Thursday, September 25सत्यम खबर
Shadow

आज ७ महिला सहित जम्मा २६ जना संक्रमण मुक्त भई घर फर्कदैं

नेपालगन्ज, ९ भाद्र – आज मंगलबार बाँकेमा २६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कने भएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आज मंगलबार ७ महिला, १९ पुरुष गरी जम्मा २६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कदैं छन् ।
मंगलबारसम्म बाहिरी जिल्लाका समेत ८ सय ३५ जनालाई कोरोना संक्रमण देखिएकोमा ६ सय ५४ जना संक्रमण मुक्त भई डिस्चार्ज भईसकेका छन् ।
कोरोना फोकल पर्सन श्रेष्ठले बाँकेका बिभिन्न आईसोलेशन सेन्टरमा अझैं पनि १ सय ७८ जनाको उपचार भईरहेको जानकारी दिएका छन् । बाँकेमा कोरोना संक्रमणका कारण २ जना महिलासहित ४ जनाले ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *