Tuesday, May 26सत्यम खबर
Shadow

प्रदेश ५

सरकारी सूचनामा एकाधिकारको प्रयास : प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास : प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १९ चैत्र - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खरिदसम्बन्धी सूचनाहरू केवल सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न दिएको निर्देशनले प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ । चैत १८ गतेको निर्णयअनुसार जारी गरिएको उक्त पत्रले निजी तथा स्वतन्त्र सञ्चार माध्यमहरूलाई सरकारी सूचना तथा विज्ञापनबाट वञ्चित गर्ने संकेत गरेको भन्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आपत्ति जनाएको छ । काठमाडौं शाखाले उक्त निर्णयलाई “ठाडो, असह्य र निन्दनीय हस्तक्षेप” को संज्ञा दिँदै यसले निजी सञ्चार माध्यमको आर्थिक आधार कमजोर पार्ने मात्र नभई दीर्घकालीन रूपमा तिनको अस्तित्वनै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गरेको छ । शाखाका सचिव रमेश कुमार बोहोराले प्रेस विज्ञाप्ति प्रकाशित गर्दै सरकारी सूचना र विज्ञापन निजी मिडियाका लागि प्रमुख आम्द...
प्रश्नपत्र आउट ढाकछोपको प्रपञ्च

प्रश्नपत्र आउट ढाकछोपको प्रपञ्च

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ चैत्र - आदर्श माबि परिक्षा केन्द्रमा उत्तर सहितको प्रिन्टेड प्रश्न पत्र फेला परेको गम्भिर बिषयलाई ढाकछोप गरी मिलाउने आन्तरीक प्रपञ्च भइरहेको पाइएको छ । परिक्षाको प्रश्नपत्र आउट गर्ने जस्तो गम्भिर बिषयमा दुई दिन विति सम्दा समेत कार्वाही प्रक्रिया अगाडी नबढ्दा यसले संसय पैदा गरेको छ भने उक्त बिषय थप पेचिलो बन्दै गएको छ । परिक्षा सञ्चालन भएको आधा घण्टा मानै मुनतारा इंलिस मिडियम स्कुलका बिद्यार्थीहरुबाट उत्तर सहितको प्रिन्टेड पश्न पत्र फेला परेको थियो । परिक्षाको मर्म र नियम विपरितको कार्य भएको पाइएपछि तत्काल उक्त केन्द्रका केन्द्राध्यक्षले नगर शिक्षा शाखा प्रमुखलाई फोन मार्फत घट्नाको जानकारी गराएका थिए । घट्नाका बिषयमा जानकारी भएपछि शिक्षा, युवा तथा खेलकुद शाखाले सोही दिन परिक्षा समितिको बैठक डाकेका थिए । अत्यन्तै गम्भिर बिषयमा छलफल गर्न डाकिएको उक्त बैठकमा शाखाले समिति...
र्सिजना बुढामगरको हत्यारालाई माहुरीहोमद्वारा कडा कारवाहीको माग

र्सिजना बुढामगरको हत्यारालाई माहुरीहोमद्वारा कडा कारवाहीको माग

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १७ चैत्र – नेपालगन्ज–१२ स्थित कोरियनपुरमा सिर्जना बुढामगरको हत्याको घटनाप्रति मधेस मानवअधिकार गृह -माहुरीहोम) बाँकेको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घटनालाई गम्भीरतापूर्वक अध्यन अनुसन्धान गरि दोषी माथि कडा कारवाही गर्न सरकार संग मधेस मानवअधिकार गृह -माहुरीहोम) बाँकेले जोडदार माँग गरेको छ । यो दुखद घटनाको घोर भत्सर्ना गर्दै घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतकको चिरशान्तिको कामनाको साथै सोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । घटनाका दोषी जोसुकै भएपनि यथाशिघ्र कानुनी कारबाही अघि बढाउँदै सुरक्षा व्यवस्था सुदृढ बनाउने तर्फ जिल्ला स्थित प्रहरी प्रशासनको समेत ध्यानाकर्षण गराउँदै, यस्ता दुःखद र अपराधिक घटनाहरू भविष्यमा हुन नदिनका लागि आफ्नो छरछिमेक, वरपर कसैले शंकास्पद अपराधिक योजना बनाइरहेको वा कुनै किसिमका अस्वभाविक गतिविधिहरू गरिरहेको भन्ने शंका लागेमा अ...
बैशाख ११, १२ र १३ गते नेपालगन्ज स्ट्रील फुड एण्ड बेभरेज फेस्टिभल हुने

बैशाख ११, १२ र १३ गते नेपालगन्ज स्ट्रील फुड एण्ड बेभरेज फेस्टिभल हुने

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ चैत्र – होटल व्यवसायी संघ बाँके तथा होटल संघ नेपाल -हान) को संयुक्त आयोजनामा नेपालगन्ज स्ट्रील फुड एण्ड बेभरेज फेस्टिभल हुने भएको छ । नव वर्ष २०८३ को पावन अवसरमा बैशाख ११, १२ र १३ गते आयोजना हुन लागेको नेपालगन्ज स्ट्रील फुड एण्ड बेभरेज फेस्टिभलले नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्र पर्यटन प्रवद्र्धन, धार्मिक स्थलको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने, स्थानिय परिकारको पहिचान, होटल व्यवसायको विकास गर्ने छिमेकी राष्ट्र भारतको बोर्डरबाट बढी भन्दा बढी पर्यटकलाई भिœयाउने, तारे होटलका खानाहरुलाई एकै ठाउँबाट प्रवद्र्धन गरि यस जिल्ला नगरको व्यापारलाई चलायमान गर्ने उद्देश्य लिई यस फेस्टिभलको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा बताईएको छ । होटल व्यवसायी संघ बाँके अध्यक्ष भिमलाल कंडेलका अनुसार धेरैजसो संघसंस्थाहरुसँग सम्झौता हुन बाँके रहेको हुँदा हाल आर्थिक लगानीबारे भन्न नस...
स्वधर्म सँस्कृतिद्वारा १५० बडघर -पूजारी)लाई अयोध्या धाम दर्शन

स्वधर्म सँस्कृतिद्वारा १५० बडघर -पूजारी)लाई अयोध्या धाम दर्शन

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ चैत्र – स्वधर्म सँस्कृति संरक्षण अभियान नेपालद्वारा बा“के, बर्दियाका थारु समुदायका बडघर -पूजारी)लाई अयोध्या धाम दर्शनको लागि आईतबार नेपालगन्जबाट बिदाई गरिएको छ । उक्त धार्मिक यात्रामा बाँके बर्दियाका हरेक पालिकाबाट लगभग १ सय ५० जना भन्दा बढीको सहभागिता रहेको थियो । आफ्नो स्वधर्म स्वं संस्कृति बचाउने पवित्र उद्देश्यका साथ यस अभियानद्वारा समाजको जनजाति थारु समुदायलाई लक्षित गर्दै उक्त धार्मिक यात्रा प्रारम्भ गरिएको छ । यसैवर्षबाट शुरु गरिएको पहिलो धार्मिक यात्रामा १ सय ५० जना व्यक्तिहरु । यसपछि अर्को धार्मिक यात्रामा थप लक्षित व्यक्तिहरुलाई सहभागी गराउने आयोजकले बताएका छन् ।...
पटक पटक मन्त्री बनेका प्रभु साहको सम्पत्ति छानबिनको माग पुनः चर्कियो, सरकारी अभियानले रौतहटमा बढायो आशा

पटक पटक मन्त्री बनेका प्रभु साहको सम्पत्ति छानबिनको माग पुनः चर्कियो, सरकारी अभियानले रौतहटमा बढायो आशा

आर्थिक, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
रौतहट, १६ चैत्र - पटक–पटक मन्त्री बनेका प्रभु साह विरुद्ध लामो समयदेखि उठ्दै आएको अकुत सम्पत्ति आर्जनसम्बन्धी विषय पुनः चर्चामा आएको छ। विगतमा विभिन्न समयमा उनीमाथि गम्भीर आरोपहरू लागे पनि सत्ता र शक्तिको प्रभावका कारण प्रभावकारी छानबिन हुन नसकेको भन्दै आलोचना हुँदै आएको थियो। तर, यसपटक भने परिस्थितिमा परिवर्तन आउन सक्ने संकेत देखिएको छ। हाल बालेन शाह नेतृत्वमा अगाडि बढाइएको सरकारी ओहदामा रहेका तथा रहिसकेका व्यक्तिहरूको सम्पत्ति शुद्धीकरण अभियानले देशभर तरंग सिर्जना गरेको छ। सोही अभियानको प्रभाव रौतहटसम्म पुगेपछि स्थानीय बासिन्दाहरूले पनि वर्षौंदेखि उठाउँदै आएको साहको सम्पत्ति छानबिनको माग अब सम्बोधन हुने आशा व्यक्त गरेका छन्। पूर्वमन्त्री साहमाथि आफू सत्ता र सरकारमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको, आफन्त तथा नातेदारका नाममा विभिन्न ट्रस्ट र प्रतिष्ठानहरू स्थापना गरी सम्पत्ति लुक...
गोपाल नीना फाउन्डेशन नेपालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

गोपाल नीना फाउन्डेशन नेपालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, १४ चैत्र - गोपाल नीना फाउन्डेशन नेपालद्वारा आयोजित निःशुल्क एकदिने स्वास्थ्य शिविर आज शनिबार लक्ष्मणपुर–२ नरैनापुर गाउँपालिका बाँकेको प्राथमिक स्वास्थ्य केन्द्रमा, सफलतापूर्वक तथा भव्य रूपमा सम्पन्न भएको छ। यस अवसरमा गोपाल नीना फाउन्डेशन नेपालका प्रबन्ध निर्देशक डा. गौरव श्रेष्ठले भन्नुभयो कि- “हामी यो सेवा पछाडि परेका तथा पहुँच नभएका जनताका लागि सधैं निरन्तर रूपमा प्रदान गर्दै जानेछौं ।” उक्त स्वास्थ्य शिविरमा फिजिसियन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, बालरोग विशेषज्ञ तथा छाला रोग विशेषज्ञ लगायतका अनुभवी चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। शिविरमा चार सय स्थानीय बासिन्दाहरूले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि सेवा लिएका थिए। कार्यक्रममा स्थानीय जनसमुदायको उत्साहजनक सहभागिता रहेको थियो भने स्वास्थ्य सेवाबाट वञ्चित...
साहु समाजद्वारा बृहत् भण्डारा तथा दीप प्रज्वलन

साहु समाजद्वारा बृहत् भण्डारा तथा दीप प्रज्वलन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ चैत्र - प्रत्येक वर्ष झैं यस वर्ष पनि साहू समाज जिल्ला कार्य समिति एवम् साहू समाज युवा समितिले चेते दशैं श्रीराम नवमी (श्रीराम जन्माेत्सव) को उपलक्ष्यमा त्रिभुवन चोक नजिक बृहत भण्डार सम्पन्न गरेकाे छ । उक्त बृहत भण्डारामा साहु समाज जिल्ला कार्य समिति पदाधिकारी सदस्यहरूकाे सहभागिता हुनुका साथै युवा समितिकाे समन्वय रहेकाे सचिव प्रदीप शाहले बताउनुभयाे । सचिव शाहले आज शुक्रवार माननीय प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) काे सपथ ग्रहण भएकाे हुँदा उहाँकाे सफल कार्यकाल सफलताकाे कामनाकाे लागि साहू समाज एवं साहू समाज युवा समितिले श्री राधाकृष्ण मन्दिर एवम् धर्मशालामा ५१ ओठा दीप प्रज्वलन गरी शुभ कामना समेत व्यक्त गरेकाे बताउनु भयाे ।...
बागेश्वरी मन्दिरमा विशाल भण्डारा

बागेश्वरी मन्दिरमा विशाल भण्डारा

आस्था, धार्मिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ चैत - रामनवमीको अवसरमा नेपालगन्ज स्थित बागेश्वरी मन्दिरमा डुडुवा गाउँपालिकाले विशाल भण्डाराको आयोजना गरेको छ । मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरुले भण्डारामा प्रसाद ग्रहण गरेको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार सामाजिक तथा धार्मिक कार्य अन्र्तगत मन्दिरमा आएका भक्तजनका लागि बृहत भण्डारा गरिएको हो । भण्डारामा करिब बीस हजार श्रद्धालुहरुले प्रसाद ग्रहण गरेका थिए । भण्डारामा पालिका, पालिकाका कर्मचारी र जंगली कुम्हार लगायत विभिन्न व्यक्तीहरुले आर्थिक सहयोग गरेका थिए । भण्डारामा पालिकाका कर्मचारीले आएका भक्तजनहरुलाई प्रसाद वितरण गरेका थिए ।  ...
डिजिटल साक्षरता र नागरिक प्रविधि बारे तीनदिने कार्यशाला शुरु

डिजिटल साक्षरता र नागरिक प्रविधि बारे तीनदिने कार्यशाला शुरु

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ चैत – बाँकेका युवाहरुका लागि डिजिटल साक्षरता र नागरिक प्रविधि सम्बन्धी तीन दिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ । डिजिटल लोकतन्त्र पहल परियोजना एकाउन्टविलिटी ल्याबको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्धारा नेपालगन्जमा शुक्रबारदेखि शुरु भएको कार्यशालामा सहभागी युवाहरुलाई डिजिटल प्रविधीको ज्ञान, सिप र त्यसको प्रयोगका बारेमा जानकारी गराइने छ । कार्यशालामा संबैधानिक कानूनी अधिकार, आधारभुत डिजिटल साक्षरता, डिजिटल विभाजन, डिजिटल सुरक्षा, नागरिक प्रविधी उपकरण, वकालतका लागि सामाजिक सञ्जाल, विषयबस्तुको पहिचान तथा उत्पादन लगायतका विषयमा जानकारी गराइने छ । कार्यशालामा अधिबक्ता विश्वजित तिवारी, रामु वली, राम प्रसाद आचार्य र राकेशकुमार मिश्रले सहजीकरण गर्नुहुनेछ । कार्यशाला पश्चात युवाहरुले सार्वजनिक सरोकारको विषय बस्तुको उत्पादन गरी सामाजिक सञ्जाल तथा वेभसाइट...