Saturday, May 30सत्यम खबर
Shadow

विदेश

जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधनमा भारतले राष्ट्रिय शाेक भाेलि मनाउने

जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधनमा भारतले राष्ट्रिय शाेक भाेलि मनाउने

आस्था, प्रदेश ५, राजनीति, विदेश, समाचार
काठमाण्डौ, २६ असार –जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधनमा भारतले राष्ट्रिय शाेक मनाउने भएकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले शिन्जाे आबेप्रति निकै सम्मान रहेकाे बताउँदै भाेलि शनिवार देशमा राष्ट्रिय शाेक मनाउने सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिनुभएकाे हाे । उहाँले ट्विटरमा लेख्नुभएकाे छ, ‘म आफ्नाे सबैभन्दा प्यारा साथीमध्ये एक शिन्जाे आबेकाे निधनमा स्तब्ध र दुःखी छु । उनी एक महान् नेता र प्रशासक थिए । उनले जापान र विश्वलाई एक राम्राे ठाउँ बनाउनका लागि आफ्नाे जीवन समर्पित गरे ।’ नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गाेली प्रहार भएको थियाे । गाेली प्रहारपछि गम्भीर घाइते हुनुभएका आबेकाे उपचारका क्रममा निधन भएकाे हाे । (एजेन्सी)...
महिला अधिकारको दमन गर्दै आएकाे चीनले चेलीहरुलाई थप बच्चा जन्माउन प्रोत्साहन भत्ता

महिला अधिकारको दमन गर्दै आएकाे चीनले चेलीहरुलाई थप बच्चा जन्माउन प्रोत्साहन भत्ता

आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ असार –राष्ट्रको जनसंख्या बढाउन र देशको श्रमशक्तिमा योगदान गर्न चीन सरकारले विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन गरेको छ। देशमा गम्भीर जनसांखिक संकट उत्पन्न हुन नदिन सरकारले विवाहित दम्पतीलाई कर र आवास ऋण, शैक्षिक लाभलगायत नगद प्रोत्साहन उपलब्ध गराएको हो। गतवर्षको अन्त्यमा चिनियाँ मुख्य भूमिको जनसंख्या एक अर्ब चालीस करोड १३ रहेको र नवजात शिशुको संख्या एक करोड ६२ लाखमा झरेको ग्लोबल टाइम्सले जनाएको छ। नवजात शिशु र कालगतिले मर्ने चिनियाँ नागरिकको संख्या हाराहारीमा रहेको उक्त पत्रिकाले छापेको छ । दशकौँसम्म चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो एक बच्चा नीतिलाई कडाइका साथ कार्यान्वयन गरेको तथा महिला अधिकारको दमनले जन्म नियन्त्रण गर्न बाध्य दम्पतीले अब तीनवटासम्म सन्तान जन्माउन पाउने भएका छन् तर विवाहित जोडी नयाँ सुविधा र प्रोत्साहन भत्ताप्रति खासै आकर्षित भएका छैनन...
बीआरआईबाट श्रीलंका टाट पल्टेपछि पुरै विश्व….

बीआरआईबाट श्रीलंका टाट पल्टेपछि पुरै विश्व….

आर्थिक, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ असार – विश्वको आर्थिक महाशक्ति बन्ने महत्वाकांक्षा बोकेको चीनको संलग्नतामा अनपेक्षित रुपमा श्रीलंकाको अर्थतन्त्र टाट पल्टिनु, कडा शर्तको ऋण तिर्न नसकेर बन्दरगाह नै लिजमा दिनुले चीनप्रति सिंगो विश्व समुदाय नै रक्षात्मक अवस्थामा पुगेको छ । दक्षिण एसियामा माल्दिभ्स, श्रीलंका र पाकिस्तान चिनियाँ भर पर्दा टाट पल्टिने अवस्थामा पुगेका छन् । त्यसमा पनि बेल्ट एण्ड रोड इनिशिएटिभ’ अन्तर्गत चीनको ऋण पासोमा श्रीलंकामा आएको सबैभन्दा खराब वित्तीय संकट अन्तर्राष्ट्रिय समुदाय र विशेगरी प्रजातान्त्रिक विश्‍वका लागि सबैभन्दा ठूलो पाठ बनेको छ । यो उदाहरणले चीनको ऋण जालमा परेका र पर्न लागेका साना मुलुक झस्किएका छन् । बीआरआईअन्तर्गत चीनको अपारदर्शी रणनीतिक पूर्वाधार विकास कार्यक्रमका पीडितहरूको सूची आगामी दिनमा बढ्दै जाने र ऋणको जालमा पर्ने जोखिमको सामना गर्ने अधिकांश लोकतान्त्रिक संसारक...
नेपालमा शक्ति संघर्षको खतरा, अमेरिकी सेना स्वतन्त्र तिब्वतका लागी आउन लागेको नेताहरुको खुलासा !

नेपालमा शक्ति संघर्षको खतरा, अमेरिकी सेना स्वतन्त्र तिब्वतका लागी आउन लागेको नेताहरुको खुलासा !

आस्था, प्रदेश ५, राजनीति, विदेश, समाचार
काठमाण्डौ, २२ असार –नेपाल असंगलन राष्ट्रको परिचय स्थापित गरेको भएपनि २०६३ सालमा आएको गणतन्त पछि आन्तरिक र बाह्य चलखेल शुरू भएको प्रष्ट छ । भारतसँग भातृत्व स्विकार गर्न नसक्नेहरु चिन, अमेरिका लगायतका देशहरु सँग देशको दलाली गर्न उद्धत छन । राजतंत्र र धर्म निरपेक्षता हटाएर आफू खुशि गर्न पाउनु ने दलहरुको मुल आशय रहि आएको छ । पहिले देखि आंकलन गरिएको शक्ति संघर्षको कृडास्थल बन्न सकने खतराको कुरा फेरि उठ्न थालेको छ।चिनको हस्तक्षेप निशर्त स्विकार्नु पर्ने मानसिकता बोकेका कम्यूनिष्ट नेताहरुले अमेरिका संगको सम्झौता लाई लिएर चिता व्यक्त गर्न थालेका हुन । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एसपीपीमार्फत नेपाल आएर स्वतन्त्र तिब्बतका लागि लड्ने अमेरिकी सेनाको योजना रहेको दावी गरेका छन् । ललितपुरमा शनिबार आयोजित अभियानको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै संयोजक गौतमले यस्तो ब...
चीनको सियान सहरमा फेरि लकडाउन

चीनको सियान सहरमा फेरि लकडाउन

CoVid19, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, २२ असार – कोभिडको ओमिक्रोन सवभेरियन्टबाट जोगिन चीनको पुरानो सहर सियानका केही भागमा फेरि लकडाउन गरिएको छ । १ करोड ३० लाख जनसंख्या भएको सियानका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका हुन् । गत वर्षको अन्त्यमा ऐतिहासिक सहर सियानमा एक महिना लामो तालाबन्दी गरिएको थियो । शनिबारदेखि सहरमा १८ ओटा नयाँ केस भेटिएका थिए । आधिकारिक सूचनाअनुसार द्रुत रूपमा फैलिरहेको ओमिक्रोन सबभेरियन्टका कारण काेभिड संक्रमण बढेका हुन् । यो भेरियन्ट यसअघि अमेरिका र बेलायतमा देखिएको थियो । सियानमा सात दिन अस्थायी नियन्त्रणको विधि लागू गरिएको उक्त सहरका अधिकार झाङ सिउदोङले जानकारी दिए । उक्त कदमले ‘समाजलाई सकेसम्म शान्त हुन, गतिशीलता कम गर्न र क्रस–संक्रमणको जोखिम घटाउन अनुमति दिने’ बताइएको छ । सरकारको सूचनाअनुसार, पब, क्याफे र बारलगायतका सार्वजनिक मनोरञ्जन स्थल बन्द हुनेछ...
चीनमा सत्ताको चरम दमनले धेरै चिनियाँ नागरिक विदेशमा शरण खोज्दै

चीनमा सत्ताको चरम दमनले धेरै चिनियाँ नागरिक विदेशमा शरण खोज्दै

आस्था, प्रदेश ५, राजनीति, विदेश, समाचार
काठमाण्डौ, २२ असार –राष्ट्रपति सी चिनफिङ सत्तामा आएपछि विदेशमा शरण खोज्ने आफ्ना नागरिकको सङ्ख्यामा वृद्धि भएको चीनले बताएको छ । शक्तिको व्यवस्थित दुरूपयोगले जनताको मनमा असहजता पैदा गरेको र त्यसले धेरैलाई विदेशमा शरण खोज्न प्रेरित गरेको हङकङ पोष्टले जनाएको छ । राष्ट्रपति सीले आफ्नो शक्तिलाई सुदृढ गर्दै थप दमनकारी शासन प्रणाली लागू गरेपछि शरणार्थी बन्न चाहनेहरूको सङ्ख्यामा वृद्धि भएको गैरसरकारी संस्था सेफगार्ड डिफेन्डर्सले विश्लेषणसहित प्रकाशन गरेको तथ्याङ्कले देखाएको हो । चीनबाट शरण खोज्नेहरूको सङ्ख्या डरलाग्दो दरमा बढ्दै गएको उसले दाबी गरेको छ । कोभिड–१९ विरूद्धको चीनको शून्य नीति र अन्य प्रतिबन्धका बाबजुद शरण खोज्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको जनाउँदै उक्त संस्थाले २०१२ यता करिब सात लाख ३० हजार चिनियाँ नागरिकले विदेशमा शरण मागेका जनाएको छ । शरण माग्ने ती नागरिकमध्ये ए...
चीनमा महिलामाथि भएको ‘निर्मम’ आक्रमणबाट अत्याचारको खुलासा

चीनमा महिलामाथि भएको ‘निर्मम’ आक्रमणबाट अत्याचारको खुलासा

अपराध, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १९ असार –केही दिनअघि चीनको उत्तरी हेवेइ प्रान्तको तान्गसान शहरमा पुरुषहरूको एक समूहले महिलाहरूमाथि निर्मम आक्रमण गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । घटनापछि प्रहरीले नौ जनालाई गरिफ्तारसमेत गरेको थियो । उक्त भिडियाले चीनमा महिलाहरुमाथि हुने गरेको हिंसा एवं अत्याचारको एक हिस्सालाई बाहिर ल्याएको छ । महिलामाथि क्रुर आक्रमण भएको भिडियोलाई लिएर सामाजिक सञ्जालमा विश्वले आक्रोश पोखेको थियो । यसभन्दा बढी चीनमा लैगिंक हिंसाको विषयलाई लिएर विश्व जगतमा बहसको विषयलाई उठान गरेको छ । एउटा रेस्टुरेन्टमा बिहानको करिब ३ बजेतिर उक्त घटना भएको थियो । आफ्नो ढाडमा हात राख्ने एकजना पुरुषलाई एक महिलाले पर घचेटेपछि सुरु भएको आक्रमणमा पुरुषले महिलामाथि निर्मम कुटपीट गरेको भिडियोमा देख्न सकिन्छ । सुरुमा महिलासँ निहुँ खोज्ने ती पुरुषले कुटपिट गरेर अन्य पुरुषहरूले ती महिलालाई रेस...
चीन उइगर मुस्लिम: जनसङ्ख्या घटाउने लक्ष्य रहेको चिनियाँ अध्ययनको खुलासा

चीन उइगर मुस्लिम: जनसङ्ख्या घटाउने लक्ष्य रहेको चिनियाँ अध्ययनको खुलासा

अपराध, आस्था, धार्मिक, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १९ असार –बीबीसीको एउटा अनुसन्धानले उइगर मुस्लिम र अन्य जातीय अल्पसङ्ख्यकलाई घरभन्दा टाढा सिनजियाङमा पठाउने चीनियाँ नीतिले उनीहरूको जनसङ्ख्या तितरबितर पार्ने देखाएको छ। नयाँ जागिरको निम्ति भन्दै उनीहरूलाई सार्ने चीन सरकारको नीति रहेको बताइएको छ। चिनियाँ सरकारको उईगुर माथिको ज्यादती र त्यहाँका हृदय विदारक दृश्यले चीनमआ भुकम्पउईगर मुस्लिम संस्कृतिसँग जोडिएका १६० संस्था बन्द गर्न चिनको कम्युनिस्ट सरकारको निर्देशनप्रमाणहरूले सिनजियाङभर पुनर्शिक्षा शिविर बनाइएको र उक्त नीति उनीहरूलाई नियन्त्रण गर्ने कडा उपाय भएको देखाएको छ। बेइजिङले योजनाबद्ध रूपमा जनसङ्ख्या पातलो बनाउने उद्देश्य नभएको बताउँदै ग्रामीण गरिबी निर्मुल पार्ने योजना भएको बताएको छ। तर सरकारले भने त्यस्तो आरोप अस्वीकार गरेको छ र मानिसहरूलाई रोजगारीका लागि पठाउँदा त्यसले आम्दानी बढ्ने र ग्रामीण भेगमा रहेको बेर...
चीनले ओएसिस सहरमा रहेको प्रतिष्ठित ग्रान्ड बजार भत्कायो

चीनले ओएसिस सहरमा रहेको प्रतिष्ठित ग्रान्ड बजार भत्कायो

आर्थिक, आस्था, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ६ असार – चीनले भत्कायो ओएसिस सहरमा रहेको प्रतिष्ठित ग्रान्ड बजारकाशगर । चिनियाँ अधिकारीहरूले सिनजियाङको काशगर क्षेत्रमा रहेको प्रतिष्ठित ग्रान्ड बजार भत्काइदिएका छन्। स्याटेलाइट तस्बिरहरुले बजारमा नाटकीय परिवर्तनहरू देखाएको र भवनहरू र स्टलहरूको छाना हटाउनेसहित ४ अप्रिल र ४ मेमा खिचिएका तस्बिरहरू बीच रेडियो फ्री एशियाले प्लानेट ल्याबलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। ओएसिस सहरमा रहेको यो बजार सिन्जियाङको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय व्यापार बजार हो। जसमा २५० एकड जमिनमा ९ हजारभन्दा बढी उत्पादनहरू बिक्री गर्ने चार हजार पसलहरू थिए। प्रतिवेदनका अनुसार त्यहाँबाट बिक्री हुने वस्तुमा मसला, चिया, रेशम, सुक्खा फल, गलैंचा, संगीत वाद्ययन्त्र, मध्य एसियाका कपडा र परम्परागत स्कुलक्याप रहेका छन्। यसको स्थानमा नयाँ पर्यटकीय आकर्षण निर्माण हुने आरएफएले स्थानीय अधिकारीलाई उद्धृत गर्द...
भारतले श्रीलंकामा पठायाे ३.३ टन स्वास्थ्य सामग्री

भारतले श्रीलंकामा पठायाे ३.३ टन स्वास्थ्य सामग्री

आर्थिक, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २७ जेष्ठ –चिनियाँ ऋणले आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई भारतले अतिआवश्यक स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ ।भारतले श्रीलङ्काका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाइदिएको छ । ‘छिमेकीलाई प्राथमिकता’ भन्ने भारतको नीति अनुसार श्रीलङ्कालाई पुनः स्वास्थ्य सामग्री पठाइएको भारतीय अधिकारीले जनाएका छन् । आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई सहयोगस्वरूप ३.३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको भारतको भनाइ छ । कोलम्बोका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले श्रीलङ्काका प्रतिनिधिहरूलाई ती सामग्री शुक्रबार हस्तान्तरण गरिएको हो । आर्थिक सङ्कटका कारण स्वास्थ्य सामग्रीहरु किन्न नसकेका र देश भित्र पनि अत्यधिक मूल्य बृद्धि भएको लगायतका कारणले श्रीलङ्काले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरूसँग अनुरोध गरेको थियो । श्रीलङ्काका नागरिकले पनि स्वास्थ्य सामग्रीको मूल्य बृद्धि र अभाव भ...