
काठमाण्डौं, ४ फागुन – नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्रतिशोधको राजनीति हैन मेलमिलाप र सहकार्यको राजनीतिक गर्नु पर्नेमा जोड दिएका छन् ।
नेपाल परिवार दल काठमाण्डौ प्रदेश १ सम्र्पक समितिद्धारा सोमबार आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष ढकालले दल हारेर भएपनि देश बचाउने बेला आएको बताएका छन् । अध्यक्ष ढकालले प्रतिनिधी सभा बिघटन बिरुद्धको रिटमा सर्बोच्च अदालतले गर्ने निर्णयलाई परिवार दले आत्म साथ गर्ने बताए । उनले सबोच्चले निर्बाचनमा जाने आदेश दिए परिवार दलले निर्बाचनमा भाग लिने समेत बताए ।
ढकालले परिवार दल जातिय क्षेत्रीय,धार्मिक राष्ट्रबाद नभई नेपाली राष्ट्रबादको पक्षमा रहेको बताउँदै नेपाली राष्ट्रबाद भेनेको सबै जात धर्म भाषा र संस्कृतिलाई सम्मान अधिकार र समान आत्मसम्मान अनुभूति हुने खालको हो भन्दै परिवार दलको एक मात्र उद्देश्य नेपाली जनताको सपना साकार पार्ने उद्देश्य बोकेको बताए । उनले नेपाली राष्ट्रबाद र सपनालाई साकार बनाउन सबै नेपालीहरुलाई अफिल गरे ।
पूर्वमन्त्री ढकालले देशका राजनैतिक दलहरु तथा नागरिकहरुका बीच तिब्र विकरण भएको प्रतिचिन्ता ब्यक्त गर्दै सबै दल तथा आम नागरिकलाई संयमता अपनाउन आग्रह गरे । ढकालले जुन सुकै राजनीतिक दलसँग पनि सहकार्य गर्न सकिने बताउँदै परिवार दल नेपाल एक घर सम्पूर्ण नेपाली एउटै परिवार भन्ने अवधारणालाई आत्मसाथ गदै अगाडि बढेको बताए ।
अध्यक्ष ढकालले पुराना राजनैतिक दलहरुले जनतालाई पटक पटक धोका दिएकाले अब बैकल्पिक शक्ति निर्माण गर्नु पर्ने बताउँदै परिवार दल सोही कार्यमा अघि बढ्ने स्पष्ट पारे । आफ्नो निहित स्वार्थको लागी झुटो आश्वासन दिने, देशलाई मुठभेड तर्फ धकेल्ने तथा आफ्नै सहयोद्धालाई बदनाम गर्दै हिड्नेहरुबाट नागरिकले थप के आशा गर्ने भन्दै अब नयाँ विचार, नयाँ नेतृत्व तथा नयाँ सुसंस्कार युक्त राजनैतिक शक्ति नेपालको आवस्यकता भएको र त्यसको नेतृत्व परिवार दलले गर्ने बताए ।
दलका महामन्त्री बिनोद डाँगीले परिवार दलले अंगीकार गरेको अग्रपंथी लोकतन्त्र सबै नेपालीलाई जोड्ने सेतु हुन सक्ने भन्दै निर्बाचनको लागी तयार रहन आग्रह गरे । डाँगीले नेपाली जनताका हरेक दुखमा निस्वार्थ साथ दिने तथा बोल्ने भन्दा काममा केन्द्रित हुने पार्टीको नाम परिवार दल हो भन्दै दलले गरेका कामहरुको जानकारी दिए । परिवार दल भुकम्प, शित लहर, बाढी पिडित तथा कोभिड संक्रमणको बेला जनातको घर घरमा पुगरे सहयोग गरेको बताए । उनले परिवार दलको पहलमा बिद्यालय समेत निर्माण भएको जानकारी दिए ।
परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलले नयाँ बिचार दिएर हिडेको राजनीतिक दललाई ठूला भनाउँदा दलहरु उठन नदिएको बताउँदै जनतालाई सडकमा ल्यायर शक्ति प्रदर्शन गर्दैमा कुनै राजनीतिक दल ठूलो नहुने बताए । भबिष्य भएको पार्टी नेपाल परिवार दल नै हो भन्दै सम्पूर्ण युबाहरुलाई आबद्ध हुन आह्वान गर्दै नयाँ पुस्तालाई आशा दिने दल परिवार दल भएको बताए ।
दलकी कोषाध्यक्ष एवम् संबिधान सभा सदस्य मिलनकुमारी राजबंशीले महिलाहरुलाई राजनीतिमा लाग्न अभिप्रेरित गदै नेताभन्दा जनता चलाख भईसकेकोले अब कुनै पनि राजनीतिक दलको झुटो आश्वासनमा नेपाली जनता नपर्ने बताईन ।
उनले नयाँ बिचारको लागि नयाँ नेतृत्वका साथ परिवार दल अगाडि बढेकोले शान्तिबादी पार्टीमा आवद्ध हुन सबैलाई आवहान गरिन । दलका केन्द्रीय सदस्य बिजय कटेल दलका केन्दीय सल्लाहकार केशबप्रसाद चौलागाई, गोबिन्द मिश्र, प्रकाशबाबु थापा, लक्ष्मी भण्डारी, मनोज सुर्खेती, गणेशकुमार श्रेष्ठ, सन्तबहादुर पन्तलगायत सहभागी रहेका थिए । भेलाले नेपाल परिवार दल काठमाण्डौ प्रदेश १ सम्र्पक समितिको संयोजकमा ढुण्डीराम खनाललाई चयन गरेको छ ।
कलाकारलाई परिवार दलको सम्मान
लामो सयदेखि कला क्षेत्रमा क्रियाशील कलाकारहरुलाई सम्मान गरिएको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई सम्मान गरेका हुन् ।
यसरी सम्मानीत हुनेहरुमा मिस राजंबशी २०१८ की सेकेन्ड रनर अफ, मिसग्रेस काठमाण्डौ २०१९ की सेकेन्ड रनर अप मोडल मनिषा राजबंशी साहित्कार शुशिला शर्मा, गायिका प्रतिमा कटेल, कलाकार ज्योती खड्का, कलाकार साहित्यकार बिजय कटेल, सबिता तामाङ टेलिभिजन प्रस्तोता बिबस राई लगायत रहेका छन् ।
कलाकारिता क्षेत्रमा पुर्याएको योगदानलाई कदर गदै परिवार दलले उनीहरुलाई सम्मान गरेको हो । सोही अवसरमा गायिका अन्जु गौतमले आफ्नो साँङगेतिक प्रस्तुति प्रस्तुत गरेकी थिईन् ।








