Monday, April 27सत्यम खबर
Shadow

सडक संर्घसबाट सर्वोच्च अदालतलाई प्रभाबित गर्न हुँदैन : परिवार दल

काठमाडौ, ७ फागुन – नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले बिधिको शासन र सबैधानीक सर्वोच्तालाई आफनो पार्टीले आत्म साथ गर्ने बताएका छन् ।
नेपाल परिवार दल काठमाण्डौ – गण्डकी प्रदेश सम्र्पक समितिद्वारा बिहिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष ढकालले बर्तमान समस्याको समाधान सम्बादबाट खोज्नु पर्ने बताउँदै सर्वोच्च अदालतमा बिचाराधिन बिषयलाई सडक संर्घसबाट प्रभाबित गर्न नहुने बताए ।


उनले सर्बोच्च अदालतबाट आउने जुन सुकै निर्णलाई पनिदलहरु मान्नु पर्नेमा जोड दिए । ढकालले परिवार दल जातिय क्षेत्रीय, धार्मिक राष्ट्रबाद नभई नेपाली राष्ट्रबादको पक्षमा रहेको बताउँदै नेपाली राष्ट्रबाद भेनेको सबै जातधर्म भाषा र संस्कृतिलाई सम्मान अधिकार र समान आत्म सम्मान अनुभूति हुने खालको हो भन्दै परिवार दलको एक मात्र उद्देश्य नेपालीजनताको सपना साकार पार्ने उद्देश्य बोकेको बताए ।


ढकालले जुन सुकै राजनीतिक दलसँग पनि सहकार्य गरेर अव हुने निर्बाचनमा परिवार दल सहभागि हुने बताउँदै पुराना राजनैतिक दलहरुले जनतालाई पटक पटक धोका दिएकाले अब बैकल्पिक शक्ति निर्माण गर्नु पर्नेमा जोड दिए ।
दलका महामन्त्री बिनोद डाँगीले जहाँ जनता समस्यामा छन् ती ठाउँमा परिवार दल पुगेको बताउँदै परिवार दलको सदस्य बन्न जेल बसेको योग्यता नभई समाज सेवा गरेको योग्यता हुनुपर्नेमा जोड दिए । उनले परिवार दल भुकम्प, शितलहर, बाढी पिडित तथा कोभिड महामारीको बेला सहयोग लिएर जनताको घर दैलोमा पुगेको बताए ।


परिवार दलका प्रवत्ता सन्तोषकुमार पौडेलले जनतालाई सडकमा ल्यायर शक्ति प्रदर्शन गर्दैमा कुनै राजनीतिक दल ठूलो नहुने बताउँदै ठूला राजनीतिक दलले जनताका आशा भरोसा, सयम र सपना माथी खेलवार्ड गरेको आरोप लगाए । दलकी कोषाध्यक्ष एवम् संविधान सभा सदस्य मिलनकुमारी राजबंशीले नेपाली जनताले असल नेतृत्व छनौट गर्ने बेला आएको बताउँदै पार्टीले बोकेको बिचार सिद्धान्त र नेतृत्वलाई हेरेर मत दिन आँवहान गरिन ।


दलका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका संयोजक प्रकाशबाबु थापाको सभापतिमा भएको कार्यक्रमा दलका केन्द्रीय सदस्य गणेशकुमार श्रेष्ठ गोबिन्द मिश्र, लक्ष्मी भण्डारी, मनोज सुर्खेती, सन्तबहादुर पन्त, अनिल भण्डारी बुद्धिमाया पुन मगर, पियारत्न महर्जन लगायत सहभागी रहको थियो ।


भेलाले नेपाल परिवार दल काठमाण्डौ–गण्डकी प्रदेश सम्र्पक समितिको संयोजकमा टिकाराज बिश्वकर्मालाई चयन गरेको छ । बिश्वकर्मा लामो समयदेखि समाज सेवामा क्रियाशिल रहेका छन् । भेलामा गण्डकी प्रदेशबाट काठमाण्डौमा आई बिभिन्न पेशा ब्यवसाय गरेर बसोबास गरेका दजनौ ब्यातिहरुको सहभागिता रहेको थियो ।


यसैगरी, नेपाल परिवार दलले लामो सयदेखि कला क्षेत्रमा क्रियाशील कलाकारहरुलाई सम्मान गरिएको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई सम्मान गरेका हुन् ।
यसरी सम्मानीत हुनेहरुमा बरिष्ठ गायक आनन्दकार्की संगितकार शिखर सन्तोष, गीतकार सुमन बैरागी, कबि तथा गितकार रामबहादुर बिष्ट, गायिका सबिना कार्की, गायक राज सागर लोक दोहरी प्रतिष्ठान गोरखाका सचिवगायक हरिराम परियार कलाकार प्रज्वल गौतम, उरुषा जोशीलगायत रहेका छन् । कलाकारिता क्षेत्रमा पु¥याएको योदानलाई कदर गदै परिवार दलले उनीहरुलाई सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *