Monday, May 25सत्यम खबर
Shadow

प्रदेश ५

जनताको घरघरमा मन्त्री राई

जनताको घरघरमा मन्त्री राई

प्रदेश ५, राजनीति, समाचार
सत्यमखबर नेपालगञ्ज, असोज ३१ गते । दसैंको विदामा आफ्नो गृहनगर नेपालगञ्ज पुगेका नेपाल सरकारका शहरी विकास मन्त्री मो. इस्तियाक राईले जनताको घरघरमा पुगेर दसैंको बधाई तथा शुभकामना दिनेक्रम जारी राखेका छन । शुभकामना आदानप्रदान को लागि मन्त्री राई संगै ५नम्बर प्रदेशका साँसद तथा कृषि बन तथा बातावरण समिति प्रदेश नं. ५ का सभापति बिजय बहादुर यादव र पार्टीको जिल्ला अध्यक्ष कमरुद्दिन राई स्थानीय नेता कार्यकर्ता पदाधिकारीहरु समेतको टोली रहेको समाजवादी विद्यार्थी फोरम नेपालको अध्यक्ष फैज हल्वाई ले बताए । यसैगरी मंगलवार मन्त्री राईले डुडुवा गाउँपालिकाका विभिन्न गाउँमा पुगेर जनतासंग शुभकामना आदानप्रदान गरेका छन् । सो अवसरमा होलिया, बेतहनी, बनकट्टी र कम्दीका ८ (आठ) गाउँ भन्दा बढी स्थानमा पुगेर मन्त्री राईले जनतासंग भेट गरेर उनिहरुको पिरकर्मा बुझ्नुका साथै शुभकामना आदानप्रदान गरेको हल्वाई ले बताए । सो अव...
आठौँ राष्ट्रिय प्रतियोगिताको भौतिक संरचना निर्माणमा कुनै कमी आउन नदिने मन्त्री राइको प्रतिवद्धता

आठौँ राष्ट्रिय प्रतियोगिताको भौतिक संरचना निर्माणमा कुनै कमी आउन नदिने मन्त्री राइको प्रतिवद्धता

प्रदेश ५, समाचार, समाज
बाँके,३० असोज । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जमा हुने आठौँ राष्ट्रिय प्रतियोगिताका लागि भौतिक संरचना निर्माणमा कुनै कमी आउन नदिने प्रतिवद्धता जनाएका छन । उनले समग्र बाँकेको विकासमा कुनै कसर बाँकी नराख्ने बताउँदै २५ माघ, २०७५ मा हुने आठौँ राष्ट्रिय प्रतियोगिता तयारीका लागि रकम अभाव हुन नदिने बताएका हुन । मध्यपश्चिम क्षेत्रिय खेलुकुद विकास समितिले विजयादशमी, तिहार र छठ पर्वको अवसरमा नेपालगन्जमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले राष्ट्रिय प्रतियोगिता तयारीका क्रममा भएका समस्याका बारेमा जानकारी गराउन सुझाव दिँदै समस्या र चुनौतिसहितको योजना बनाएर आए समस्या समाधान गर्न आफू तयार रहेको उनले बताए । उनले राष्ट्रिय प्रतियोगिताका लागि भौतिक संरचना निर्माणमा ढिलाई हुन नदिने समेत वचन दिएका छन । तोकिएको समयमा प्रतियोगिता संचालन गर्ने वातावरण बनाउने दायित्व आफ्नो पन...
उपेन्द्र यादवको चेतावनी पछि तिहारपश्चात संविधान संशोधनको तयारी

उपेन्द्र यादवको चेतावनी पछि तिहारपश्चात संविधान संशोधनको तयारी

प्रदेश ५, राजनीति, समाचार
सत्यम खबर काठमाडौं,२९ असोज । सरकारले तिहारपछि संविधान संशोधन गर्ने भएको छ । संघीय समाजवादी फोरम नेपालले संशोधन नभए सरकार छोड्ने र पुन आन्दोलनमा होमिने अन्तिम चेतावनी दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली तिहारपछि संशोधन गर्न तयार भएका हुन् । ओलीले तराई र आम नेपाली जनताको हितमा हुनेगरी संशोधन प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएको फोरमका नेता शिवजी यादवले जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले तिहारपछि पनि संविधान संशोधन नभए बाध्य भएर सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री ओली तिहारलगत्तै संशोधनको प्रक्रिया अगाडि बढाउन तयार भएका हुन् । यादवले भने, ‘तिहारपछि पनि प्रधानमन्त्री संविधान संशोधनको लागि यदि ठोस रुपमा अगाडि बढ्नु भएन भनेदेखि हामीले पनि बाध्य भएर सोच्नुपर्ने अवस्था आउँछ । त्यसपछि हामीले केही भनौंला ।’ नेता य...
नेपालगन्जमा ‘ग्याङ् फाइट’,दुई पक्राउ

नेपालगन्जमा ‘ग्याङ् फाइट’,दुई पक्राउ

प्रदेश ५, समाचार, समाज
बाँके,२७ असोज । नेपालगन्जमा शुक्रबार राती दुई समूहबीच ‘ग्याङ् फाइट’ भएको छ । नेपालगञ्जको डिभिजन वन कार्यालय अगाडि सुर्खेतरोडमा युवाहरुको दुई समुहबिच ‘ग्याङ् फाइट’ भएको हो । दशै डान्स पार्टीमा सहभागि हुन आएका युवाहरुको समुहबिच बिच सडकमा नै खुकुरी हानाहान भएको थियो । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको बिशेष प्रहरी टोलिले घटनास्थलबाट नै एक थान खुकुरी र एक थान रड सहित २ युवाहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुको बाँके प्रहरीले नाम र ठेगाना खुलाएको छैन । बाँके प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सक्रियता समेत बढाएको छ । ‘ग्याङ् फाइट’पछि युवाहरु भागेका थिए । ‘ग्याङ् फाइट’ गर्नेहरु भागेपछि कसलाई कति चोटपटक लागेको भन्ने बारे केही खुल्न नसकेको बाँके प्रहरीले जनाएको छ ।...
ग्राहक झोक्याउँदै ब्यापारी,खसी देखाएर बाख्रीको मासु विक्री

ग्राहक झोक्याउँदै ब्यापारी,खसी देखाएर बाख्रीको मासु विक्री

प्रदेश ५, समाचार, समाज
बाँके ,२७ असोज । तपाई दशैंमा मासु खाँदै हुनुहुन्छ ? होशियार हुनुहोस् । नेपालगन्जमा खसीको मासु भनेर बाख्रीको मासुको कारोबार बढ्दै गइरहेको छ । मासु व्यवसायीले दशैंको मौका छोपेर खसी देखाउने र बाख्री बध गरी मासु बिक्री गर्दै आइरहेको खुलासा भएको छ । नेपालगन्ज उपमहानगरको नेतृत्वमा शुक्रबार दिउँसो गरिएको मासु तथा मिठाई पसलमा अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यमाथी खेलवाड हुने गरी खसीको मासुको सट्टा बाख्रीको मासु बेचेको भेटिएको हो । उपभोक्ता हित संरक्षण समिति संयोजक एवं कार्यवाहक नगर प्रमुख उमा थापामगर नेतृत्वको टोलीले मासु र मिठाई गरि एक दर्जन पसलमा अनुगमन गर्दाको क्रममा खसीको मासु भनेर वाख्राको मासु बेचेको पाइएको छ । रामलीला मैदान नजिकको मासुमण्डीको अनुगमनमा खुला रुपमै खसीको भनेर बाख्राको मासु बचेको फेला परेको हो । पसल स्वीकृतको कागज समेत नराखेका आसिम कुरेसीको पसलबाट ६ केजी बाख्राको मासु जफत ग...
राप्ती नदीमा डुबेर दुई बालिकाको मृत्यु

राप्ती नदीमा डुबेर दुई बालिकाको मृत्यु

प्रदेश ५, समाचार, समाज
बाँके(नरेैनापुर), २७ असोज । नरैनापुर गाउँपालिकाको मटेहियामा राप्ती नदीमा डुबेर शुक्रवार दुई बालिकाको मृत्यु भएको छ । बाख्रा चराउन गएका बेला नदीमा नुहाउने क्रममा नरैनापुर गाउँपालिका वडा नम्बर ५ का जफर शेषकी ६ बर्षीया छोरी सरिफुन शेख र वडा नम्बर ५ कै आरिफ शेषकी ९ बर्षीया छोरी प्रमिला शेखको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरले जनाएको छ । बालिकाहरुको मृत्युको खबर सुनेर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह सहितको टोली घटनास्थल पुगेर घटना बारे जानकारी लिएको शाहले बताएका छन । घटनास्थल पुगेका शाहले घटना अत्यन्त दुःखद् भएको बताए । अध्यक्ष शाहले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति समबेदना प्रकट गरे ।...
कुसुममा पुग्ने भयो बिजुली,२३ गते उर्जामन्त्रीबाट उद्घाटन

कुसुममा पुग्ने भयो बिजुली,२३ गते उर्जामन्त्रीबाट उद्घाटन

प्रदेश ५, सूचना-प्रबिधि
सत्यम खबर बाँके,२१ असोज । बिगत लामो समय देखि टुकी र सौर्य उर्जाको भरमा रहँदै आएको बाँकेको पुर्वी क्षेत्र राप्तीसोनारी गाउँपालिका १ कुसुममा दशै अगाडि नै बत्ति बल्ने पक्कापक्की भईसकेको प्रदेश सांसद कृष्णा केसीले बताएकीछन । यसका लागि असोज २३ गते मंगलबार उर्जामन्त्री बर्षमान पुनले एक कार्यक्रमका बिच उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रदेश सांसद केसीले जानकारी दिइन् । यसअघि पटक–पटक म्याद थप्दासमेत विद्यूतीकरणको काम अलपत्र परेको थियो । प्रदेश सांसद नमुनाका अनुसार दशै अगाडि साविक खासकुश्माको सौरीदेखि बर्दापुर गाउँसम्म बिजुली बाल्ने तयारी गरिएको छ । कुसुमको राप्तीनदी पारीको क्षेत्र बाहेक वारीका सबै स्थानहरुमा बिजुली बल्ने भन्दै नेपाल विद्युत प्राधिकरण क्षेत्रीय प्रमुख मनोजकुमार सिंहले त्यसका लागि ९ वटा ट्रान्सफर्मर जडान गरी परिक्षण समेत गरिसकिएको बताए । लामो समयदेखि अवरुद्व रहेको विद्यूतीकरणको...
उपयुक्त स्थान नै प्रदेश नं ५ को राजधानी बन्ने ः सभामुख घर्ती

उपयुक्त स्थान नै प्रदेश नं ५ को राजधानी बन्ने ः सभामुख घर्ती

प्रदेश ५, राजनीति
सत्यम खबर बाँके,२१ असोज । प्रदेश नं ५ का सभामुख पुर्ण घर्तीले बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रममा अब राजधानीको बहस शुरु भएको बताएका छन् । कोहलपुर नगरपालिका भित्रका संघसंस्था,नागरिक समाजका प्रतिनिधि,बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता सँगको छलफलका क्रममा सभामुखले राजधानीको बहस शुरु भएको बताएका हुन् । छलफलमा सहभागीले सरकार ,नेकपा पार्टी र प्रदेश नं ५ का सन्दर्भमा जिज्ञासा राखेका थिए । सभामुख घर्तीले राजधानी भौगोलिक सुगमता,प्रशासनिक सुगमता,वातावरणिय अनुकुलता र सुरक्षाको दृष्टिकोणले उपयुक्त स्थान नै प्रदेश नं ५ को राजधानी बन्ने दाबी गरे । सभामुख पुर्ण घर्तीले अबको समाजवाद कस्तो हो ? नेकपा भित्र बहस शुरु भएको पनि खुलासा गरे । नेकपा कोहलपुरका नेता खिल प्रसाद भुषालले नेकपा ठुलो पार्टी तथा दुई तिहाईको सरकार भन्ने जस्ता कुरालाई इंगित गर्दै हामीलाई आकारले नखाओस् भन्दै संगठन र सरकार बारे सचे...
नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर ,४५० लाभान्वित

नरैनापुरमा निःशुल्क स्वास्थ्य शिविर ,४५० लाभान्वित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
बाँके, २० असोज । बाँकेको नरैनापुर गाउँपालिकामा गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ५० स्थानीय लाभान्वित भएका छन् । सरयु मिडिया नेपालगञ्जको आयोजना एवम् नरैनापुर गाउँपालिकाको समन्वयमा शनिवार गरिएको स्वास्थ्य शिविरमा सबैभन्दा बढीले आँखा जाँच गराएका थिए । त्यस्तै छाला, पेट, छातीको समस्या भएका विरामी पनि धेरै आएको नेपालगञ्ज मेडिकल कलेजका फिजिसियन डा.सुभाष योगीले जानकारी दिए । केही जटिल प्रकृतिका विरामीहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । फिजिसियन डा. योगी सहित फत्तेबाल आँखा अस्पतालका मेडिकल डाइरेक्टर आँखा रोग विशेषज्ञ डा.देवराज भारती लगायतको चिकित्सक टोलीले शिविरमा स्वास्थ्य जाँच गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले जानकारी दिए । विशेषज्ञ डाक्टरको उपस्थितिमा स्थानीयलाई गाउँमै स्वास्थ्य सेवा दिन शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक...
बाँकेको सडक दुर्घटनामा मृतक र घाईते सबैको सनाखत

बाँकेको सडक दुर्घटनामा मृतक र घाईते सबैको सनाखत

प्रदेश ५, समाचार, समाज
सत्यम खबर बाँके,२० असोज । बाँकेको राप्ती सोनारी गाउँपालिका ९ मुगु खोला नजिकै शनिवार बिहान भएको सडक दुर्घटनामा मृत्यु हुने सबै जनाको सनाखत भएको छ । दाङबाट नेपालगञ्ज आईरहेको रा १ ज १६६२ नम्बरको हायस कोहलपुरबाट पूर्व जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्किँदा ६ जनाको मृत्यु भएको हो भने १७ जना घाईते भएका छन् । पूर्वपश्चिम राजमार्गमा बिहान ९ बजे भएको दुर्घटनामा हायसमा सवार २३ जनामध्ये ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने २ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए । घटनामा पश्चिम दाङकी ३० वर्षीया तुल्सी रावत, तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ बस्ने २८ बर्षीया बसन्ती चौधरी, सोही ठाँउ बस्ने ५० बर्षीया नारायणी श्रीष, तुलसीपुर ६ का हायस चालक ३८ बर्षीय सुवन च...