नेपालगन्ज, १५ भाद्र – अवधी पत्रकार संघ केन्द्रिय कार्यसमिति बाँकेका अध्यक्ष राकेशकुमार मिश्राका सासुआमा विजया पाठक (मिश्र)को असामयिक निधनप्रति शोक व्यक्त गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ निवासी विजया पाठकलाई मुटु सम्बन्धी समस्या रहेको थियो । विगत ३–४ महिनादेखी उपचाररत पाठकको शनिबार राती २ः३० बजेतिर भेरी अस्पतालमा ४७ वर्षको उमेरमा निधन भएको छ ।
उहाँको आईतबार दिउँसो हिन्दु परम्परा अनुसार अन्त्येष्टी गरिएको थियो भने उहाँका श्रीमान, एक छोरा र एक छोरी रहेका छन् ।
यस दुखद् घडीमा दिवंगत आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य, धारण गर्ने शक्ति मिलोस् भनि हार्दिक समवेदना प्रकट गर्दछौं भनी अवधी पत्रकार संघ जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसैगरी, नेपाल प्रेस युनियन बाँकेका सदस्य आलोक मिश्र र अल्का मिश्रको ममतामयी आमा तथा युनियन बाँकेका सदस्य राकेशकुमार मिश्रकी सासुआमा विजया पाठक(मिश्र)को असामयिक निधन भएकोप्रति स्तब्ध भएका छौं भनी नेपाल प्रेस युनियन बाँकेका सचिव विजय मल्लद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।