Sunday, May 31सत्यम खबर
Shadow

राजनीति

तीन दिने भारत भ्रमण गरेर स्वदेश फर्किए एकनाथ ढकाल

तीन दिने भारत भ्रमण गरेर स्वदेश फर्किए एकनाथ ढकाल

राजनीति, समाचार
काठमाण्डौ, २९ माघ – तीन दिने भारत भ्रमण गरेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल बिहिबार स्वदेश फर्किएका छन् । भारतमा रहँदा अध्यक्ष ढकालले भारतका पूर्व प्रधानमन्त्री एच. डी. देवगौडा, १२ औं उपराष्ट्रपति हमिद अन्सारी, भारतीय जनता पार्टी र भारतीय कांग्रेस लगायत दर्जन सांसद, नेपालका लागि पूर्व भारतीय राजदुतहरु समेत पाँच कुटनीतिज्ञ लगायतसँग भेटबार्ता तथा अन्तरक्रिया गरेका थिए ।नयाँ दिल्लीमा भएको भेटहरुमा आपसी हित र मित्रता अभिबृद्धि बारे छलफल भएको नेता ढकालको सचिवालयले जनाएको छ । पूर्व प्रधानमन्त्री देवगौडा र पूर्व उपराष्ट्रपति अन्सारी भेट्न ढकाल उहाहरु कै निवास पुगेका थिए भने अन्य सांसद तथा पूर्व राजदुतहरु केभी राजन, मन्जित पुरी लगएतसँग सांग्रिला होटेलमा छलफल गरेका भ्रमण दलमा सहभागि परिवार दलका प्रवत्ता सन्तोष पौडेलले जानकारी दिए । ढकालले नेपाली राजदुतावासमा राजदुत नि...
‘हत्य, हिंसा, बलत्कार वर्तमान कम्युनिष्ट केपी ओलीको चमत्कार’– डा. संग्रौला

‘हत्य, हिंसा, बलत्कार वर्तमान कम्युनिष्ट केपी ओलीको चमत्कार’– डा. संग्रौला

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २९ माघ – नेपाली काँग्रेस नेतृ तथा केन्द्रिय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको भन्दै हत्य, हिंसा, बलत्कार वर्तमान कम्युनिष्ट केपी ओलीको चमत्कारको आरोप लगाएकी छन् ।प्रेस युनियन बाँके शाखा अध्यक्ष अर्जुन ओलीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा केन्द्रिय सदस्य डा. संग्रौलाले उक्त भनाई राख्दै हामी तेस्रो चरणको आन्दोलनमा प्रवेश गरेको बताउनुभयो । केन्द्रिय सदस्य डा. संग्रौलाले १६, १७ दिनको अभियान अन्तर्गत बाँके जिल्ला पुगेका छौं, हामीले निर्मला पन्तको बलात्कार र हत्यापछि गृहमन्त्री बादल थापालाई प्रश्न गरेका थियौं, निर्मलाका हत्यारा, सिंह दरवार र बटुवाटारको कुर्सीमा कहाँ छन्, तपाई अपराधीलाई उजागरण गर्नुहोस् । तर हामीले सदन र सडकबाट ध्यानाकर्षण गराउँदा समेत ध्यान नगएकै हुँदा श्रंखलाबद्ध तवरले यस्ता घटनाहरु घटने गरेको बताउनुभयो । त्यस ल...
‘जनयुद्ध दिवस’ पारेर विप्लव सक्रिय

‘जनयुद्ध दिवस’ पारेर विप्लव सक्रिय

राजनीति, समाचार
काठमाडौं, २८ माघ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘जनयुद्ध दिवस’ मनाउने घोषणा गरेको छ । २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले हिंसात्मक जनयुद्ध शुरु गरेको २६ वर्ष पुग्न लागेकोमा विप्लवले सक्रियता बढाएको हो ।फागुन १ गते विप्लव समूहले जनयुद्ध दिवस मनाउन देशव्यापी तयारी गरिसकेको जनाएको छ । विप्लव समूहको धारणा सार्वजनिक हुँदै आएको इरातोखबरले जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउने जनाएको हो । विप्लव समूहले जनयुद्ध मनाउन लागिरहँदा सुरक्षा शतर्कता बढाइएको छ । विप्लव समूहले हिंसात्मक गतिविधि गर्न सक्ने भन्दै सुरक्षा निकाय शतर्क भएको बुझिएको छ ।नेपाल कम्युनिस्ट पार्टीका हालका अध्यक्ष प्रचण्डको नेतृत्वमा तत्कालिन माओवादीले १० वर्ष लामो जनयुद्ध गरेको थियो । जनयुद्धमा १८ हजारको ज्यान गएको थियो ।तत्कालिन माओवादीका नेताहरु अहिले विभिन्न राजनीतिक दलमा सक्रिय छन् ...
स्व.नेपालीकाे सम्झनामा शाेक सभाकाे आयाेजना

स्व.नेपालीकाे सम्झनामा शाेक सभाकाे आयाेजना

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २६ माघ - नेपाली काँग्रेस बाँकेका कृयाशिल सदस्य तथा नेपाल दलित संघ क्षेत्र नं. ३ का पुर्व क्षेत्रिय सभापति स्व. शंकर नेपालीकाे पुण्यतिथीमा काँग्रेस बाँकेले साेमबार शाेक सभाकाे आयाेजना गरेकाे थियाे । उक्त शाेक सभामा स्व. शंकर नेपालीले पार्टी र समाजकाे लागि दिएकाे याेगदानकाे चर्चा गरिएकाे थियाे । पुण्यतिथीकाे अवसरमा आयाेजित शाेक सभामा नेपाली काँग्रेस बाँके सभापति किरण कोइराला, क्षेत्रीय सभापति रमेश गुप्ता, प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर हमाल, माे. याकुब अन्सारी, काँग्रेस नेता प्रकाश नेपालीलगायतका नेताहरूद्वारा स्व. नेपालीले गरेकाे याेगदान बारे चर्चा गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएकाे थियाे ।...
पुर्ब प्रधानमन्त्री स्व. सुशील कोईरालाको ५ औं स्मृति दिवश मनाईयाे

पुर्ब प्रधानमन्त्री स्व. सुशील कोईरालाको ५ औं स्मृति दिवश मनाईयाे

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २६ माघ - नेपाली कांग्रेसका पुर्ब सभापति एवँ पुर्ब प्रधानमन्त्री स्व. सुशील कोईरालाको ५ औं स्मृति दिवश बाँकेमा मनाईएको छ । नेपाली कांग्रेस बाँकेले सोमवार नेपालगन्जमा स्मृति सभाको आयोजना गरि दिवश मनाएको हो । बाँके सभापति किरण कोईरालाको सभापतित्वमा सभाको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागीहरुले स्वर्गीय कोईरालाको सम्झना गर्दै सबैले स्वर्गीय कोईरालाले अंगाल्नु भएको जीवन पद्धतिको अनुसरण गर्नुपर्ने बताएका छन । सभामा बोल्दै कांग्रेस बाँकेका पुर्ब सभापति युवराज शर्माले लोकतन्त्र प्राप्तीका लागि स्व कोईरालाले सम्पुर्ण जीवन अर्पण गर्नुभएको जीकिर गर्नुभयो । शर्माले स्व. कोईरालाको सादगी र त्यागको प्रसंशा गर्दै उहाले देखाउनु भएको बाटो अंगाल्न सबैमा आग्रह गर्नुभयो । त्यस्तै पुर्ब सभापति सनतकुमार रेग्मीले बर्तमान परिवेशमा स्वर्गीय कोईरालाको बिचार झनै सान्दर्भिक भएको बताउनुभयो ।...
राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २५ माघ - जनता समाजवादी पार्टी (जसपा) बाँकेले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमत्तोमा संबिधानसभा भंग गरेको र विभिन्न संबैधानिक पदहरुमा नियुक्ती गरेको विरोधमा जसपाले अाईतबार साँझ त्रिभुवन चोकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधिसभा भंग गरेर आगामी बैशाख १७ र २७ गते मध्यावति निर्वाचनको घोषणा गर्नुभएको थियो । संबिधान विपरीत लोकतान्त्रिक मुल्यमान्यताको समेत बर्खिलापमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संबिधानसभा भंग गरेको भन्दै जसपा सडक आन्दोलनमा छ । त्यही आन्दोलन अन्तर्गत आज त्रिभुवन चोकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला जलाइएको जसपा बाँकेका अध्यक्ष कमरु...
जनमत पार्टी बाँकेको प्रथम वडा अधिवेशन सम्पन्न

जनमत पार्टी बाँकेको प्रथम वडा अधिवेशन सम्पन्न

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २४ माघ – जनमत पार्टी बाँकेद्वारा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ मा प्रथम वडा अधिवेशन आज शनिबार सम्पन्न गरिएको छ ।जनमत पार्टी बाँकेद्वारा नेपालगन्जमा सम्पन्न प्रथम वडा अधिवेशनबाट फरिद अलि बेहनाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको गरिएको छ । यसैगरी उपाध्यक्षमा खातून निशा शेष, कोषाध्यक्षमा साहरूक शेष (हवारी), सचिवमा विनोद यादव, सदस्यहरुमा क्रमशी शेरबहादुर गुप्ता, सलिमुन निशा शेष, राजकुमारी सोनी, बेचन बडही, मोहम्मद रजा दर्जी, हलीम दर्जि तथा भगोले कनोजियालाई चयन गरिएको छ । जनमत पार्टीका बेचन बढ्हीको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथीमा जिल्ला अध्यक्ष रियाज अहमद शेष रहेका थिए । अधिवेशनमा अन्य नेताहरुमा जिल्ला सदस्य जाबिर हल्वाई लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।जनमत पार्टी बाँकेले दिनप्रतिदिन बाँकेको सबै स्थानीय पालिकाहरुमा आफ्नो वडा ...
अन्तरपाटी महिला संजालको साधारण सभा सम्पन्न

अन्तरपाटी महिला संजालको साधारण सभा सम्पन्न

प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २४ माघ – अन्तरपाटी महिला संजाल बाँकेको आठौ साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्ष अम्बिका काफ्ले उपाध्यक्ष गीता राना, सचिव अछरी पोखरेल र कोषाध्यक्षमा दुर्गा बाल्मीकि रहेका छन ।यसैगरी सदस्यहरुमा नारायणी रुपाखेति, रेणु खड्का, रेखा गुप्ता, विम्मी रानी पन्थी, रिचा दुवेदी इता शर्मा, रत्न राना, दिक्षा कोइराला, सायरा दर्जी, प्रेमकुमारी शाही लगायत १जना पछि थप्ने गरी १५ जनाको कार्य समिति चयन गरेको छ । अन्तरपाटी महिला संजाल बाँकेका निवर्तमान अध्यक्ष रेखा गुप्ताको अध्यक्षतामा सम्पन्न साधारण सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष र प्रगति प्रतिवेदन सचिवद्वारा पढेर सुनाइएको थियो ।अन्तरपाटी महिला संगठन विभिन्न राजनीति पार्टीमा आवद्ध महिलाहरुको संगठन हो । नयाँ कार्य समितिलाइ पुर्व अध्यक्ष रेखा गुप्ताले खादा ओढाएर अविर लगाइ सम्मान गरेकी थिइन । सो संजालको अवधि एक बर्षको रहने छ...
वडाध्यक्ष लामाको निधनमा शोकसभा

वडाध्यक्ष लामाको निधनमा शोकसभा

प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, माघ २३ गते । बिहिवार उपचारको क्रममा राजधानीको मेडिसिटी अस्पतालमा निधन हुनुभएका नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बिष्णुबहादुर लामाको शुक्रबार अन्तिम विदाई गरिएको छ ।नेपालगन्ज उप–महानगरपालिकाको आयोजनामा कार्यालयमा श्रद्धाञ्जलीसभा सहित स्व. लामाको अन्तिम विदाई गरिएको हो । श्रद्धाञ्जलीसभामा नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले लामाको निधनबाट नेपालगन्जले लोकप्रिय र अनुभवी जनप्रतिनिधी गुमाएको बताउनुभयो ।उपप्रमुख उमा थापा मगरले स्व. लामा नेपालगन्जको विकास र समृद्धिको पक्षमा सदैब क्रियाशिल रहँदै आएको बताउनुभयो । लामाको उपचारमा उप–महानगरपालिका, जनप्रतिनिधी र कर्मचारीका तर्फबाट सक्दो सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । नेकपा बाँकेका सचिव अशोक कोइरालाले स्व. लामाको नेतृत्वमा वडामा निर्माणाधिन विकास निर्माण लगायतका अन्य कामहरु पूर्णता नै ...
ईतिहास साक्षी छ, धेरै चुरीफुरी नगर

ईतिहास साक्षी छ, धेरै चुरीफुरी नगर

कला/साहित्य, प्रदेश ५, राजनीति
२०७७ माघ २२ गते ?? कविता ?? दिवा सपनामा, कुलाङकार हरु जुर्मुराए होलान् ।तिम्रा गफ सुन्दै गर्दा अवसरवादीहरु ताली थपथपाए होलान् ?तिम्रा प्रतिगामी कदम मा तिम्रै आसेपासे सहमति जनाए होलान् ? लेनदेन तिम्रो मिलेन, त्यो तिम्रै समस्या थियो ।मैं मोज गर्छु, कुर्सीमा चिन्तन पनि तिम्रै थियो ।भ्रष्टाचार, कमिशन, लुटतन्त्र कै रमिता खेल्ने ।सरकारको नेतृत्व तिम्रै थियो । सुखी नेपाली, समृद्ध नेपाल काे, गीत गाउँदा हामी पनि खुस थियौ ।दुखी नेपाली, दरिद्र नेपाल बनाउनेमा, भूमिका तिम्रै थियो ।देशका नरेश नै जनता हुन मेरो बुझाईं मा ।आफै राजा बनेयो, गल्ती तिम्रै थियो । तिम्रो निरंकुशता तानाशाहीमा आर्यघाट कै राजा रमाए होलान् ?देशप्रतिको भावना देख्दा, हामी पनि खुसी थियौं ।स्वाधीनता काे अडान लिँदा, देखभक्त नै हुन् गौरव थियो ।अझै चुच्चे नक्सा छाप्दा, उत्सव नै मनाए ।अब आएर नियाल्दा तिमी धृष्ट राज पो रहेछौ ।...