Tuesday, April 21सत्यम खबर
Shadow

महिला अधिकारको दमन गर्दै आएकाे चीनले चेलीहरुलाई थप बच्चा जन्माउन प्रोत्साहन भत्ता

काठमाण्डौ, २६ असार –राष्ट्रको जनसंख्या बढाउन र देशको श्रमशक्तिमा योगदान गर्न चीन सरकारले विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन गरेको छ। देशमा गम्भीर जनसांखिक संकट उत्पन्न हुन नदिन सरकारले विवाहित दम्पतीलाई कर र आवास ऋण, शैक्षिक लाभलगायत नगद प्रोत्साहन उपलब्ध गराएको हो।

गतवर्षको अन्त्यमा चिनियाँ मुख्य भूमिको जनसंख्या एक अर्ब चालीस करोड १३ रहेको र नवजात शिशुको संख्या एक करोड ६२ लाखमा झरेको ग्लोबल टाइम्सले जनाएको छ। नवजात शिशु र कालगतिले मर्ने चिनियाँ नागरिकको संख्या हाराहारीमा रहेको उक्त पत्रिकाले छापेको छ ।

दशकौँसम्म चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो एक बच्चा नीतिलाई कडाइका साथ कार्यान्वयन गरेको तथा महिला अधिकारको दमनले जन्म नियन्त्रण गर्न बाध्य दम्पतीले अब तीनवटासम्म सन्तान जन्माउन पाउने भएका छन् तर विवाहित जोडी नयाँ सुविधा र प्रोत्साहन भत्ताप्रति खासै आकर्षित भएका छैनन्। एक महिला उक्त सुविधाबाट वञ्चित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *