डुडुवा, ८ श्रावण– ५ नं. प्रदेश सरकारको कृषि स्मार्ट गाउँ कार्यक्रम अन्तर्गत डुडुवा गाउँपालिका वडा नं. ३ का किसानहरुलाई कृषि सामाग्री बितरण गरिएको छ ।
परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक कृषि प्रणाली अपनाउने प्रदेश सरकारको नीति अनुसार किसानलाई प्रविधिसँग जोड्न कृषि स्र्माट गाउँको अवधारणा ल्याईएको छ ।
बाँके निर्बाचन क्षेत्र नं. २ का सांसद तथा पुर्व शहरी विकास मन्त्री मो.इस्तियाक राई तथा प्रदेश सांसद कृषि वन तथा वातावरण समितिका सभापति बिजयबहादुर यादवले बिहिबार बनकट्टी कृषि स्मार्ट गाउँका ६१ जना किसानलाई पानी तान्ने पम्पसेट मोटर, घाँस काट्ने मेसिन, दुध राख्ने क्यान र डि–फ्रिज बितरण गरेको बनकट्टीका स्थानीय बासिन्दा समेत रहेका सञ्चारकर्मी राजेन्द्र विश्वकर्माले जानकारी दिएका छन् ।