Tuesday, May 26सत्यम खबर
Shadow

प्रदेश ५

बसुदेवपुर पुर्ण खोप सुनिश्चतता वडा घोषणा

बसुदेवपुर पुर्ण खोप सुनिश्चतता वडा घोषणा

प्रदेश ५, शिक्षा/स्वास्थ्य
बाँके, ९ चैत्र । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १९ बसुदेवपुरलाई पुर्ण खोप शुनिश्चतता भएको वडा घोषणा गरिएको छ । बसुदेवपुर स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रमका बीच वडालाई पुर्ण खोप शुनिश्चतता भएको वडाको रुपमा घोषणा गरिएको बसुदेवपुर स्वास्थ्य चौकीका ईन्चार्ज सुनिलरत्न ब्रजाचार्यले बताएको छन । पुर्ण खोप वडा शुनिश्चतता भएको घोषणा अभियान अन्र्तगत आयोजित घोषणा कार्यकैममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको निमित्त जनस्वास्थ्य प्रमुख प्रेम केसीले घोषणा मात्र गरेर नभई यसको कार्यान्वयनमा पनि सबै पक्ष समान रुपले जिम्मेवार हुनुपर्नै बताए । प्रमुख अतिथिको आसन बाट बोल्दै प्रमुख केसीले पुर्ण खोप शुनिश्चतता भएको वडाको रुपमा निरन्तरतामा पनि ध्यान दिन महत्वपुर्ण रहेको बताए । १५ महिना मुनिका सबै बालबालिकाहरुलाई आधारभुत पुर्ण खोप सुबिधामा पहँुच पुरयाउने राष्ट्रिय लक्ष्यका आधारमा वडा लाई पुर्ण...
पुरैनाको सुत्केरीगृह सञ्चालनको पहल शुरु

पुरैनाको सुत्केरीगृह सञ्चालनको पहल शुरु

प्रदेश ५, शिक्षा/स्वास्थ्य
`pबाँके, ७ चैत्र । नेपालगञ्ज सँगै मिलेर रहेको पुरैनाकी महिलाहरु सुत्केरी हुँने बेला नेपालगञ्जको भेरी अस्पताल तथा नेपालगञ्ज मेडिकल कलेज धाउनुपर्ने अवस्थाको अन्त हुने भएको छ । नेपालगञ्ज उपमहा नगरपालिकाको वडा नम्बर २१ पुरैना अन्र्तगत रहेको सो सुत्केरी गुहको बाटोको लागि जग्गा नपाँउदा बाटो निर्माण हुन सकिरहेको थिएन । नवनिर्मित पुरैनाको सुत्केरी गृह सम्म जाने बाटो नभएकोले निर्माण भएको बर्ष दिन बितिसक्दा पनि सञ्चालनमा नआउँदा त्यहाका महिला सुत्केरी हुने बेला नेपालगञ्ज ल्याउने पर्ने बाध्ता रहेको थियो । वडा कार्यालय तथा पुरैना स्वास्थ्य चौकीको निरन्तर प्रयासमा बाटोमा रहेको जग्गाधनी हरु जग्गा उपलब्ध गराई सकेर बाटो बन्ने प्रक्रियामा रहेको वडाध्यक्ष रञ्जित खानले बताएका छन । सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक बिकास मञ्चले बुधवार आयोजना गरेको स्वास्थ्य चौकीको सामाजिक परिक्षणमा बोल्दै वडाध्यक्ष खानले जग...
नरैनापुरको कट्कुइँयामा क्रिकेट टुर्नामेन्ट

नरैनापुरको कट्कुइँयामा क्रिकेट टुर्नामेन्ट

कला/साहित्य, प्रदेश ५
बाँके,२६ फागुन । बाँकेको नरैनापुर गाउँपालिकाको मँझरेटीमा आइतबारदेखि क्रिकेट टुर्नामेन्ट शुरु भएको छ । युवा तथा खेलकुद व्यवस्थापन समिति कट्कुइँयाको आयोजना एवम् नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा कट्कुइँया मँझरेटीस्थित खलिफा रंगशालामा शुरु भएको प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले उद््घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शाहले खेलले नै विभिन्न जातजाति, धर्म, सम्प्रदायलाई जोड्ने भएकाले यस्ता खाले प्रतियोगिताले सामाजिक सद्भाव र मेलमिलाप बढाउन भूमिका खेल्ने बताए । खेलकुदको विकासका लागि आफूले हरसम्भव पर्यत्न गर्ने अध्यक्ष शाहले बताए ।   अध्यक्ष शाहले खेल मैदानको विकास र स्तरोन्नति गर्ने प्रतिबद्धता समेत जनाएका छन । उनले अब निर्माण हुने रंगशालाले नरैनापुरको खेल क्षेत्रको विकासमा टेवा पुग्ने जिकिर गरे । प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले खेलकुदको विक...
बाँकेका युवालाई जीवनोपयोगी सीप प्रदान

बाँकेका युवालाई जीवनोपयोगी सीप प्रदान

प्रदेश ५, श्रम/रोजगार
नेपालगञ्ज । स्थानिय स्तरमै स्वरोजगार बनाउने उद्धेश्यले बाँकेका बिभिन्न क्षेत्रका युवालाई जीवन उपयोगी सीप प्रदान गरिएको छ । नेपालगञ्जमा सञ्चालित चार दिने तालिममार्फत युवालाई जीवन उपयोगी सीप प्रदान गरिएको हो । सेफ द चिल्ड्रेनको सहयोगमा सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेले युवा सशक्तिकरण बुलगारी परियोजनाअन्तर्गत गरेको कार्यक्रमले बेरोजगारी समस्या समाधान गर्न युवाहरुलाई प्रोत्साहित गर्ने सहभागी कृष्ण ठकुरीले धारणा राखे । तालिमको समापन कार्यक्रममा बोल्दै उनले यस तालिमले आफ्नो बानीमा धेरै सुधार आएको बताए । कार्यक्रममा युवा महिला सहभागी नुरजहाँले तालिमले उद्यम गर्न सहज बनाएको बताइन् । उनले उद्यमको शुरुवात गर्नेलाई तालिमले सबै कुरा सिकाएको हुँदा अन्य युवालाई पनि यस्ता कार्यक्रममा सहभागी गराउन अनुरोध गरिन् । नेपालगञ्ज उपमहानगरपालिकाको बिभिन्न वडाका युवाको सहभागिता रहेको कार्यक्रमलाई समापन गर्दै ए...

बाँकेको नरैनापुर र बैजनाथमा १५ सैयाको अस्पताल बन्ने

प्रदेश ५, समाज
बाँके,१३ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेका दुईवटा प्रथामिक स्वास्थ्य केन्द्रलाई १५ सैयाको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरेको छ । मन्त्रालयले बैजनाथ गाउँपालिकाको बनकटवा प्राथमिक स्वास्थ्य केन्द्र र नरैनापुर गाउँपालिकामा रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका रामबहादुर चन्दले जानकारी दिए । बाँकेको खजुरा गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अस्पतालका लागि प्रर्याप्त भौतिक पुर्वाधार सम्पन्न भएका कारण यसअघि नै अस्पतालको रुपमा स्तरोन्नती गर्नका लागि माग हुँदै आएपनि मन्त्रालयले सो प्राथमिक स्वास्थ्य चौकीलाई भने अस्पतालको रुपमा स्तरउन्नती गर्ने लिस्टमा पर्न सकेको छैन । यसैगरी मन्त्रालयले स्वास्थ्य चौकी नभएका वडामा स्वास्थ्य चौकी निर्माण गर्ने निर्णय समेत गरेको छ । बाँकेको खजुरा गाउँ...
पत्रकार यादव सम्मानित

पत्रकार यादव सम्मानित

प्रदेश ५, समाचार
पत्रकार यादव सम्मानित नेपालगन्ज,९ फागुन । पत्रकार गुरमरत यादव सम्मानित भएका छन । यादवलाई सौर्य राष्ट्रिय दैनिकले आफनो ८ औं वाार्षिकोत्सवको अवसरमा काठमाँडौमा सम्मानित गरेको छ । जिल्ला रिपोर्टरका रुपमा बिगत २ बर्षदेखि पत्रिकामा काम गर्दै आएका यादवलाई सम्मान गर्दै सौर्य राष्ट्रिय दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाटीले भने,‘हामी हरेक बर्ष पत्रिकामा बिशेष योगदान पुरयाएका सम्बाददाता हरुबाट छनौट गरि उत्कृष्टहरु लाई सम्मानित गर्ने गरेका छौ,। ८ औं वाार्षिकोत्सवको अवसरमा यस बर्ष भने बाँके बाट यादव र सल्यानबाट मीना बुढाथोकीलाई सम्मानित गरिएको वरिष्ठ सम्पादक त्रिपाठीले बताए । वाार्षिकोत्सवका अवसरमा सौर्य दनिकका अध्यक्ष पदम शाह, कार्यकारी निर्देशक बसन्तनाथ पन्त र प्रधान सम्पादक बोधराज त्रिपाठीले दोसल्लासहित सम्मानपत्र हस्तान्तरण गरे । यसरि सम्मानित हुनेहरुमा स्थापना कालदेखि नै पत्रिकामा आबद्ध पत्...
“भन्सार छली नियन्त्रण गरौ–भन्सार प्रमुख निरौला”

“भन्सार छली नियन्त्रण गरौ–भन्सार प्रमुख निरौला”

प्रदेश ५, श्रम/रोजगार
बाँके,१२ माघ । अन्र्तराष्ट्रिय भन्सार दिवशको अवसरमा शनिबार नेपालगञ्ज भन्सार परिसरमा आयोजित कार्यक्रममा चोरीपैठारी र सामाग्रीको मुल्यांकनका बिषयमा भन्सारका प्रमुख र उद्योगी, व्यवसायीबीच करका बारे छलफल भएको छ । भन्सार प्रमुखले राजश्व छलीलाई बहादुरी सम्झिने प्रबृद्धि बढेको भन्दै घुमाउरो भाषामा व्यवसायीलाई कठ्घरामा उभ्याए भने आयात, निर्यात हुने सामाग्रीको स्वघोषणामा समेत व्यवसायीहरु इमानदार बन्न नसकेको आरोप लगाए । भन्सारका थुप्रै चुनौतीका बिषयमा आफ्नो बिषय राखेका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले भने,‘हामी कहाँ राजश्व छली गर्न सकियो भने बहादुरी सम्झिने गरिने प्रबृत्ति छ ।’ भन्सारलाई व्यवस्थित गर्न खोज्दा अवरोध सिर्जना गर्न खोजिएको पनि निरौलाले गुनासो गरे । राज्यप्रति जिम्मेवार बन्न उद्योगी, व्यवसायीलाई आग्रह गर्दै निरौलाले चोरीपैठारी नियन्त्रणमा सघाउनुपर्ने बताए । उनी लगत्तै बोलेका बर...
“हिंउदे बर्षाले एकको ज्यान गयो,१५ करोडको क्षति”

“हिंउदे बर्षाले एकको ज्यान गयो,१५ करोडको क्षति”

प्रदेश ५, समाज
बाँके,१२ माघ । शुक्रवार भएको हिउँदे बर्षातका कारण बाँकेमा ठुलै क्षति भएको छ । दिन भरिको बर्षातका कारण बाँकेमा ईट्टा व्यवसायीहरुलाई १५ करोड बढीकोे क्षति व्यहोर्नु परेको छ । सिजनको मध्य भागमा भएको बर्षातका कारण व्यवसायीले ठूलै क्षति व्यहोर्नु परेको ईट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले जानकारी दिएका छन । बेमौसमी बर्षातका कारणले बाँकेका ५२ र बर्दियाका १८ गरी ७० ईट्टा व्यवसायीहरु लाई करिब सात करोड बढी काँचो ईट्टा काम नलाग्ने गरी नष्ट पारेको खानको भनाई छ । जसका कारण १४ करोड ४० लाखको क्षति ईट्टा व्यवसायीले व्यहोर्नु परेको उनी बताउँछन् । एउटै व्यवसायीको पकाउन राखिएका १० लाखसम्म ईट्टा गलेर काम नलाग्ने भएको बाँकेका सुमन ईट्टा उद्योगका सञ्चालक फयाज अलीले बताए । ब्यवसायी अलीका अनुसार शुक्रबारको बर्षातले प्रत्येक ईट्टा व्यवसायीको १५ देखि २० लाखका दरले क्षती भएको अनुमान गरिएको छ । यो बर्षातम...
सहरी बिकास मन्त्री राईको शुभकामना अभियान चौथो दिन पनि जारी

सहरी बिकास मन्त्री राईको शुभकामना अभियान चौथो दिन पनि जारी

प्रदेश ५, समाचार, समाज
सत्यमखबर बाँके,१ कार्तिक । गत सोमवार दसैंको विदामा आफ्नो गृहनगर नेपालगञ्ज आईपुगेका नेपाल सरकारका शहरी विकास मन्त्री मो. इस्तियाक राईले नागरिकसँगको भेटघाट तथा दशैको शुभकामनालाई बिहीवार चौथौ दिन पनि निरन्तरता दिएका छन । बुधवार पुरैना,हिरमिनिया,भवानीयापुरको झण्डै एक दर्जन गाँउमा आयोजित कार्यक्रममा पुगेका मन्त्री राई बिहीवार नेपालगञ्ज उपमहानगरपालिकाको बिभिन्न वडामा पुगगेर शुभकामा आदान प्रदान र भेटघाट गरेको सँघीय समाजबादी फोरम नेपाल बाँकेका अध्यक्ष कमरुद्धीन राईले बताएका छन । बिहीवार मन्त्री राई सहितको टोली नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १९ बसुदेवपुरको फुटहा, सुईया ,बगवानन पुरवा, वडा नम्बर २२ पुरैनीको किगरियनपुरवा,पुरैनी ,मनिकापुरको बिभिन्न गाँउ तथा उपमहानगर पालिका को कारकाँदो,भुजई गाँउ लगायतका गाँउमा पुगेर आयोजित कार्यक्रममा सहभागी भएको अध्यक्ष राईले बताए । कार्यक्रममा उपस्थित नागरिकहर...
राजनैतिक पुर्वाग्रहको आधारमा नाम सिफारिस नहोस—मन्त्री राई

राजनैतिक पुर्वाग्रहको आधारमा नाम सिफारिस नहोस—मन्त्री राई

प्रदेश ५, समाचार, समाज
सत्यमखबर नेपालगञ्ज, ३१ असोज । शहरी विकास मन्त्री मोहम्म्द इस्तियाक राईले जनता आवास तथा शुरक्षित आवास कार्यक्रम मार्फत लाभान्वित हुने नागरिकहरुको तथ्याङ्क सँकलन तथा नाम सिफारिसमा खटिने ब्यक्ति गम्भीरता पुर्वक सत्यतथ्यमा आधारित रहेर सिफारिस गर्नुपर्ने बताएका छन । दसैंको विदामा आफ्नो गृहनगर नेपालगञ्ज पुगेका नेपाल सरकारका शहरी विकास मन्त्री दशैको शुभकामना आदान प्रदान गर्दै सो कुरा बताएका हुन । जनताको घरघरमा पुगेर दसैंको बधाई तथा शुभकामना दिनेक्रममा नेपालगञ्ज उपमहा नगरपालिकाको पुरैनामा एक छलफलका क्रममा मन्त्री राईले भने,राजनैतिक पुर्वाग्रहको भावना वा प्रभावमा नभएर बास्ताविकताको आधार नाम सिफारिस होस । जुनसुकै पार्टीको बिचार बोकेको मान्छे भएपनि उसको समस्या हेरेर, प्राथमिकता दिने बताँउदै गलत मान्छे सिफारिस गर्नेको गल्ती क्षम्य नहुने सम्बन्धित सबेैलाई मन्त्रीराइर्ले सचेत गराएका छन । यस्तै गरि म...