
नेपालगन्ज, ६ फागुन – प्रेस संगठन बाँकेको नियमित बैठक एवं कोहलपुर भेला बिहिवार कोहलपुरमा सम्पन्न भएको छ । संयोजक हेमन्त बिकको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकले संगठनलाई अझ क्रियाशिल र सुदृढ गर्दै लैजाने रणनीति निर्माणका लागि यही फागुन १५ गते नेपालगन्जको होटल कलपत्रुमा जिल्ला भेलाको आयोजना गर्ने निर्णय गर्दै भेलामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण सदस्यलाई आह्वान गरेको छ ।
बैठकले साधारण सदस्यहरु यदुराज मिश्र, गिरिश गुप्ता, शम्भु थारु, लक्ष्मी तिमिल्सेना, दिपेश आचार्य, जगेश्वर थारु, अशोक थापा, अजमत अलि सिद्धिकी, सजनकुमार आरसी, कोषबहादुर खड्का, अनिता विक, ज्ञानमाया थापा र कृष्ण चौधरीलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।
भेलामा लुम्विनी प्रदेशकी कृषी मन्त्री आरती पौडेल, प्रेस संगठन लुम्विनी प्रदेशका सहइन्चार्ज रुद्र सुवेदी, नेकपाका केन्द्रीय सदस्य दिपा शर्मा, पुजन बिश्वकर्मा, नेकपा बाँकेका सचिव प्रमोद धिताल, संगठनका पूर्व उपाध्यक्ष शिव डोटेल, कोषाध्यक्ष अक्षरी पोख्रेल, नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव शकिल कादरीले मन्तव्य व्यक्त गर्नुभएको थियो भने गजेन्द्र गुरुंगले धन्यवाद ज्ञापन गर्नुभएको थियो

