Tuesday, July 28सत्यम खबर
Shadow

राजनीति

उम्मेदवार सुमन मल्ल टोलटोलमा आशीर्वाद लिदै

उम्मेदवार सुमन मल्ल टोलटोलमा आशीर्वाद लिदै

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २२ माघ – बाँके निर्वाचन क्षेत्र नम्बर ३ एमालेका उम्मेदवार सुमन मल्ल घरदैलो अभियानमा जहाँ जहाँ पुग्छन्, उनलाई अबिर माला सहित आशीर्वाद दिनेको संख्या उत्तिकै बढी छ । एमालेले बाँके क्षेत्र नम्बर ३ मा स्वच्छ छबिका युवा नेता सुमन मल्ललाई टिकट दिएसंगै उत्साहित बनेको बाके एमालेका कार्यकर्ताहरु यतिबेला कार्यकर्ता भेला र भेटघाटमा ब्यस्त बन्दै गर्दा उम्मेदवार मल्ल गाउँघरमा पुग्दा उनलाई जितको शुभकामना दिन घुइँचो नै लाग्ने गरेको छ । पछिल्ला दिनहरुमा बाँके क्षेत्र नम्बर ३ को खजुरा गाउँपालिका, जानकी गाउँपालिका तथा नेपालगन्ज उपमहानगरपालिकाको टोलमा पुग्दा स्थानीयले मल्ललाई स्वाग गर्दै माला अबिर सहित आशीर्वाद र शुभकामना दिन भिड लाग्ने गरेको छ । बाँकेको खजुरा गाउँपालिकाका वडा नम्बर १ का स्थायी बासिन्दा समेत रहेका उम्मेदवार मल्लले एक कार्यकाल वडा अध्यक्ष बनेर जिल्लामा नमुना वडाको रुपमा...
महासचिवलाई कारवाही गरिएको हो, भ्रममा नपरौं : अध्यक्ष अशोक राई

महासचिवलाई कारवाही गरिएको हो, भ्रममा नपरौं : अध्यक्ष अशोक राई

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २० माघ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले इस्तियाक राईले पार्टीलाई धोका दिएकाले कारवाही गरिएको स्पष्ट पारेका छन् । पार्टीका महासचिव समेत रहेका इस्तियाक राईलाई चुनाव जित्नका लागि राजनीतिमा अनैतिक कार्य गरेकाले कारवाही गरिएको अध्यक्ष राईले बताए । अध्यक्ष राईका अनुसार पार्टीको आधिकारिक निर्णय र सिद्धान्तलाई चुनौती दिने गतिविधि सहन नसकिने भन्दै उनले इस्तियाक राईको कदमलाई पार्टीप्रतिको विश्वासघातका रुपमा व्याख्या गरेका छन् । अध्यक्ष राईले भने, “पार्टी छोडेको छैन भन्ने, तर एमाले अध्यक्ष केपी ओलीबाट सूर्य चिन्ह लिएर चुनाव लड्न आउने कार्य राजनीतिमा अनैतिक मात्र होइन, पार्टी अनुशासनमाथिको ठाडो प्रहार हो ।” बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार इस्तियाक आफु जसपाको महासचिव नै भएको भन्दै नेता तथा कार्यकर्तालाई भ्रम पार्दै आएका छन् । यसअघि जसपा नेपालबाट च...
जसपाले आफ्नै महासचिव माे. ईस्तियाक राईलाई पार्टीबाट हटायो

जसपाले आफ्नै महासचिव माे. ईस्तियाक राईलाई पार्टीबाट हटायो

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज,  १९  माघ - पार्टीकाे विधान विपरित गई नेकपा एमाले सुर्य चिन्ह लिई बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गरि चुनावमा हाेमिका पुर्वमन्त्री माेहम्मद ईस्तियाक राईलाई पार्टीले कार्वाही गर्दै पार्टीकाे महासचिव लगायत सबै जिम्मेवारी र सदस्यबाट समेत सबै हटाएकाे जनाएकाे छ । जनता समाजवादी पार्टीले आज विज्ञप्ति जारी गर्दै आगामी निर्वाचनमा पार्टीको निर्णय विपरीत कार्य गरेको भन्दै राईलाई पद तथा सदस्यताबाट निष्कासित गरिएको विज्ञप्ती मार्फत जनाएकाे छ । जसपाले नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालसँग संयुक्त रूपमा आगामी फागुन २१ गते हुने निर्वाचनमा एकीकृत चुनाव चिन्ह जाँतो (चकिया) लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको जनाएको छ। सोही अनुसार निर्वाचन आयोगमा दर्ता गरी उम्मेदवारहरू चुनावी अभियानमा सक्रिय रहेको पार्टीले उल्लेख गरेको छ । तर नेपालगन्ज उपमहानगरपालिका–१...
बैजनाथमा एमालेको सम्पर्क कार्यालय स्थापना

बैजनाथमा एमालेको सम्पर्क कार्यालय स्थापना

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १८ माघ – बैजनाथ गाउँपालिकाको सम्झना बजारमा एमाले क्षेत्र नं. ३ को सम्पर्क कार्यालय स्थापना भएको छ । सम्पर्क कार्यालयको एमाले बाँकेका उपाध्यक्ष समेत रहेका निर्वाचन परिचालन इन्चार्ज रत्न खत्री र क्षेत्र नं. ३ का एमाले उम्मेदवार सुमन मल्लले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन शत्रलाई सम्बोधन गर्दै खत्रीले अहिलेको निर्वाचन महत्वपूर्ण भएकोले कसैको बहकाउमा नलाग्न अपिल गरे । उनले एमालेको बहुमत नआए देश जर्जर अवस्थामा फस्ने बताउँदै सिंहदरवार, सर्वोच्च अदालत लगायत देशका महत्वपूर्ण संरचना जलाउनेहरुले देशलाई बर्बाद पार्ने बताए । ‘यो निर्वाचन देश बनाउने र जलाउने वीचको युद्ध हो । देश जलाएर आगो ताप्नेहरुको हातमा देश गए हामी सवै बर्बाद हुने छौँ,’ उनले भने । उनले बाँके क्षेत्र नं. ३ का मतदाताले पर्यटक उम्मेदवारलाई चिन्न र सोही अनुसार अगाडीबढ्न आग्रह गरे । ‘यसअघिको निर्वाचनमा बाहिरको...
निर्वाचन आयोगद्वारा जारी आचारसंहिता किन पालन गरेनन् उम्मेदवारहरुले ? आचारसंहिता पालना गर्न कडाई गर्दै आयोग

निर्वाचन आयोगद्वारा जारी आचारसंहिता किन पालन गरेनन् उम्मेदवारहरुले ? आचारसंहिता पालना गर्न कडाई गर्दै आयोग

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ माघ – बाँके क्षेत्र नं. २ को उम्मेदवारीमा २२ जना रहेका थिए । जस मध्ये २ जनाले आफ्नो नाम फिर्ता लिएका छन् भने अन्य क्षेत्रमा करीब ६० जना उम्मेदवारहरुले बाँकेको ३ वटै क्षेत्रबाट उम्मेदवारी दर्ता गरिसकेका छन् । हाल उम्मेदवारी दर्ता गरिसकेका उम्मेदवारहरुले आ–आफ्नो क्षेत्रमा घरघैलो, कार्यालय उद्घाटन, मतदाता भेटघाट लगायत कार्य गरिरहेका छन् । तर केही दिन अगाडी मात्र निर्वाचन आयोगले सम्पूर्ण उम्मेदवारहरुलाई राखी निर्वाचन आचारसंहिता जारी भई सकेको जानकारी गराउँदै सो पालना गर्न सबैमा अनुरोध गरेको थियो । उक्त निर्वाचन आचारसंहितालाई हाल कति पार्टीका उम्मेदवारहरुले पालना गरिरहेका छन् भन्ने प्रश्न गम्भिर रुपमा उठेको छ । बाँके क्षेत्र नं. २ कै हकमा कुरा गर्नु पर्दा हाल जसपा नेपालबाट उम्मेदवारी दर्ता गरेका उम्मेदवार कमरुद्दीन राई घरदैलोमा व्यवस्था रहेका छन् । यसैगरी नेकपा एमा...
भ्रष्टाचारको मुहान निर्वाचन खर्च : पैसाले कब्जा गरेको लोकतन्त्र

भ्रष्टाचारको मुहान निर्वाचन खर्च : पैसाले कब्जा गरेको लोकतन्त्र

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०८२ माघ १७ गते, शनिबार रमेश कुमार बोहोरा भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य संरचनाभित्र मौलाउँदै गएको भ्रष्टाचारको पहिलो ढोका भने प्रायः अदृश्य तर शक्तिशाली ढंगले निर्वाचनबाटै खुल्ने गरेको यथार्थलाई अब बेवास्ता गर्न सकिने अवस्था छैन । लोकतन्त्रको मूल आधार मानिने निर्वाचन जब पैसाको प्रतिस्पर्धामा सीमित हुन पुग्छ, त्यही क्षणदेखि शासन प्रणालीको नैतिक धरातल कमजोर बन्छ र सार्वजनिक हितभन्दा निजी लगानीको प्रतिफल खोज्ने राजनीति संस्थागत हुँदै जान्छ । निर्वाचन आयोगले उम्मेदवारले अधिकतम कति खर्च गर्न पाउने भनेर हरेक निर्वाचनअघि सीमा तोक्दै आएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन क्षेत्रको प्रकृति हेरी २२ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । कानुनी र...
सुनारको अभिब्यक्तिप्रति एमालेको कडा आपत्ती

सुनारको अभिब्यक्तिप्रति एमालेको कडा आपत्ती

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ माघ - नेकपा (एमाले) बाँके क्षेत्र नम्बर ३ निर्वाचन परिचालन समितिका संयोजक रत्न खत्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्धवार खगेन्द्र सुनारको अभिब्यक्तिप्रति भ्रत्सर्ना गर्दै कारवाहीको माग गर्नुभएको छ । लुम्विनी प्रदेशसभा सदस्य तथा पूर्ब मन्त्री खत्रीले रास्वपाका तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार सुनारले नेपालको राष्ट्रिय जनावर गाई काटेर खान पाउनुपर्ने भनि दिएको अन्तरवार्त नेपाली समाजमा सुहाउने बिषय नभएको टिप्पणी गर्नुभयो । प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै खत्रीले राष्ट्रिय जनावर गाई प्रति दिएको अभिव्यक्ति प्रति निर्वाचन आयोगको ध्यानार्कषण समेत गराउनुभयो । पुर्व मन्त्री खत्रीले सरकार छ भने यसखालका अभिब्यक्तिलाई गम्भिरता पूर्वक लिएर निगरानी गर्न सुझाव दिनुभयो । नेपालमा परापुर्वकालदेखी आदर र सम्मान गर्दै आइरहेको गाईलाई काटेर खान पाउनुपर्छ भन्ने अतिवाद...
खगेन्द्र सुनारको उम्मेदवारी खारेजीको मांग गर्दै ज्ञापन पत्र

खगेन्द्र सुनारको उम्मेदवारी खारेजीको मांग गर्दै ज्ञापन पत्र

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ माघ – देशभरी रास्वपा नेता खगेन्द्र सुनारको ‘गाई खान पाउन पर्छ’ भन्ने सन्दर्भको भिडियो भाईरल भईरहेको अवस्थामा अहिले देशभरीबाट सनातनी हिन्दू धर्मावलम्बीहरुले बिरोध जनाउँदै बिरोधका गतिविधि सार्वजनिक भईरहेका छन् । यसैक्रममा बाँकेमा रहेको विश्व हिन्दू परिषद नेपालले प्रमुख निर्वाचन अधिकृतलाई खगेन्द्र सुनारको उम्मेदवारी खारेजी सम्बन्धमा ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउने क्रममा विश्व हिन्दू परिषद नेपालका बाँके अध्यक्ष रामशंकर द्विवेदी, अधिवक्ता रामकुमार दीक्षित, कृष्णादेवी पाण्डे, मघई सिंह सरदारलगायत एक दर्शन बढी व्यक्तिहरुद्वारा निर्वाचन आयोग कार्यालय बाँके पुगी निर्वाचन प्रमुखलाई ज्ञापन पत्र बुझाईएको छ । ज्ञापन पत्रमा ‘उपर्युक्त सम्बन्धमा नेपालको संविधान, २०७२ को धारा ९ (३) मा “गाई“ राष्ट्रिय जनावर हुने भनी संवैधानिक प्रावधान रहेको छ । यसै गरी मुलुकी देवानी संहित...
हिन्दू जनजागरण अभियानको अध्यक्षमा श्याम बस्नेत र सचिवमा सन्तोष सिलवाल

हिन्दू जनजागरण अभियानको अध्यक्षमा श्याम बस्नेत र सचिवमा सन्तोष सिलवाल

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
भक्तपुर, ११ माघ – हिन्दू धर्म, संस्कृति तथा मूल्य–मान्यताको संरक्षण र समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यसहित “हिन्दू जनजागरण अभियान” को औपचारिक घोषणा गरिएको छ। उक्त अभियान हिन्दुत्व कर्तव्यसमिति अन्तर्गत सञ्चालन गरिनेछ। हिन्दुत्व कर्तव्यसमितिको बैठकले श्यम बस्नेत ज्यूको संयोजकत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गर्दै अभियानको घोषणा गरेको हो। समितिमा विभिन्न क्षेत्रका अनुभवी तथा समाजसेवी व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ। अभियानका सचिव सन्तोष सिलवाल ले जानकारी दिँदै भन्नुभयो कि, “हिन्दू धर्म र संस्कृतिको रक्षा, युवामा चेतना अभिवृद्धि, सामाजिक सद्भाव र नैतिक मूल्यको प्रवद्र्धन हाम्रो मुख्य उद्देश्य हो। यस अभियानमार्फत हामी समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्नेछौँ।” उहाँका अनुसार, अभियानले केवल धार्मिक पक्ष मात्र होइन, सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नेछ। ...
विपन्न समुदायमाथि वित्तीय घात, उनीहरुको नामको कर्जा दुरुपयोग !

विपन्न समुदायमाथि वित्तीय घात, उनीहरुको नामको कर्जा दुरुपयोग !

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ माघ ८ गते, शुक्रबार काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य निक्षेप ७४ खर्ब रुपैयाँको हाराहारीमा छ । यो रकम मुलुकको कुल गार्हस्थ उत्पादनभन्दा धरै बढी हो । अहिले चलायमान हुने समय कुरेर २५ खर्बभन्दा बढी रुपैयाँ बसिरहेको छ । अथाह निक्षेप जम्मा भैरहँदा लगानी प्रवाहमा आएको न्यूनताले बैंकिंग जगतमा हलचल मच्चिएको छ । नेपाल राष्ट्र बैंकले हप्तैपिच्छे रकम खिचिरहेको छ । कर्जा प्रवाह हुने सम्भावना न्यून भैरहँदा अर्को तथ्य पनि बाहिरिएको छ कि प्रवाहित कर्जा कुन वर्गमा बढी भयो ।बैंकहरुबाट ५० खर्ब रुपैयाँ हाराहारीमा कर्जा प्रवाह गरेका छन् । तर, पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाबाट विपन्न वर्गतर्फ प्रवाह हुने कर्जा निरन्तर घट्दै गएको तथ्य बाहिरिनु गम्भीर संकेत हो । अर्थतन्त्र सुधार हुँदै गएको तथ्यांकले निराशा हुन नदिए पनि विपन्न समुदायमा प्रवाहित ...