तत्काललाई फुल्टेक्रा तालमा माटो पटान कार्य रोक्न अदालतको आदेश, प्रमुख राणाले भोट बैंकको राजनीति गरेको आरोप
नेपालगन्ज, १२ फागुन – दशकौदेखि फुल्टेक्रा स्थित रहेको तालको विषयमा विवाद हुँदै आईरहेको हुँदा त्यसलाई आधार बनाई फुल्टेक्राबासीहरुले उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा न्यायका लागि मुद्दा दर्ता गराएका थिए ।उक्त मुद्दाका सम्मानित उच्च अदालत तुलसीपुर नेपालगन्जबाट फुल्टेक्राबासीहरुको हकमा फैसला गरियो र त्यस फैसलाको आदेशमा कि.नं. ५१५ मा अवस्थित सार्वजनिक पोखरीको सीमाड्ढन गरी अतिक्रमण रोकी संरक्षण गर्न, सरसफाई गरी सार्वजनिक प्रयोगमा ल्याउन, मानव उपयोगी बनाउने, स्थानीय सरोकारवालाहरुसँग सहकार्य गर्न समेत नेपालगन्ज उपमहानगरपालिकालाई परमादेश जारी गरिएको थियो ।
उच्च अदालतबाट परमादेश जारी भएकोमा उपमहानगरपालिकाको तर्फबाट पेश भएको लिखित जवाफबाट पोखरी संरक्षणको समबन्धमा भए गरेका काम कारवाहीको अवस्था स्पष्ट हुन नसकेकोले उक्त परमादेश बमोजिम पोखरी संरक्षणको सन्दर्भमा विपक्ष उपमहानगरपालिकाबाट कारवाह...









