिकारीलाई कारवाहीको माँग ब्याप्त आर्थिक अनियमितता बारे सूचना लुकाउँदै गाउँपालिका

नरैनापुरमा सूचना अधिकारीलाई कारवाहीको माँग ब्याप्त आर्थिक अनियमितता बारे सूचना लुकाउँदै गाउँपालिका

आर्थिक, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ भाद्र– बाँके नरैनापुर गाउँपालिकाले क्वारेन्टाइन ब्यवस्थापनको नाममा ब्यक्ति विशेषलाई २१ लाख ३५ हजार रुपैया भत्ता दिएपछि उत्पन्न विवादमा माँग गरिएको सूचना गाउँपालिकाले लुकाउँदै आएको छ । भत्ताको चौतर्फी विरोध भइरहँदा स्थानीय बासिन्दा समेत रहेका पत्रकार विनय दीक्षितले गाउँपालिकाबाट भत्ता र सो संग सम्बन्धित विषयमा सूचना माँग गरेका छन् । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र नेपालको संविधान २०७२ को धारा २७ बमोजिम प्रमाणित सूचनाका लागि उनले उजुरी दर्ता गरेका थिए ।कानून बमोजिमको म्याद १५ दिन भित्र सूचना उपलब्ध गराउनु पर्नेमा सो सम्बन्धी १७ दिन हुँदा समेत कुनै सूचना नदिइएको जानकारी दिँदै दीक्षितले भने, मुद्दा सम्मै पनि जान सकिन्छ, हाल सूचना अधिकारीलाई कारवाही माँग गर्दै कार्यालय प्रमुख समक्ष पुनः ७ दिने उजुरी दर्ता गरिएको हो । राष्ट्रिय सूचना आयोग, अख्तियार दुरुपयोग अनुस...
प्रवक्ता रिजालसहित ११ जना डिस्चार्ज

प्रवक्ता रिजालसहित ११ जना डिस्चार्ज

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ भाद्र– नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजालसहित ११ जना आज (सोमवार) डिस्चार्ज भएका छन् । वडाअध्यक्ष रिजाललाई साउन १९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उहाँसहित डिस्चार्ज हुनेमा नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत समेत रहेका छन् । खजुरामा रहेको सुशील कोइराला प्रखर क्यानसर अस्पतालको आईसुलेसनबाट प्रवक्ता रिजालसहित ३ जना, आर्दशनगर आईसुलेसन सेन्टरबाट ३ र लायन्स डेन्टल अस्पताल आईसुलेसनबाट ५ जना डिस्चार्ज हुन लागेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो । उहाँका अनुसार आज डिस्चार्ज भएका समेत गरी बाँकेमा कोरोना भाइरस जितेर घर फर्किनेको संख्या ४ सय ५५ पुगेको छ । बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या सात सय ३० पुगेको छ ।अहिले जिल्लाका विभिन्न आईसुलेसनमा बाँकेका दुई सय ७२ जना रहेको पनि ...
अपडेटः २० जना संक्रमित थपिए

अपडेटः २० जना संक्रमित थपिए

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३२ श्रावण– जिल्लामा आईतबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणबाट बाँकेका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा बिगत २४ घण्टामा १ सय ४६ स्याम्पलको परीक्षणमा यो संख्यामा कोरोना संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो ।फोकल पर्सन श्रेष्ठका अनुसार कोहलपुरबाट संकलन गरिएको ७२ जनाको स्याम्पस मध्ये केहीको परिक्षण गरिएको र केहीको नगरिएको हुँदा सबैको परिक्षण भयो भन्न नमिल्ने अवस्था रहेको बताउनुभयो । त्यसैगरी जानकीमा ९२ स्याम्पल परीक्षण मध्ये १८ जनाको पोजेटिभ देखिएको छ भने खजुराबाट ५४ स्याम्पल परीक्षण मध्ये १ जनामा पोजेटिभ देखिएको छ भने कोहलपुरबाट १ जना गरी जम्मा २० जनाको परीक्षण पोजेटिभ देखिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।यसबारे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समेत...
जानकीमा भाद्र ५ सम्म लकडाउन

जानकीमा भाद्र ५ सम्म लकडाउन

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३२ श्रावण– जानकी गाउँपालिका पाँच दिनका लागि लकडाउन हुने भएको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले आज (आईतबार) रातीदेखि सम्पूर्ण सेवाहरु बन्द गर्न लागेको छ । साउन ३२ गते आईतबार रातीदेखि भाद्र ५ गतेराती १२ बजेसम्म सम्पूर्ण सेवा बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी गराउनुभयो ।गाउँपालिकाका कार्यवाहक अध्यक्ष भुमिसरा धितालको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अतिआवश्यक सेवा बाहेक गाउँपालिका कार्यालय, गाउँपालिकाका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संघ संस्था, होटल ब्यवसाय, शैक्षिक संस्था, विद्यालय, हाटबजार लगायत सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।...
गणपति डेन्टल क्लिनिकद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य तथा जलपान सामाग्री प्रदान

गणपति डेन्टल क्लिनिकद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य तथा जलपान सामाग्री प्रदान

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३२ श्रावण– गणपति डेन्टल क्लिनिक नेपालगन्जले कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरेको छ । अनलाईन खोजखवर मिडिया पार्टनर रहेको उक्त कार्यक्रममा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरिएको हो । जमुनाह नाकादेखि धम्बोजीसम्म सडकमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई एन ९५ मास्क, सेनिटाइजर, सर्जिकल ग्लव्स, ग्लूकोन–डी, विस्कुट र खाने पानी वितरण गरिएको क्लिनिक सञ्चालक समेत रहेका डा. प्रतिक श्रेष्ठले जानकारी गराउनुभयो । कोरोन भाइरस महामारीका बीच फ्रन्टलाइनमा खटिएर जनताको सेवामा अहोरात्र खटिएका सुरक्षाकर्मीलाई थोरै भएपनि राहात पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरिएको उहाँको भनाइ रहेकोछ । करिव ५० जनालाई सामाग्री वितरण गरिएको जानकारी दिंदै उहाँले त्यसमा केही पत्रकारह...
सिन्धुपाल्चोक पहिरोः १८ जनाको शव भेटियो, मृतकका परिवारलाई १ लाख राहत दिइने

सिन्धुपाल्चोक पहिरोः १८ जनाको शव भेटियो, मृतकका परिवारलाई १ लाख राहत दिइने

आर्थिक, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३२ श्रावण– जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । फाइल तस्बिरः विष्णु क्षेत्रीको फेसबुकबाट यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो ।लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए। घरसँगै ३९ जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।ज्यान गुमाएकाक...
संक्रमितहरुको अवस्था बारे जानकारी लिंदै प्रमुख डा. राणा

संक्रमितहरुको अवस्था बारे जानकारी लिंदै प्रमुख डा. राणा

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण– नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले आईसुलेसन अस्पताल र क्वारेन्टाईन सेन्टरमा बसेका कोरोना संक्रमितहरुको अवस्था बारे शनिबार जानकारी लिनु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दसहितको स्वास्थ्यकर्मीको टोली लिएर मेयर राणा झन्डै आधादर्जन आइसोलेसन सेन्टर पुगेर त्यहाँका संक्रमितहरुको अवस्था बारे आफै जानकारी लिनुभएको छ ।खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आईसुलेसन, नेपालगन्ज आर्दशनगरमा रहेको क्वारेन्टाईन सेन्टर, सिटी प्यालेस र गनापुरको खुला कारागार लगायत स्थानमा पुगेर संक्रमितको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया, खानपिनको व्यवस्थापन बारे जानकारी लिनुभएको टोलीमा सहभागी स्वास्थ्य शाखा प्रमुख चन्दले बताउनुभयो । मेयर राणाले आईसुलेसनको व्यवस्थापनमा ध्यान दिन, स्वास्थ्य उपचारमा ख्याल गर्न व्यवस्थापनमा खटिएका...
अपडेटः शनिबार १० जना संक्रमित थपिए

अपडेटः शनिबार १० जना संक्रमित थपिए

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण– जिल्लामा शनिबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणबाट बाँकेका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 5अस्पतालमा बिगत २४ घण्टामा ४ सय ७० स्याम्पलको परीक्षणमा यो संख्यामा कोरोना संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो ।...
आईतबारदेखि कोहलपुरमा पुनःलकडाउन

आईतबारदेखि कोहलपुरमा पुनःलकडाउन

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण– कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै कोहलपुर नगरपालिका आईतवारदेखि भाद्र ५ गतेसम्म पूर्ण लकडाउनको घोषणा गरिएको छ । शनिवार कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले लकडाउन घोषणा गर्दै आफु मातहतका सरकारी कार्यायल देखि बैंक तथा वित्तीय संस्था, कलकारखाना, व्यापार, व्यवसाय, तरकारी, हटबजार लगायतलाई पूर्ण बन्द गर्ने निर्णय गरेको छ । अधिकार सम्पन्न स्थानीय निकाय कोहलपुर नगरपािलकाले सवारी साधन चलाउन पाउने वा नपाउने बारे कुनै निर्णय गरेको छैन ।स्थानीय जानकारका अनुसार सवारी साधन र तरकारी पसललाई समेत पुर्ण रुपमा भाद्र ५ गतेसम्म बन्द गरिएन भने लकडाउनको कुनै अर्थ नहुने बताउँछन् ।यो अवधीमा समुदाय स्तरमा पिसिआर जाँच तिब्र गतिमा नगरपालिकाले गर्नुपर्ने कोहलपुरबासीको माग रहेको छ ।...