
काठमाण्डौ, २ साउन –चिनियाँ ऋणको पासोमा परी चरम आर्थिक मन्दीको सामना गरिरहेको राष्ट्रपति गोटाबाया राजपक्षे बुधवार बिहान देशबाट भागेपछि जनताको धैर्यको बाँध टुटेको छ। रूष्ट मानिसहरू प्रधानमन्त्री रानिल विक्रमसिंघेको सरकारी आवासतिर बढ़िरहेका छन्। देशमा बिग्रन्दो स्थितिलाई ध्यानमा राखेर प्रधानमन्त्रीले पश्चिमी प्रान्तमा कर्फ्यू लगाउने र पूरा टापुमा आपातकाल लागू गर्ने आदेश दिएका छन्। यो जानकारी श्रीलंकाको समाचार पत्र डेली मिररले दिएको हो।

यस समाचार पत्रका अनुसार, प्रधानमन्त्रीले सुरक्षा बलहरूलाई दंगा भड्काउनेहरूलाई पक्राउ गर्ने आदेश पनि दिएका छन्। यसैबीच संसदका स्पीकरले उनले अहिलेसम्म राजपक्षेको त्यागपत्र नपाएको बताए। आर्थिक संकटसित जुझिरहेको श्रीलंकामा लामो समयदेखि प्रदर्शन गरिरहेको जनताले राष्ट्रपति गोटाबाया राजपक्षेको राजीनामाको माग गरिरहेको छ।
