खजुरा, ९ श्रावण– खजुरा गाउँपालिकाले गरेका गतिबिधिलाई समेटेर प्रकाशन गरिएकोे समृद्ध खजुरा बुलेटिनको बिमोचन गरिएको छ ।
५ नं. प्रदेश सांसदद्वय आईपी खरेल, बाबुराम गौतम, खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, उपप्रमुख एकमाया बिक र खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले संयुक्त रुपमा तेस्रो संस्करण समृद्ध खजुरा बुलेटिनकोे बिमोचन गरेका हुन् ।
बुलेटिनमा खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा सञ्चालन गरेका विकास गतिविधि, समृद्ध खजुराका अन्य गतिविधि, आर्थिक, सामाजिक, सांस्कृति तथा विविध पक्षलाई समावेश गरिएको छ ।