गोपाल नीना फाउन्डेशन नेपालद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण
नेपालगन्ज, २४ चैत्र – गोपाल नीना फाउन्डेशन नेपालद्वारा विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।
सोमवार आयोजित एक कार्यक्रमका वीच बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुर स्थित जयन्दू बाल सुधार गृहका बालकहरुका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र गुरुङ र फाउन्डेसनका सहनिर्देशक डा. तृप्ती पाल रमणले बाल सुधार गृहका प्रमुख किशोर शर्मालाई खेलकुद सामग्री हस्तान्तरण गर्नु भएको हो ।
बाल सुधार गृहलाई हस्तान्तरण गरिएका खेल सामग्रीहरुमा भलिबल ४ थान, फुटबल ४ थान, भलिबल नेट १ थान, टेबुल टेनिस २ थान, क्रिकेट बल ब्याट सहित ६ थान, लुडो ३ थान, चेस ३ थान, स्किपिङ डोरी ५ थान, क्यारेम बोर्ड ३ थान, ब्याडमिन्टन २ सेट र तौल नाप्ने मेसीन १ थान रहेको छ ।
सो अवसरमा प्रमुख अतिथि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र गुरुङले राज्यले बाल सुधार...









