Thursday, March 12सत्यम खबर
Shadow

अपडेटः आज २ महिलासहित ९ जनामा संक्रमण पुष्टि

नेपालगन्ज, ९ भाद्र – भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार सय नमुना परीक्षण गरिएकोमा बाँकेका ९ जना र बर्दियाका ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।
आज मंगलवार थप भएका संक्रमितमा डाक्टरदेखि बैंकका कर्मचारी समेत रहेका छन् । भेरी अस्पतालका फिजिसियन, नेपालगन्ज शिक्षण अस्पतालका चिकित्सकदेखि एभरेष्ट बैंक नेपालगन्जका कर्मचारीमा समेत भाइरस संक्रमण पुष्टि छ ।


भेरी अस्पतालबाट लिइएको नमुनामा ३ जना, नेपालगन्ज मेडिकल कलेजबाट लिइएको नमुनामा २ जनामा पोजेटिभ पुष्टी भएको रिपोर्ट आएको छ ।
एभरेष्ट बैंकका २ जना कर्मचारीमा पनि भाइरस पोजेटिभ पुष्टि भएको छ । वडा प्रहरी कार्यालयका १ जना प्रहरीमा समेत भाइरस संक्रमण पुष्टि हुँदा अर्का नेपालगन्ज वडा नं.९ का ३१ बर्षीय पुरुष रहेका छन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाका ४ जना, बढैयाताल गाउँपालिका र राजापुर नगरपालिकाका १–१ जनामा भाइरस संक्रमण पोजेटिभ पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आज मंगलबार २ महिला, ७ पुरुष गरी जम्मा ९ जना कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।
मंगलबारसम्म बाहिरी जिल्लाका समेत ८ सय ४४ जनालाई कोरोना संक्रमण देखिएकोमा ६ सय ५४ जना संक्रमण मुक्त भई डिस्चार्ज भईसकेका छन् ।
कोरोना फोकल पर्सन श्रेष्ठले बाँकेका बिभिन्न आईसोलेशन सेन्टरमा अझैं पनि १ सय ८६ जनाको उपचार भईरहेको जानकारी दिएका छन् । बाँकेमा कोरोना संक्रमणका कारण २ जना महिलासहित ४ जनाले ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *