ग्रामिण भेगका व्यवसायीहरुका समस्या समाधान गर्दछौं : लोकतन्त्रिक समूह
कोहलपुर, १७ फागुन – कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस समर्थक लोकतान्त्रिक समावेशी व्यवसायी समूहले आफ्नो निर्वाचन अभियानलाई तिव्रता दिएको छ ।उक्त समूहले सोमबार कोहलपुर नगरपालिका वडा नं. १२ को चप्परगौडी, रोहिणीखोला, वडा नं. १३ को खड्कवार क्षेत्रको व्यवसायीहरुसँगको भेटघाटमा ग्रामीण भेगका व्यवसायीहरुको समस्याहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएको छ । लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट संघको अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले ग्रामिण क्षेत्रका व्यापार व्यवसायी गर्दा आईपर्ने समस्याहरुलाई समाधान गर्नका लागि विशेष नीति लिई आफ्नो कार्यकालमा काम गर्ने प्रतिबद्धता समेत व्यक्ति गरेका छन् ।
व्यवसायीहरुसँगको भेटघाटका अवसरमा कोहलपुर १२ स्थित रोहिणी खोलाका व्यवसायीहरुले जडान गरेको सडक व्यक्तिको व्यवस्थापनका लागि पहल गर्नु...









