Friday, March 14सत्यम खबर
Shadow

राजनीति

डुडुवामा १५१ फिट अग्लो शिव प्रतिमा बनाइदै

डुडुवामा १५१ फिट अग्लो शिव प्रतिमा बनाइदै

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २१ पुस – बाँके डुडुवा गाउँपालिकाले धार्मिक प्रर्यटन क्षेत्रको विकासका लागि रणनीतिक रुपमा अघि बढेको छ । गाउँपालिका अन्तर्गत विभिन्न स्थानमा प्रार्य प्रर्यटनको सम्भावनालाई खोजी गर्दै विकास गर्न थालिएको हो । पालिकामा रहेका विभिन्न मठ मन्दिर, मस्जिद, चर्चलगायत, बन क्षेत्र, राप्ती नदी तथा डुडुवा नाला लगायत स्थानमा विभिन्न पर्यटन क्षेत्रको विकासका लागि दिर्घकालिन योजना अघि सारिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनु भयो । उहाँका अनुसार पर्यटकिय दृष्टिकोणले डुडुवालाई पहिचान गराउनका लागि प्रर्यटनसंग जोडेर विभिन्न परियोजना संचालन गरिएको छ । डुडुवामा अधिराज्य कै सबै भन्दा अग्लो १ सय ५१ फिटको शिव प्रतिमा (स्टेचुअप शिवा) बनाउन शुरु गरिएको छ । डुडुवा गाउँपालिका वार्ड नं. २ स्थित रामनगर पाझामा शिव प्रतिमा निर्माण गर्नका लागि जग्गामा पहिलो चरण अन्तर्गत वाउण्ड्री (वाल) निर्मा...
आर्थिक, सामाजिक लगायत क्षेत्रलाई संस्थागत गर्न नसक्नु दुःखदः अध्यक्ष यादव

आर्थिक, सामाजिक लगायत क्षेत्रलाई संस्थागत गर्न नसक्नु दुःखदः अध्यक्ष यादव

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ पुस – पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको कुनै उपलब्धी नदेखिएको टिप्पणी गरेका छन् । अवधी पत्रकार संघ, नेपालले बिहीबार नेपालगन्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘हामीले बाहिरै बसेर यो सरकारलाई समर्थन पनि गर्यौं, यत्रो दिन भईसक्यो कुनै सुधारको सकारात्मक सन्देशसम्म देखा परेका छैनन्, न आर्थिक, न राजनीतिक, न कानुन, न प्रशासनीक, न विकास निर्माणका कुनैपनि क्षेत्रमा उपलब्धी देखिदैन ।’ अध्यक्ष यादवले गणतन्त्र आएको १५ वर्ष भयो तर त्यसलाई संस्थागत हालसम्म नेपाल सरकारले गर्न नसकेको बताउँदै त्यसमा परिवर्तन ल्याउन राजनीतिक दल सफल भएपनि संस्थागत गर्न नसकी अधुरो, अपुरो रहेको बताउनुभयो । अध्यक्ष यादवले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्नुपर्ने बताए । संविधान संशोधन गर्नुपर्ने विषयमा आफ्नो पार्टीले सुरु...
नेपालगन्जमा क्रिकेट खेल मैदानको लागि पूर्व वरिष्ठ खेलाडीहरुको चासो

नेपालगन्जमा क्रिकेट खेल मैदानको लागि पूर्व वरिष्ठ खेलाडीहरुको चासो

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ पुस – खेलकुदको क्षेत्रमा नेपाल अधिराज्यभर अलग्गै पहिचान बनाउन सफल पश्चिम नेपालकै केन्द्र विन्दू नेपालगन्जमा एक पछि अर्को खेलकुदको बारेमा चासो र चर्चा हुने गरेको छ । यसै क्रममा सोमवार नेपालगन्जका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा स्थापित भइसकेका पूर्व खेलाडीहरुको एक भेलामा नेपालगन्जमा क्रिकेट खेलको लागि अहिलेसम्म खेल मैदान बन्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । पूर्व खेलाडी समाज, बाँकेको संयोजक तथा टेबुलटेनिसका राष्ट्रिय खेलाडी तथा २०२८ देखि २०३२ सम्म स्थानीय क्रिकेट खेलका प्रथम क्याप्टेन प्रकाशबहादुर श्रेष्ठको पहलमा जमघट भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको क्षेत्र मै पहिचान बनाएका पूर्व अग्रज खेलाडीहरुले राज्यको अरबौं लगानी गरेर निर्माण गरिएको नेपालगन्ज रंगशालामा क्रिकेट खेलको कुनै पूर्वाधारसम्म नबनाएको प्रति असन्तोष व्यक्त गरेका छन् । अग्रज खेलाडीहरुले ...
लुम्विनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको मन्त्री अग्रवालद्धारा निरिक्षण

लुम्विनी प्रदेश प्रहरी अस्पताल नयाँ भवनको मन्त्री अग्रवालद्धारा निरिक्षण

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १५ पुस – लुम्विनी प्रदेश प्रहरी अस्पतालमा निर्माण भएको ‘अप्रेशन थिएटर’ नयाँ भवनको निरिक्षण तथा अनुगमन गरिएको छ । लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले अस्पताल भवनको निरीक्षण गर्दै जानकारी लिनुभएको छ । साढे तीन तले सुविधा सम्पन्न अत्याधुनिक भवन तोकिएको समयावधिमा निर्माण सम्पन्न भएपनि बाँकी बक्यौता रकम निकाशा नभएपछि अझै भवन हस्तान्तरण भएको छैन । २०८१ असार १३ गते तोकिएको समयावधि भित्र भवन निर्माण कार्य सम्पन्न भएपछि अन्तिम भुक्तानीका लागि २०८१ असार २३ गते फाइल पेश गर्दा बजेट अभावको कारण देखाई भुक्तानी रोकिएको थियो । चालु आर्थिक वर्षको अहिले ५ महिनाभन्दा बढी समय विति सक्दा पनि भुक्तानी नभएपछि समस्यामा परेको निर्माण कम्पनी सनलाईट÷एनपी कन्स्ट्रक्सन जेवी नेपालगन्जका संचालक मोहनप्रकाश आचार्यले बताउनुभयो । उहाँका अनुसार भवन निर्माण सम्झौताको अवधी ...
मधेशी दलहरुबीच सहकार्यका लागि जसपा नेपालसँग वार्ता

मधेशी दलहरुबीच सहकार्यका लागि जसपा नेपालसँग वार्ता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, १४ पुस – तराई–मधेश केन्द्रित सम्पूर्ण राजनीतिक दलहरुबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र सम्वादलाई तीव्र पारेको छ । सोही क्रममा आईतबार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग सम्वाद गरेको हो । संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे साझा एजेण्डासहित एकीकृत शक्ति निर्माणका लागि जसपा नेपालसँग गहन छलफल भएको जप्रपाका नेता एवं पूर्वमन्त्री मिश्रले जानकारी दिएका छन् । जनता प्रगतिशील पार्टीको प्रस्तावप्रति जसपा नेपाल सकारात्मक रहेको उनले बताए । उनका अनुसार जसपा नेपाल पनि मधेशी दलहरुबीच सहकार्यका लागि तयार रहेको छ । जसपा नेपालसँगको वार्ता सकारात्मक रहेको बताउँदै नेता मिश्रले यसबारे थप छलफलका लागि आगा...
नेपाल निजामती कर्मचारी संगठन नरैनापुरमा मिश्राको नेतृत्व

नेपाल निजामती कर्मचारी संगठन नरैनापुरमा मिश्राको नेतृत्व

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १२ पुस – नेपाल निजामती कर्मचारी संगठन, नरैनापुर कार्यको दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । नरैनापुर सामुदायिक भवनमा सम्पन्न अधिवेशनले लक्ष्मीकान्त मिश्राको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सर्वसहमति रूपमा चयन भएको समितिको अध्यक्षमा लक्ष्मीकान्त मिश्रा, उपाध्यक्षमा जीवनलाल यादव, कोषाध्यक्षमा कमल के सी तथा सचिवमा विनोद चौधरी चयन भएका छन् । यस्तै गरि अविधेशनले समितिको सदस्यहरुमा सदस्य हुश्न बानो दर्जी, घनश्याम थारू, मनबहादुर थापा, अब्दुल हकिम गुजर, टेकबहादुर धोबी, अफरोज खाँ र राम निवास बाहुनलाई चयन गरेको छ । नेकपा एमाले निकट जिल्ला पेशागत ईञ्चार्ज कृष्ण थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य गणेश रिजाल र जिल्ला अध्यक्ष देबीलाल चौलागाई लयायतले आ–आफना मन्तब्य राखेका थिए । नवनिर्वाचित पदाधिकारीहरुलाई जिल्ला ...
जसपा नेपाल बाँके कार्यसमितिलाई पूर्णता

जसपा नेपाल बाँके कार्यसमितिलाई पूर्णता

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ५ पुस – जनता समाजवादी पार्टी नेपाल बाँकेले जिल्ला समितिलाई पूर्णता दिएको छ । नेपालगन्जमा बिहीबार भएको भेलाले ३१ सदस्यीय समिति बिस्तार गर्दै समितिलाई पूर्णता दिएको हो । समितिले यसअघि नै जिल्ला अध्यक्षमा कौशलकुमार धोवी, उपाध्यक्षद्धयमा रमारानी वैश्य, र अकबर अलि खाँ, सचिवमा सूर्यलाल यादव, सहसचिवद्वयमा श्यामप्रसाद श्रेष्ठ र राहिल किंघरिया चयन हुनु भएको थियो । भेलाको प्रमुख अतिथि एवं पार्टीका केन्द्रीय सचिवसमेत तथा नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको बिस्तार गरिएको बताउनुभयो । उहाँले सोही निर्णय अनुसार नै पार्टीको जनवर्गीय संगठन बिस्तार लगायतको कार्यक्रम निरन्तर रुपमा हुने र पार्टीको विभिन्न स्थानीय तहहरुमा संगठन निर्माण कार्यलाई प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्र...
गृहमन्त्री लेखकले दिलाए पुरुषलाई महिलाको नागरिकता

गृहमन्त्री लेखकले दिलाए पुरुषलाई महिलाको नागरिकता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३ पुस – के पुरुषले महिलाको नागरिकता पाउन सक्छन्? तपाई पुरुष हुनु भयो र नागरिकता लिन जिल्ला प्रशासन कार्यालय जानु भयो भने महिलाको नागरिकता पाउनुहुन्छ? सामान्यतया यो कल्पना बाहिरको कुरा हो। तर, पुरुषले महिलाको नागरिकता पाएका छन्। यसरी नागरिकता दिलाउने काम गरेका हुन् गृहमन्त्री रमेश लेखकले। गृहमन्त्री लेखकको दबाबसहितको निर्देशनमा जिल्ला प्रशासन कार्यालय ललितपुरले पुरुषलाई महिलाको नागरिकता दिएको हो। यसको एक मात्र आधार अनुभूतिलाई मानिएको छ। उनी पुरुष हुन्, तर, महिलाको अनुभूति हुन्छ भनेकै आधारमा गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालयलाई दबाब दिएर नागरिकता दिलाएका छन्। अनुभूतिका आधारमा पुरुषलाई महिलाको नागरिकता जारी गर्दा प्रशासन कार्यालयका कर्मचारीहरू भने अचम्ममा परेका छन्। अनुभूतिका आधारमा नागरिकता दिन किटानी साथ लेखेर आयो,सर्वोच्च अदालतको परमादेश पनि त्यही थियो,ती कर्मचारी...
संस्कृति मन्त्री बद्री पाण्डेलाई चिनियाँ प्रभावको कठपुतली भएको आरोप

संस्कृति मन्त्री बद्री पाण्डेलाई चिनियाँ प्रभावको कठपुतली भएको आरोप

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नविन थापा काठमाण्डौ, ३ पुस – संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री वद्री पाण्डेमाथि विदेशी प्रभावको साधन बनेर सांस्कृतिक उपनिवेशवाद र राष्ट्रिय सार्वभौमसत्तामा असर गर्ने गतिविधिहरू बढाएको आरोप लाग्न थालेको छ । यो आरोप नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा हस्ताक्षर गरेपछि काठमाडौँमा आयोजित नवौँ नानहाई बौद्ध सम्मेलनको आयोजनासँगै लाग्न थालेको हो । मन्त्री पाण्डेको अनुमतिमा उक्त सम्मेलन आयोजना गरिएको भनिएपछि नेपालको सांस्कृतिक र राजनीतिक क्षेत्रमा चिनियाँ प्रभावबारे गम्भीर बहस सुरु भएको छ ।   मन्त्री पाण्डे, जो कांग्रेस महामन्त्री गगन थापा र स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँग नजिक छन्, आफ्नो कार्यशैलीका कारण आलोचनाको केन्द्रमा छन् । स्रोतका अनुसार पाण्डे मन्त्री नियुक्त हुन गगन थापाको ठूलो भूमिका थियो । थप रूपमा, मन्त्री पाण्डेमाथि सातदोबाटो स्टेडियममा रहेको ...
के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता ?

के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता ?

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
अश्विन दानी मितिः २०८१ मंसिर २७ गते यदी तपाईँ पत्रकारिता गर्नुहुन्छ वा यस क्षेत्रप्रति चासो देखाउनु हुन्छ भने समयसमयमा ‘पत्रकार महासंघको कार्यालयमा पत्रकारले नै गरे तालाबन्दी’ शिर्षकको समाचार लेखेको÷पढेको या सुनेको स्मरण छ ? पत्रकार महासंघ अर्थात्, ‘सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता संगठन !’ जसको स्थापना सम्पूर्ण नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्ने उदेश्यका साथ भएको हो । तर, आखिर पत्रकारहरुले नै आफ्नो साझा संगठनमा किन तालाबन्दी गर्छन् ? यो प्रश्नको जवाफ पत्रकार महासंघका हालसम्मका नेतृत्व र भावी नेतृत्वको आशा बोकेर चुनावी मैदानमा होमिएकाहरुले दिन सक्छन् या सक्दैनन् ? त्यो मलाई थाहा छैन । तर, मलाई यो पक्कै थाहा छ । यस्तो किन हुन्छ ? किनकी, स्वतन्त्...