
नेपालगन्ज, ११ श्रावण– आजको समयमा अनौठो भन्ने केही छैन भन्ने उदाहरणका रुपमा बनेका छन् मो. रिहान । मो. रिहान नेपालगन्जका कारोबारी एवम् समाजसेवी रहमान मियाँका चार भाई छोरा मध्ये कान्छो छोरा हुन । उनीलाई कक्षा १२ मा नेपालगन्ज कै बोर्डिङ्ग स्कूलमा अध्ययनरत १९ वर्षका विद्यार्थीको रुपमा समेत लिन सकिन्छ । 
तर उनको क्षमतालाई हेर्दा कुनै पर्खर कारोबारीभन्दा कम्ती छैन् भन्दा फर्क पर्ने छैन । नेपालगन्जमा मिडलाज ग्रुपको स्थापना गरी त्यसबाट उनले धेरै कारोबार गर्ने सोच रहेको बताउँछन् ।
मो. रिहानका अनुसार हाल उनले भारतीय कम्पनी अमूलबाट कानुनी रुपमा स्वीकृत लिई उक्त कम्पनीको उत्पादनलाई नेपाल भरी बजारीकरण गर्ने बताउँछन् । हाल मिडलाज टे«डिङ्गबाट दाङ, सुर्खेत, बुटवल, भैरवा लगायत १० ठाउँमा डिलरको स्थापना गरी कारोबार सञ्चालन गर्दै आएका छन् ।
हाललाई उत्पादित सामानहरुमा अमूल बटर, अमूल चिज, अमूल चकलेट, अमूल आईसक्रिम, अमूल कुल, अमूल लस्सी लगायत ६ सय बढी खाद्यय आईटमहरु बजारमा उपलब्ध रहेको बताउँछन् ।
मो.रिहानका अनुसार यस कम्पनीद्वारा उत्पादित सामानहरु स्वास्थ वर्धक रहेको तथा नेपाल सरकारलाई समेत ४५ देखि ५५ प्रतिशत भन्सार डियुटी, राजस्व लगायत बुझाउँदै आएको बताए ।
भर्खरको १९ वर्षे युवा अवस्थामा प्रायः केटाकेटीहरु लागू औषधको लत, खेलकुल, विदेश जाने, बुवा–आमा माथि निर्भर हुने लगायतका सोंचमा फसेका हुन्छन् भने उनको सोच छुट्टै रहेको पाईन्छ । उनी भन्छन् – “म नेपालको नागरिक भएपछि जे गर्नु छ, नेपाल मै गरौं, यहाँ कारोबार गरेपछि यहाँका नागरिकहरुले रोजगार पाउनुका साथै घरपरिवारको समिप बस्ने मौका समेत पाउने छन् भने आफूलाई चिनाउन समेत सजिलो हुनेछ ।”
उनी अगाडी थप्छन् – “मैले यो कारोबार सबै वर्गलाई ध्यानमा राखी सञ्चालन गरेको छु, यसमा ठेलादेखि ट्रकसम्म लगानी गर्ने व्यक्तिले सजिलै कारोबार गर्न सक्नेछन् । मैले कसैलाई मना गर्दैन्, उसले चाहना राख्नु जरुरी देखिन्छ ।”
मो. रिहाल आउने दिनमा थप कारोबारमा मिडलाज ग्रुपद्वारा मिडलाज टेक्नोलोजी, मिडलाज रियल स्टेट, मिडलाज फुड, मिडलाज एग्री कल्चर सम्बन्धी कार्य सञ्चालन गर्ने बताउँछन् ।
हाल उक्त ग्रुपद्वारा मिडलाज टे«डिङ्ग, मिडलाज ईण्डष्ट्रीज सञ्चालन रहेको छन् । मिडलाज ईण्डष्ट्रीजबाट प्लाई, ढोका आदिको निर्माण र बजारीकरण गरिने बताए । हालको लगानीलाई हेर्दा समेत करौडो भएको उनी बताउँछन् ।
मो.रिहानको भनाई अनुसार नागरिकता बनाउनु अगाडी नै मोबाईल स्क्रीन गार्ड बनाउन पहिलो प्रयास गर्दा सफलता हात लागेको थियो । जसको लागि चाईनाबाट मेशिन खरीद गरी, विभिन्न समयमा ईन्जिनियरहरुबाट तयार गरी हाल दाजुको नामबाट दर्ता रही कारोबार हुँदै आएको बताए ।
