चिनियाँ चेतावनीले पेलाेसीकाे भ्रमणबारे अमेरिकामा चिन्ता
काठमाण्डौ, १० साउन – अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई ताइवानको भ्रमण नगर्न चीनले दिएको चेतावनीमाथि अमेरिकी अधिकारीहरूले प्रतिक्रिया दिएका छन् ।
सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकी सभामुख पेलोसीले चीनको भ्रमण गरेमा बल प्रयोग गर्न सक्ने चेतावनी दिएका थिए ।
चिनियाँ चेतावनीले वासिंगटनमा अलार्म बजाएको छ । बुधवार अमेरिकी राष्ट्रपति जो बाइडेनले पत्रकारहरूसँग बोल्दै पेलोसीको ताइवान भ्रमण 'अहिले राम्रो विचार होइन' भन्ने अमेरिकी सेनालाई लागेको बताएका थिए।
बिहीबार पेलोसीले ताइवानको लागि समर्थन देखाउन महत्त्वपूर्ण रहेको बताए पनि सुरक्षालाई उद्धृत गर्दै भ्रमणको योजनाबारे कुनै कुरा बोल्न चाहिनन् ।
'मलाई लाग्छ कि राष्ट्रपतिले भन्नुभएको थियो कि मेरो विमानलाई खसालिन्छ वा यस्तै केही हुन्छ भनेर सेना डराएको हुन सक्छ। मलाई ठ्याक्कै थाहा छैन,' पेलोसीले भनेकी छन् ।
...









