Wednesday, July 29सत्यम खबर
Shadow

राजनीति

६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन गृहको पत्राचार

६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन गृहको पत्राचार

आर्थिक, राजनीति, समाचार
काठमाण्डौ, २९ असोज – सरकारले ६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन स्थानीय तहहरूलाई आग्रह गरेको छ ।गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न भन्दै भत्ता उपलब्ध गराउन स्थानीय तहमा पत्राचार गरेको छ । केही समयदेखि ६० वर्षमुनिका विधवा र अति अशक्तको भत्ता रोक्का थियो । विगभाले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई बुधबार पत्राचार गरेर आर्थिक वर्ष २०७७र०७८ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन भनेको हो ।६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक दुई हजार र अति अशक्त अपाङ्गता ख वर्गका परिचय पत्र भएका लाभग्राहीले मासिक एक हजार छ सयका दरले भत्ता पाउँछन् ।...
ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसियो, बिष्णु पौडेल बने अर्थमन्त्री

ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसियो, बिष्णु पौडेल बने अर्थमन्त्री

राजनीति, समाचार
काठमाण्डौ, २८ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार ओलीले नेकपा सचिवालय सदस्य बिष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्रीले आफैं राखेका छन् ।त्यस्तै सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ नियुक्त भएका छन् भने लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाइएको छ । श्रेष्ठ सिरहाबाट निर्वाचित सांसद हुन् । उनी पूर्वएमाले हुन् । दोस्रो संविधान सभा चुनावमा उनले सिरहा–५ मा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाललाई झन्डै हराएका थिए ।यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरूङलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ ।...
स्वास्थ्यकर्मीको प्रशंसा गर्दै नगर प्रमुख राणा

स्वास्थ्यकर्मीको प्रशंसा गर्दै नगर प्रमुख राणा

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २८ असोज – नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुको आ २०७६÷७७ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई बुधबार सम्बोधन गर्दै प्रमुख राणाले नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य शाखा र स्वास्थ्यकर्मीले कोरोना महामारीका समयमा उत्कृष्ट काम गरेको बताउनुभयो । “महामारीको समयमा कुनै गुनासो नगरि काममा खटिनुभयो,” डा. राणाले भन्नुभयो– “व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर तपाईहरुले जनहितमा गर्नुभएको कार्य आफैमा महान छ । उहाँले कोरोनासँगै अन्य रोगहरु फैलिन नदिनका लागि तयारी अवस्थामा रहन आग्रह गर्नुभयो ।”नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहल...
केन्द्रको प्रयासमा शाही विरूद्धको हस्ताक्षर फिर्ता गराउने तयारी

केन्द्रको प्रयासमा शाही विरूद्धको हस्ताक्षर फिर्ता गराउने तयारी

राजनीति, समाचार
काठमाण्डौ, २७ असोज – कर्णाली प्रदेशको नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरूद्ध संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न केन्द्रले पहल चालेको छ ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना पक्षका प्रदेश सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन भनेका छन् । आईतबार शाही विरूद्ध तत्कालीन एमालेका १५ र माओवादी केन्द्रका ३ गरी १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।३३ जना मध्ये १८ जना सांसद अविश्वासको प्रस्तावको पक्षमा उभिएपछि संसदीय दलमा शाही अल्पमतमा परेका छन् । संसदीय दलमा अल्पमतमा परेसँगै उनको सरकार पनि ढल्ने भएपछि केन्द्रमा प्रचण्डले सक्रियता बढाएका हुन् ।प्रचण्डले सोमबार प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपाललाई भेटेर कर्णालीमा जे भइरहेको छ त्यसले पार्टी एकताको स्प्रिरिटलाई धक्का पुग्ने बताएक...
विभिन्न पार्टीका २७ बढी जसपामा प्रवेश

विभिन्न पार्टीका २७ बढी जसपामा प्रवेश

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २५ असोज – विभिन्न पार्टी परित्याग गरी २७ बढी नेता तथा कार्यकर्ताहरुले जसपामा प्रवेश गरेका छन् ।पार्टी प्रवेश गर्नेहरुमा राप्रपा नेपालको आदीवासी जनजाति विभागका केन्द्रीय सदस्य दिपा राना मगर, पुर्व माओवादी नेपालगन्ज उपमहानगरपालिका वडा ९ का बुथ कमिटी अध्यक्ष भुपाल सिंह खड्का, पशुपति मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, राजेन्द्र आले, हेमलता गुरूङ, आलोक पाण्डे, श्याम बुढा सुषमा अधिकारी, भबिसरा घर्ती, कबिता, राना मगर सर्मिला आचार्य लगायत २७ जना बढी रहेका छन् । पूर्व शहरी विकास मन्त्री मो. ईस्तियाक राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष राजन राना मगर, सकिल ढपाली, जसपाका नेता तथा तत्कालीन समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरूदिन राई लगायत अन्य नेताहरूको उपस्थितिमा पार्टी प्रवेश गराईएको थियो ।...
‘राप्तीपारी ३ महिना भित्र काम सक्ने गरी बिधुतीकरणको काम अगाडी बढाईने’

‘राप्तीपारी ३ महिना भित्र काम सक्ने गरी बिधुतीकरणको काम अगाडी बढाईने’

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४, असोज – बाँकेको राप्ती सोनारी र नरैनापुर विद्युतीकरण बारे अदालतले जनताको पक्षमा आदेश गरेको छ । विद्युत प्राधिकरण र जनताको बिपक्षमा ‘अन्तरिम आदेश जारी गर्न माग गरिएको भएपनि तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासले अन्तरीम आदेश जारी गनु नपर्ने भन्दै आन्तरीम आदेश जारी गरेन । अदालतका न्यायाधीस पवनकुमार शर्मा (न्यौपाने) र गोकर्ण डाँगीको संयुक्त इजलासले शुक्रबार तत्काल अन्तरीम आदेश जारी गनु पर्ने अवस्था नरहेको ठहर गरेको हो ।’ठेकेदार कम्पनी ‘श्रीम उष्मा गौरी पार्वती जेभी’ का राजेन्द्रकुमार मिश्रले असोज १३ गते नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय पाँच नम्बर प्रदेश डिभिजन कार्यालय समेतविरुद्ध अन्तरिम आदेश माग गर्दै मुद्दा दायर गरेका थिए । तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासका सूचना अधिकारी मुन्नासिंह क्षेत्रीले ‘निवेदन माग बमोजिमको अन्तरिम आदेश जारी गर्न नमिल्ने आदेश...
विभिन्न पार्टी परित्याग गरी ९० बढी जसपामा प्रवेश

विभिन्न पार्टी परित्याग गरी ९० बढी जसपामा प्रवेश

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २२ असोज – नेपालगन्ज उपमहानगरपालिका वडा न. १९ को आला नगरमा विभिन्न पार्टी परित्याग गरी जसपा नेता राजन राना मगरको अथक प्रयासमा लक्ष्मी परियारको नेतृत्वमा ९० जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा जसपा नेता तथा तत्कालीन सपा बाँके अध्यक्ष कमरुद्दीन राई, उपाध्यक्ष राजन राना मगर तत्कालीन सपा नगर अध्यक्ष श्रवण यादव, प्रदेश सदस्य रमारानी बैश्य, राजेन्द्र बिश्वकर्मा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।...
नरैनापुरद्वारा प्रदेश सरकारसँग विकासका योजना माग

नरैनापुरद्वारा प्रदेश सरकारसँग विकासका योजना माग

आर्थिक, प्रदेश ५, राजनीति, समाचार
नरैनापुर, २१ असोज – नरैनापुर गाउँपालिकाले प्रदेश योजना आयोगसँग विकासका योजना माग गरेको छ । सुगम जिल्लाभित्र रहेर पनि विगतदेखि दुर्गमको परिचय बनाउन बाध्य भई अहिले विस्तारै विकास पथमा लम्कँदै गरेको नरैनापुर गाउँपालिकाको बृहत्तर विकासका लागि लुम्बिनी प्रदेशको योजना आयोगसँग विकासका योजना माग गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । नरैनापुर क्षेत्रबाटै प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सांसद् कृष्णा केसी नमुनासँगै गाउँपालिकाका अध्यक्ष शाह, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, जिन्सी शाखा प्रमुख भरत महतो प्रदेशको अस्थायी राजधानी बुटवल पुगेर प्रदेश योजना आयोगका उपाध्यक्ष डा.ईश्वर गौतमसमक्ष विकासका योजना माग गर्नुभएको हो ।‘नरैनापुरमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनको विकास र प्रबद्र्धनका लागि संघीय र प्रदेश सरकारलाई हामीले निरन्तर तोकता गरिरहेका छौं, विकास...
भालुवाङ्ग राजधानी तोक्ने निर्णयको स्वागत, बाँकेमा आर्थिक राजधानी माग

भालुवाङ्ग राजधानी तोक्ने निर्णयको स्वागत, बाँकेमा आर्थिक राजधानी माग

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २० असोज – नेपालगन्ज उद्योग वाणिज्य संघले प्रदेश ५ को राजधानी दाङ्ग जिल्लाको भालुवाङ्ग र प्रदेशको नाम लुम्बिनी तोक्ने प्रदेश नं. ५ मन्त्री परिषदको निर्णयको स्वागत गरेको छ । प्रदेश संसदमा निर्णायार्थ पेश गरिएको उक्त प्रस्तावका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै संघले अब आर्थिक राजधानी भने बाँकेमा बनाउनु पर्ने जोडदार माग गरेको छ ।संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले बिज्ञप्ती जारी गर्दै पश्चिम नेपालको केन्द्र नेपालगन्ज, प्रदेशको राजधानी हुन सबै प्रकारले योग्य हुँदाहुँदै पनि यसलाई नजरअन्दाज गरिएको उल्लेख गरेका छन् । संघ लगायत बाँकेबासीले प्रदेश संरचना निर्माणको बहस शुरु हुँदादेखि हालसम्म नेपालगन्जलाई राजधानी बनाउनुपर्छ भनि संघर्ष गरेको स्मरण गरेको छ । बिज्ञप्तीमा भनिएको छ,– प्रदेश संसदले नाम र राजधानीको टुङ्गो लगाउँदै गर्दा फेरी पनि राजनीतिक नेतृत्वहरुको ध्या...

‘भालुवाङले दुईवटा सभ्यताको संगम गर्दै बाँके र बर्दियालाई हरित क्रान्तिमा कसैले रोक्न नसक्ने’: मुख्यमन्त्री पोखरेल

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
बुटवल, २० असोज – प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले प्रदेशको प्रस्तावि राजधानी भालुवाङ क्षेत्रले थारु र मगरात सभ्यताको प्रतिनिधित्व गर्ने दाबी गरेका छन् । प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै मुख्यमन्त्री पोखरेलले भने, ‘दुईवटा सभ्यताको संगमको रुपमा जसरी ५ नं. प्रदेश बन्यो त्यसैगरी प्रदेश राजधानको प्रस्तावित ठाउँले समेत दुई सभ्यतालाई समेट्छ ।’पोखरेलले भालुवाङले प्रदेशको साझा मनोविज्ञानको पनि प्रतिनिधित्व गर्ने दाबी गरे । मुख्यमन्त्री शंकर पोखरेलले बुटवलमा चलेको अखण्ड लुम्बिनीको आन्दोलनलाई सम्मान व्यक्त गरेका छन् ।प्रदेश सभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले अखण्ड लुम्बिनीबारे बुटवलमा भएको आन्दोलनले मधेस र पहाड छुट्याएर प्रदेश बनाउनु पर्ने मागलाई निस्तेज बनाएको जिकिर गरे । पोखरेलले बुटवलमा भएको आन्दोलनमा रुकुम, रोल्पाका जनताको पनि नैतिक समर्थन रहेको समेत द...