मोहर्रम पर्व घर मै बसी मनाउन अनुरोध
नेपालगन्ज, ९ भाद्र – विश्वमा कोभिड–१९ को महामारी फैलिएको बेला बाँकेका मुस्लिम धर्मावलम्बीहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी यसपटकको मोहर्रम पर्व घर मै बसी मनाउने निर्णय सार्वजनिक गरेका छन् ।मंगलबार पत्रकार सम्मेलनमार्फत सबैलाई जानकारी हुने गरी बाँके जिल्लामा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुलाई नेपाल सरकारको गाईड लाईन अनुसार यसपटकको मोहर्रम पर्व घर मै बसी मनाउन अनुरोध गरेका छन् ।
नेपाल मोहर्रम तथा संरक्षण समितिका प्रवक्ता एवम् नेकपा (एमाले)का नेता मोहम्मद हारुनले यो महिना हजरत हसन र हजरत हुसैनले सत्यको लागि आफ्नो सम्पूर्ण परिवार सहित सहादत दिएका कारणले यो यादगारे हुसैन महिनाको रुपमा मनाउँदै आएका छौं । यस महिनामा हाम्रो समुदायको तर्फबाट हुने सम्पूर्ण जुलुसको कार्यक्रम स्थगित गरिएको सबैमा जानकारीको लागि अनुरोध गरेका छन् ।पत्रकार सम्मेलनमा नेता हारुनले आज श्री श्री १००...









